नेपाल–भारत आवत जावत गर्न चार नाका खुला

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १ चैत
कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राती १२ देखि लागू हुने गरी नेपालका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज खुला रहने र बाँकी सबै नाकाहरु बन्द गर्ने भएको छ ।
आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउने छन् । नेपाल–भारत आवत–जावत गर्ने अन्य नाकाहरु भने बन्द हुनेछन् ।
भारतको गृहमन्त्रालयका अनुसार भिसा नचाहिने नेपाल र भुटानका नागरिकहरुका लागि भने प्रवेश खुल्ला रहने छ । तर तेस्रो मुलुकका नागरिकहरु भने आवत–जावत गर्न पाउने छैनन् ।प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने छ ।
कोरोना भाइरसबाट दुई जनाको मृत्यु र ८२ जना संक्रमित भएपछि भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको छ । नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग जोडिएका २० नाका बन्द गर्ने निर्णय भारतले गरेको छ । भारत–बंगलादेश रेल र बस सेवा १५ अप्रिलसम्मका लागि बन्द गरिएको छ । सीमा क्षेत्रका बजारमा पनि विदेशीहरुलाई पनि प्रवेश बन्देज गरिएको छ ।
नेपालले पनि अनअराइभल भिसा बन्द गर्दै भारततर्फ आवत–जावतका लागि सीमित नाकामात्रै प्रयोग गर्ने र सिमानामा जाँच कडा बनाउने निर्णय गरिसकेको छ । नेपालले भारतलाई जोगबनी र रुपेडिया नाकाबाट पनि आवागमनका लागि सहयोग गर्न कूटनीतिक च्यानलमार्फत आग्रह गरेको छ । यीबाहेकका नाकाबाट नेपाली र भारतीय नागरिकलाई ओहोरदोहोरका लागि कोरोना नियन्त्रण नभइन्जेलका लागि रोक लगाइनेछ ।
कोभिड–१९ का शङ्कास्पद बिरामीका लागि सुदरपश्चिम सरकारले प्रदेश तथा सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना गरेको छ । आवश्यक स्वास्थ्यकर्मीसहित कक्ष स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका सचना अधिकारी हेमराज खड्काले जानकारी दिए । शङ्कास्पद देखिएका बिरामीको उपचारका लागि अस्पतालमा दुई श्ययासहितका आइसोलेशन कक्ष स्थापना गरेका छौँ, उनले भने, सीमा क्षेत्रमा राखिएका स्वास्थ्य हेल्थ डेस्कमा तयारी अवस्थामा एम्बुलेन्ससमेत राखिएको छ । पर्वतयारी गरिएको छ । कञ्चनपुरको महाकाली, कैलालीको सेती अस्पतालसहित अन्य जिल्ला अस्पतालमा सो कक्ष स्थापना गरिएको जनाइएको छ ।
कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी सीमानाकामा रहेका हेल्थ डेस्कमा एम्बुलेन्सको व्यवस्था गरिएको छ । आइसोलेशन कक्षसहित स्वास्थ्यकर्मीको व्यवस्था भइसके पनि आवश्यक औषधि र उपकरणका लागि आपर्ति शाखालाई भनेका छौँ, सचना अधिकारी खड्काले भने, एक–दुई दिनभित्र त्यसको पनि व्यवस्था हुन्छ । शङ्कास्पद बिरामीको खकार, सिँगान र रगतको नमना सङ्कलन गरी जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पतालले प्रदेशमा रहेको प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।
सङ्कलित नमनाको पहिचान र निदानका लागि राष्ट्रिय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । उनका अनुसार प्रदेशका १२ वटा स्थानमा हेल्थ डेस्क सञ्चालनमा रहेका छन् ।
भारतबाट आउने बिरामीमाथि निगरानी गरी सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कमा थर्मल स्क्यानगरका माध्यमबाट जाँचपछि मात्रै नाका प्रवेश गर्न दिने गरिएको छ । सो भाइरसबारे सर्वसाधारणलाई जानकारी दिनका लागि जनचेतनामलक कार्यक्रमसमेत आयोजना भइरहेका छन् । स्थानीय तहले
सरोकारवालासँग बैठक अन्तरक्रिया लगायतका कार्यक्रम गरी सो भाइरसको जोखिमबारे सचेत गराउँदै आएको छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत कपिलदेव जोशीले भाइरस प्रभावित स्थानबाट यात्रा गरी फर्किने यात्रुले घर वा बासस्थानमा फर्केको दिनदेखि १४ दिनसम्म अपनाउनुपर्ने अति आवश्यक क्रियाकलापबारे पर्चा पम्लेटका माध्यमबाट जानकारी दिने कार्य भइरहेको जानकारी दिए ।
भारतमा कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएपछि नेपाल फर्कनेमाथि निगरानी राख्ने कार्य भइरहेको छ, उनले भने, सीमा नाका भएर आवतजावत गर्नेलाई सावधानी अपनाउनका लागि भन्दै आएका छौँ । थर्मल स्क्यानरको सहायताले स्वास्थ्य जाँचसमेत हुँदै आएको छ । हालसम्म सुदरपश्चिम क्षेत्रमा कोरोना भाइरसका शङ्कास्पद बिरामी भने फेला परेका छैनन् ।
कोरोना सर्न सक्ने जोखिमको न्यूनीकरणका उपाय अपनाउने नोबेल कोरोना भाइरस मुख्यतः श्वास–प्रश्वास प्रणालीको एक संक्रामक रोग हो र हालसम्म उपलब्ध तथ्यहरुका अनुसार यो संक्रमित व्यक्तिले खोक्दा निस्कने थुक, खकार र्यालको छिटाको माध्यमबाट अर्को मानिसमा सर्छ । तसर्थ, यसबाट बच्ने सबैभन्दा भरपर्दो उपाय भनेको सम्भावित संक्रमित व्यक्तिबाट टाढै रहनु हो । नेपालमा हालसम्म विदेशबाट आएका एक व्यक्तिमा मात्र यस भाइरसको संक्रमण भएको यकिन भएको र समुदायमा यसको संक्रमणको कुनै प्रमाण नभएकाले त्यति आतिइ हाल्नुपर्ने स्थिति छैन । तथापि अनावश्यक रूपमा भीडभाडमा नजाने, आफूलाई रुघाखोकी लागेको छ भने घरमै आराम गरेर बस्ने गर्नु उचित हुन्छ । त्यस्तै यो भाइरस संक्रमित व्यक्तिले खोक्दा निस्कने छिटा परेको स्थानमा पनि केही घण्टासम्म जीवितै रहन सक्ने र त्यसैबाट पनि संक्रमण हुन सक्ने भएकाले सार्वजनिक स्थानमा अनावश्यक ठाउँमा नछुने, छोइहालेको खण्डमा त्यस्तो हातले नाकमुखमा नछुने र सकेसम्म छिटो साबुन पानीले हात धुने वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने, एक आपसमा भेट्दा हात मिलाउनुको साटो नमस्कार गर्ने जस्ता उपाय अपनाउँदा भाइरसको संक्रमण हुने जोखिम कम गर्न सकिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *