श्री ३ जंगबहादुर राणाका असल पक्षहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–मधु हमाल
जंगबहादुर राणाले स्थापित गरेको जहाँनिया शासन १०४ वर्षसम्म निरन्तर रुपले चल्यो । त्यतिबेला राजा र जनता आफ्ना सम्पूर्ण अधिकारबाट बन्चित
थिए । राणाहरुको बोली नै कानून हुन्थ्यो । सम्प्रभुता सम्पन्न राणाहरु नै थिए ।
राणाहरुको विरोधमा मुख खोल्नु आत्महत्या गर्नु बराबर थियो । समग्रमा भन्नु पर्दा अति क्रुर र शोषक थिए राणाहरु । आफ्नो विषय पनि “सामाजिक” शिक्षा भएको हुनाले “आधारभूत देखि माध्यमिक तह सम्म राणाहरुको बारेमा विद्यार्थीहरुलाई पढाउने अवसर प्राप्त भयो । स्वयम् पंक्तिकारको राणाहरुप्रति अति नै नकारात्मक सोच भए पनि राणाहरुको इतिहासबारे अरु धेरै कुरा जान्ने जिज्ञासाले कुतकुत्याई रह्यो त्यही कारण राणा सम्बन्धी थुप्रै पुस्तक अध्ययन गरियो यसै क्रममा श्री ३ हरुको तथ्य बृतान्त भन्ने पुस्तक पढियो र श्री ३ जंग प्रति भएको धारणामा केही परिवर्तन आयो ।
श्री ३ जंगले गरेका केही असल कार्य नोट त लगभग सबै नेपालीलाई थाहाँ नै छ जस्तै अधिकार सबै आफूले प्रयोग गरे पनि राज संस्थाको परम्परालाई कायम राखे उनले चाहेको भए त्यति बेला जे पनि गर्न सक्थे । दोस्रो कुरा सुगौली सन्धिमा गुमेको भूमि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता ल्याउनु उनले चाहेको भए कुनै निजी स्वार्थ पनि पुरा गर्न सक्थे तर उनले त्यस्तो गरेनन्, उनले तराईका चार वटा जिल्ला अंग्रेजहरुसँग उपहारमा लिएर नेपाललाई ठूलो गुन लगाएका हुन । तर पंक्तिकार श्री ३ जंग सँग प्रभावित भएर कलम उठाउनको कारण भने एउटै छ जो कि यस प्रकार छ ः
सिख र अंग्रेजको दोस्रो युद्धमा चुनारको किल्लामा कैद गरि राखेकी “प्रजांव केसरी राजा रणजीत सिंह” की रानी “चाँद कुँवर” कैदबाट भागी वि.सं. १९०६ बैशाख तदनुसार अप्रिल २१ ता. १८४९ ई. का दिन नेपाल भूमि भिक्षाखेरी हाल अमलेखगंज भन्ने ठाउँमा शरणार्थीको रुपमा आई पुगिन । निज रानी एक्लै जोगिनीको भेषमा थिइन भिक्षा खेरीमा निजलाई पुलिसले हिरासतमा लिए । यहीबाट निज रानीले श्री ३ जंगलाई पत्रलेखि पठाईन । पत्रबाट थाहा भयो कि यिनी “चाँद कुँवर” हुन भनेर । अव जंगबहादुरलाई समस्या आई पर्यो शरण दिएमा मित्र राष्ट्र अंग्रेज चिडिएला भन्ने थियो शरण नदिएमा हिन्दु आर्य मर्यादाको विपरित हुने उनले बडो चतुर्याईका साथ “चाँद कुँवर” लाई शरण दिए ।
चाँद कुँवरको चिठ्ठीको जवावमा जंगबहादुरले पनि लेखि पठाए–जनाना तपाईको चिठ्ठी मैले पाए तपाईको दुर्दशाको खबर सुनेर बहुतै अपसोचमा छु अव तपाईले डराउनु पर्दैन तपाईको सुविस्ताका साथ काठमाडौंमा जीवन विताउन पाउने बन्दोबस्त गरिदिने छु । तपाईको शरीर ठीक नभएको हुँदा बैद्यहरु पठाएको छु । अहिले तपाई हात्तीको डाँकबाट यहाँ चाँडै पुग्नु भए बेस होला ।
लाहोरकी भूतपुर्व महारानी चाँद कुँवर अप्रिल २९ ता. १८४९ का दिन काठमाडौं आई पुगिन उनको अगाडी शाही दर्जाको सम्मान गरे जंगबहादुरले । उनको स्वास्थ्य बहुतै खराब थियो त्यस कारण पहिलो दिन थोरै बेर मात्र भेट गरे । दरबार भित्रै बेग्लै प्लङमा उनलाई एकदमै सुवास्ताका साथ
राखे । भोलीपल्ट दिनभरी भेट गरे र निज महारानीले बहुतै ह्दयविदारक कुराहरु सुनाईन । काठमाडौंका रेजिडेण्टले रानी चाँद कुँवर काठमाडौं पुगेको कुरा सुने उनले जंगबहादुरलाई भने निज महारानीलाई तुरुन्तै भारतमा अंग्रेज सरकारलाई सुम्पी दिनु पर्छ नत्र भने दुई सरकारको बीच
भईरहेको मित्रतामा बाधा पर्न जानेछ । जंगबहादुरले भने यसबाट अतिथि सत्कारको परम्परा भंग हुनुको साथै हाम्रो हिन्दु धर्मबाट ठूलो अपराध हुने भएकोले यस्तो काम नेपाल सरकारबाट हुन सक्दैन तर रानी चाँद कुँवरलाई नेपाल सरकारले आफ्नो जिम्मामा लिने छ निजले नेपाल भूमिमा बसी अंग्रेज सरकारको विरुद्धमा कुनै कारवाही गरेमा तुरुन्त अंग्रेज सरकारलाई सुम्पी दिने छ साथै निजलाई काठमाडौंबाट भाग्न उम्किन दिने छैन तर कुनै किसिमले भागीहालेमा नेपाल सरकार जवाफदेही हुनेछैन । बरु तुरुन्तै अंग्रेज सरकारलाई खबर गर्नेछ ।
महारानी चाँद कुँवरको सुविस्ताको लागी जंगबहादुरले हरेक किसिमको व्यवस्था गरिदिए २५०० मासिक भत्ता र बागमती नदीको किनारामा छुट्टै घर बनाउनको लागि ३०,००० पनि निकासा गरिदिए । यो घर पंजाबी शैलीमा बनेको थियो र त्यो चार बुर्जाको घर नामले प्रसिद्ध थियो, केही वर्षपछि महारानीले नेपाली छोडी जाने बेला त्यो घर एक जना ब्राह्मणलाई दान दिएको र जंगबहादुरको दरबार थापाथली भित्र परेकोले जंगबहादुरले फेरी सो घर निज बाहुन सँग खरिद गरे । पछि त्यो घरमा तोप खानाको अफिस पनि बसेको थियो ।
यति मात्र होईन सन १८५९ ई. को सुरु तिर भारत छोडो आन्दोलनका “नसरावाद रेजिमेन्ट” कवि द्रोही सेनाका जवानहरु र भारतका अरु कर्मठ विद्रोही नेताहरु भारत छोडी नेपालको पश्चिमी तराईको जंगल “मुरी खोला” भन्ने ठाउँमा आई पुगे भन्ने खबर जंगबहादुरले थाहा पाए साथै ब्रिटिस सरकारको तर्फबाट पनि सम्पूर्ण विद्रोहीहरु पुर्व सन्धि अनुसार ब्रिटिस भारतको सुपुर्द गर्नुपर्छ भनि रेजिडेन्ट कर्णेल ¥यालेले सुनाए ती विद्रोहीमा मुख्य मुख्य थिए भारत अवधका नवाव वाजिद अलीशाहका बेगम निजका छोरा नवाव मिर्जा ब्रिजसकदर, पेशवाका नाना साहेव धुन्धुपंत, निजका भाई बालाराव निजहरुका माता पेशवाका राव धुन्धुकी रानीकाशीवाई र उनका सेकेट्री अजोमुल्ला खाँ यिनी अंग्रेजी र फ्रेच भाषा राम्रोसँग खेल्न र पढ्न सक्थे ।
राजा गंगाधरराव, बरेलीका खान बहादुर खान, गोरखपुरका मुहम्मद हुसैन, आदि थुप्रै नेताहरु पक्रिएका थिए यसै अवसरमा राजा गंगाधरराव र बालारावले श्री ३ जंगबहादुरलाई पत्र पढाए हामी शरणार्थी स्वरुप नेपाल सरहद भित्र आएका छौं चाहे शरण दिनु होस अथवा बन्दी बनाउनु होस अव तपाई बाहेक हिन्दु धर्मको रक्षा कोही गर्न सक्दैन तसर्थ हामी गाई बराबर छौ तपाईको जे इच्छा छ सोही गरेमा हामी सन्तुष्ट छौं भनि पत्र लेखी पठाए श्री ३ जंगले पनि आफ्नो आर्य धर्मको पालना गरे यी सबै शरणार्थीलाई शरण दिए यी सबैको लागी बेग्ला बेग्लै घर बगैचा बनाई सबैका लागि भत्ता समेत तोकि दिए । नानाराव र बालारावको ब्रिटिस सरकार जोरदारसँग माग गरिहेको थियो तर श्री ३ जंगले यी दुवैलाई काठमाडौंमा न राखी तराई तिर लुकाएर
राखे । यी दुवैको काला ज्वरले मृत्यु भएको झुठो खबर ब्रिटिस सरकारलाई दिए । यसरी यिनले शरणमा आएको रक्षा गरेर आर्य संस्कृतिको पनि हरेक परिस्थितिमा पालना गर्दथे भन्ने बुझिन्छ ।(लेखक सेवा निवृत्त राष्ट्रसेवक, पुर्व शिक्षिका हुन् ।)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *