चक्रव्यूहमा नेपाली राजनीति

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त

विविध घटनाक्रमहरु एकपछि अर्को तीब्र गतिमा घटित भईरहदा हामी आम सर्वसाधारणलाई कौतुहल हुनु स्वभाविक हो तर भित्रको व्यूह रचना गर्भमा रहदा हामीले जान्न सक्ने माध्यम छैन । अकस्मात भए जस्ता देखिए पनि भित्र भित्रै अनेक परत भित्र रहेका चक्रव्यूहको घेरा योजनाबद्ध रुपमा तयार भएका हुन भन्ने व्यहोरा प्रकाशमा आई सकेपछि मात्र बुझन सकिने हो, जे जति विचित्रका परिदृश्य देखा परीरहेका छन यो नेपालीले मात्र संरचना गरेका होईनन् भनि प्रष्ट हुँदै गएको छ । को कहाँ र किन गयो भन्ने विषय चियो चाँसो राख्ने क्षमता मिडियालाई मात्र हुने होला र त्यसैबाट हामीले पनि बुझ्ने प्रयास भईरहने हो, दुई तिहाईको नजिक रहेको सत्ताधारीहरुका लागि समेत अकल्पनीय अपाच्य थियो भनि बुझ्न पनि कठिन छैन । यसको सदुपयोग हुनु त कता हो पछि मौका आउँछ कि आउँदैन भन्ने सोचका साथ जति हात पर्यो जसले जति सक्यो त्यति प्राप्त गर्ने होडबाजी नै चलेको छ । स्वयम् देशका पदासीन गृहमन्त्रीले स्थानीय भ्रष्टाचारी माथि कार्वाही भए सबै निकाय रिता हुन्छन भनि सार्वजनिक अभिव्यक्ति सामान्य हुनै सक्तैन । यसको अर्थ थाहा भएर पनि कुनै कार्वाही संभव छैन भनि स्वीकारोक्ति नै हो । देशलाई ववार्द पार्दै अकूत सम्पत्ति राष्ट्रको ढुकुटीबाट दोहन गर्ने होडबाजी नै चलेको छ । कोही अछुतो नरहेको त निर्विवाद भई सक्यो । सार्वभौम संसदमा सेना भित्रको भ्रष्टाचार छानविन हुनुपर्ने गहन छलफलले त्यस्तै न्यायालयलाई धरासायी पार्ने कुचक्र पनि प्रष्ट हुदै जानु विशेष अर्थ राख्दछ । यी दुवै निकाय माथि यद्यपि लामो समय सम्म यति तिखो प्रहार भएको थिएन, अव त कोही अंग बाँकी नै नरहने स्थिति सृजना भई मूल कानून संविधानमा समेत गहन प्रश्न चिन्ह खडा हुँदा यि तमाम विषयहरुको निहितार्थ बुझ्ने र केही सीमा सम्म विश्लेषण गर्ने प्रयास हो ।
यी तमाम विषय कारक तत्व हुन चौतर्फी रुपमा घेराबन्दी र प्वाल पर्दै गएपछि बुनियाद अर्थात जग नै हल्लिने भएपछि अकल्पनीय घटनाक्रम त्यसैको उपजका रुपमा प्रकट हुन लागेका हुन । घरमा आगो लाग्न थालेपछि तमाशवीन मौका परस्तहरुले ठूलो बहाना पाउन पनि सहज र स्वाभाविक मानिने हुनाले चौतर्फी घेरिएको नेपालको बहुआयामी राजनीतिक महत्व छ आजका दिनमा विश्वका शक्तिशाली देशहरुले पनि निष्फिक्रि भएर खेल्न फल्ने फुल्ने मौका पाई रहेका हुनाले जासुसी केन्द्रको उर्वर भूमि बन्न गएको दुर्भाग्यपूर्ण परिस्थिति सहजै अन्दाज गर्न सकिन्छ । राज्य नियन्त्रित गर्ने देखि प्रतिपक्ष सम्मलाई आफ्ना आम मण्डल भित्र विश्व राजनीतिको दंशले प्रहार गरि रहने समय समयका विज्ञहरुका अभिव्यक्ति र सञ्चार माध्यमहरुबाट सुसुचित गरिदै आएको हुनाले आजको मुकाममा घटित अप्रत्याशित घटनाक्रमहरुबाट नेपालको राजनीति विहङ्गव चक्रव्यूह भित्र फसेको छर्लङ्ग अभाष भई रहेकै छ ।
राष्ट्रिय हितका विषयमा समग्र देशको भावना एकाकार हुनु पर्नेमा विभिन्न अन्तर विरोधी र एक अर्कालाई शिध्याउने चालबाजी पद लोतुपता राष्ट्र दोहन गर्ने आकांक्षा मूलमा रहेको प्रष्ट रुपमा देखिदै आएकोछ । मूल कानून भनेको देशको संविधान हो यसमा मौलिक हकका व्यापक प्रावधान छन जुन बाध्यकारी छन तर यसको कार्यान्वयन असंभव जस्तै बन्न गएको छ । यसका लागि एउटा लवज छ “तोकिए बमोजिम”ऐन बने पनि नियमावली नबने सम्म तोकिन सक्तैन त्यसैले यो एउटै शब्दले संविधानका विभिन्न व्यवस्था धरासायी बनि रहेका हुनाले विश्वासको गहिरो सङ्कट खडा भएको छ कोही पनि विश्वास निष्फिक्र रहन सक्ने अवस्थामा छैनौं । कोरोना भाईरसले विश्वलाई नै हल्लाई दिएको छ । पर्यटन वर्ष मृत बनि सकेको छ । दासत्वको जीवन विताई हामी उत्पीडीत वर्गले पठाउने गरेको र व्वाँसाहरुले मच्याउने लूटमा ग्रहण लाग्ने विकराल अवस्था आईसकेको छ । करोडौं मानिस काम रोजगारी नपाएर नेपाल फर्कन पर्ने स्थिति भयावह रुपमा देखा पर्न थाली सकेको छ । अभावले ग्रस्त परनिर्भरतामा बाची रहेका नेपालीहरुले निकट भविष्यमा विकराल चक्रव्यूह भित्र पस्ने प्रवल संभावना उत्पन्न हुँदा जताततै अराजकता अभाव सृजना भए असन्तोषको लाब्रा फुट्न बेर लाग्दैन । दुनियाको सर्वाधिक भयानक राज्य क्रान्ति फ्रेन्च रिभोल्यूसन १७७९ ई तिर इतिहासको विकराल घटना थियो त्यसमा शासकहरु काटिएका गिलोटिन भएका थिए यहाँ सम्म कि गिलोटिन आविष्कारक गिलोटिन वैज्ञानिक समेत आफ्नो रचनाबाट काटिएका थिए । इतिहासको पुनरावृत्ति यो र त्यो रुपमा प्रकट भई रहेका ऐतिहासिक तथ्यहरु पढ्न सकिन्छ । दलहरुमा व्यापक असन्तोष टुटफूट एक अर्कालाई नै शिध्याउने भष्मासूर प्रवृत्ति व्यापक रुपमा देखा परि रहेका बखत रा.प्र.पा. नामधारी दल वैकल्पिक शक्ति भएर दुई तिहाईको सपना बुनि रहँदा अध्यात्मिक पात्र “घुइतडीको शेड्याको हाँक” सटीक रुपमा संभावना भईरहेको छ ।
महाभारतमा दुर्योधनले अन्त समयमा
गरेको “करौना” स्मरण भएको छ,
“भीष्म द्रोण र कर्ण आदि बलवान
जस्ता महावीरहरु
कोही बाकी रहेन सब मरी सके
यो युद्धभूमि यहाँ
जावो शल्य लडेर पाण्डु सूतको
संहार गर्ला भनि
लागेकै छ मलाई हा बलवती
कस्तो भयो दुर्मती ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *