राजनीतिक पार्टीहरु किन फट्छन र जुट्छन








बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
राज्य सञ्चालन गरी राज्य गर्ने नियत बोकी राजनीतिक पार्टीहरुको गठन हुन्छ र जसको बढी बाहुल्यता छ उ नै प्रमुख बन्दछ, एउटा व्यक्तिलाई आज सबै मिली प्रमुख बनाए पनि अवधि नपुग्दै पुनः आफै प्रमुख बन्न खोजी ग्रुप वा पार्टी फुटाउन खोज्ने मात्र हैन फुटाई नै दिन्छन तर त्यसरी आफू र आफनो पार्टी कमजोर पारेका छन् ।
राजनीतिक पार्टीहरु राष्ट्रको हितको लागी फुट्ने र जुट्ने गर्दैनन् केवल निजी स्वार्थको लागी मात्र
गर्दछन् । रा.प्र.पा.को अवस्था पनि त्यस्तै हो जुट्दा र फुट्दा राष्ट्रलाई अव कुनै फाइदा छैन केवल छट्टु खेलाडीहरुले व्यक्तिगत स्वार्थ मात्र पुरा गर्छन जो इमान्दार छ उ नेताले न आफ्नो लागी गर्छ न देशको लागी ।
आज राप्रपा जुटने कोसिसमा
रहेको छ । ३ दशकसम्म होस आएन कांग्रेस फुटेको थियो एमाले फुटेको थियो दुःख पायो होस आयो जुटेका जुट्यै रहे तर राप्रपालाई होस आएन आज पनि बेहोसी अवस्थामा नै मिल्न खोजेका
छन । जव युवा शक्ति पलायन भएर बेवारिसे बने चराले गुडमा रहेका बच्चालाई चारो खुवाउन छोडी भागेर अर्को रुखमा बस्यो भने बच्चाहरुको हालत के भयो होला ? आज केही नलागी मिल्न खोजेका छन् । देशको लागी हो भने त जनताले साथ देलान तर कमल थापाको जस्तो गद्दारी हमेशा हुँदै गएमा देशलाई झन असजिलो हुनेछ त्यसरी मिल्नु भन्दा बरु हजारौंको हत्यापछि माओवादी पार्टी परित्याग गरी डा. बाबुरामजीले नयाँ पार्टी खोले झै गर्नु बेस छ । मानसम्मान जनताबाट समेत स्याबासी पाएका कमल थापाले पुरै आफ्नो पार्टी र जनतालाई धोका दियो हामीले गत निर्वाचनमा कार्यकर्ताहरुको पिडा र व्यइजती देख्यौ रानी माहुरी मरेर माउरी विलाएझै भयो जतिपनि थिए स्थानीय नेता र कार्यकर्ता सबै विलाए । कसैले कांग्रेसको प्रचार गरी उसमा मिले भने केही कम्युनिष्ट एमाले त कोही माओवादीतर्फ दगुरेर आफ्नो श्वास थाम्यो भने कमल थापा जस्ता नेताहरु सत्तापक्षको जुठो चाट्नमा नै तल्लीन रहे । अझै नेपाली जनताको आग्रह के छ भने जुन युवाहरु समेटिएका छन् उनको इज्जत धरापमा पार्ने काम नगरियोस् । गिता हातमा समातेर कसम खाई एकता
गरेको नाटक नगर्नुहोला । साधारण बोली चालीमा भन्ने गरिन्छ “चोरका धीत लाभारका मीत” त्यस्तो नगरियोस देश हुन्छ तपाईहरु त डुबी सक्नुभयो देश नडुबाई दिनुहोला । अर्काको नेतृत्वमा रमाउन पल्केकाहरुले खुबै इमान धर्म सम्झी मेहनत गर्नु पर्यो होईन भने केन्द्रदेखि गाउँसम्म फुट ल्याउने काम गरि दिनु भएन । त्यस्तो गर्ने भए बरु सबै मिलेर पार्टीलाई नै डिजल्व गरी नयाँ पार्टी खोल्नु पर्यो । निडर र न्यायिक वन राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्थायित्व मर्यादा गर्न सकेनौ ने.का. र एमालेको दासत्वमा बाधा मजदुर सरह भई रमायौ मौकामा आवाज उठाउन सकेनौ आखा बुजी नेपालको संविधान २००७ लाई खारेज गर्न दिई २०७२ को संविधानमा नपढी जनताको इच्छा विरुद्ध ल्याप्चे गर्यो । अव साच्चै एकता गर्ने नै हो भने गाउँ गाउँमा संयुक्त पसी आफ्ना कार्यकर्ता सित जनताको रोहबरमा माफी माग । आफ्ना कार्यकर्ताले पाएको दुःख पिडालाई एक पटक छातिमा हात राखी याद गरौं स्मरण गरौ कार्यकर्ताको पिडा बोल्नेछ । तपाईहरुको कमजोरी गिरिजाको बदमासीले गर्दा तपाईहरुका होनहार युवा कार्यकर्ताले अनायासै ज्यान लिने र दिने काम गर्नु पर्यो । माओवादीको रुप धारण गरी जंगल पस्नु समेत पर्यो, आज देशका नेताहरु भ्रष्ट भएका छन् । कहावत छ एक भ्रष्टाचारीलाई भ्रष्टबाट रोक्न समुद्रका छाल गन्ने काममा खटायो त्यहाँ आउने डुङ्गा पानी जहाजहरुलाई बाधा गर्न थाल्यो मलाई छाल गन्न लगाएको छ ।
छाल गन्नमा बाधा हुन्छ भनि जहाजहरु आउनमा रोक लगायो र घुस लिएर मात्र जहाज छोड्न थाल्यो त्यसपछि उनको ड्युटी दरबारमा लगायो र
राजारानीलाई समेत भेट गराउन पनि घुस माग्न थाल्यो भन्ने कहावत थियो त्यस्तै भएको छ आज चौतर्फी भ्रष्टाचारको जालो रहेको छ । जसले भ्रष्टाचार रोक्न खोज्छ त्यो भ्रष्टाचार उतै गएर बसी दिन्छ, फर्कनै सक्दैन ।
राजनीतिक पार्टीहरु फुट्ने र जुट्ने काम इमान्दारीमा होईन व्यइमानीले फुट्ने र जुट्ने गर्छ । त्यसकारण यिनीहरुलाई राष्ट्रप्रतिको भन्दा पनि व्यक्तिप्रतिको लगाव बढी हुन्छ । सबैभन्दा घटिया स्तरका फुट्ने पार्टीहरु भन्न किन सकिन्छ भने एक पटक नेपाल कम्युनिष्ट पार्टीका धेरै हांगाहरु भए व्यक्ति व्यक्तिका पार्टीहरु बने करिव २५ पार्टी भन्दा घटी थिएन ।
जव मदन भण्डारीले राजनीतिक पार्टीको नेतृत्व लियो र नौलो जनवादको नीति लियो । सोही बमोजिम दक्षिण एसियाको कलकत्तामा भएको कम्युनिष्ट सम्मेलनमा उहाँले दिएका तर्कहरु ज्यादै सुन्दर लागेका थिए । र नेपालमा छरिएर रहेका विभिन्न कम्युनिष्ट हांगाहरु एउटै रुखमा जोडिन पुगे र त्यसलाई एमालेको नामाकरण गरियो । आज यो देशमा न एमाले न माओवादी तैपनि दुइ तिहाईको बहुमतले सरकार गठन भएको छ । एकतामा यति बल हुन्छ भन्ने कुरा बुझ्न सक्नुपर्छ तर राप्रपा र नेपाली कांग्रेसले यसबारेमा ज्ञान लिन सकेको छैन ।
हेट मास्टरको रिसले आगो लगाउन खोजिराखेका छन् । समग्रमा भन्ने हो भने प्रजातन्त्रबादी जनताहरु राप्रपा र कांग्रेसप्रति अत्यन्त रुष्ट भएका छन् । आफ्नो नैतिक धरातलबाट विचलित भएका छन् भन्ने जनधारणा रहेका हुँदा यदि साच्चिकै राप्रपाका सबै हांगा मिल्ने हुन भने पलायन भएका युवा कार्यकर्ता नेताहरुलाई विश्वासमा लिई फिर्ता बोलाउन सक्नुपर्छ अनि मात्र यिनीहरुले मिलेको सारतत्व निस्कन सक्छ । नत्र भने केवल सत्तापक्षको भारी बोक्न बाहेक केही गर्न सक्ने देखिदैन । विस्तार विस्तारै नेतृत्व वर्गहरु उमेरको हैसियतले कमजोर हुँदै गएका छन् तर नयाँ नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न लोभ लागिरहेको देखिन्छ । अब राजनीतिबाट सन्यास लिए सरह भएपनि अर्कालाई माथि उकाल्न र पार्टी बलियो बनाउनको लागि नयाँ पुस्तालाई जोस जागरका साथ आह्वान गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने हाम्रो विचार रहेको छ । अन्यथा फुटदै जुट्दै गरेमा पागलपनाको बाहेक अरु संज्ञा दिन सकिने छैन । आफू सित बुद्धि विवेक भएकोबेला कुनै किसिमको पनि नोक्सानीपूर्ण कामकुरा हुन दिनुपर्ने हुदैन । बरु आफू मरेर भएपनि देश बचाउने धन्दामा सम्पूर्ण पार्टीहरुले लाग्नुपर्छ । नितान्त व्यक्तिगत स्वार्थमा रहेको व्यक्तित्व अवश्य भावी दिनहरुमा पतन भएर जाने हुँदा नैतिकतालाई समेत काँधमा बोकेर अगाडी बढ्नुपर्ने देखिन्छ ।







