पुर्चौडीले आफ्नो पहिचान देखाउनु परेको छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

– बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

आजको खुला आकाशमा जातजातीको पहिचानको आवश्यक छैन किन भने जातजातीको पहिचानको कुनै औचित्य छैन, तर आज जरुरत छ पुर्चौडीको पहिचान आवश्यक रहेको छ । मलाई एक दिन हमेशा याद आई रहने हुँदा आज सार्वजनिक गर्न खोजेको मात्र छु । मेरो घरमा लगभग२०१७/०१८ सालको कुरा हुन सक्छ नरहरीको दिन माणा पकाउन भनि मजेलाबाट मोटो र ठूलो त्वाँ ल्याई चुलामा राख्यो र तताउन पनि बढी समय लाग्यो नरहीका दिन माणा उसैमा पकायो । त्यो त्वाँको बारेमा जान्न मन लाग्यो र ईजालाई सोधे र भन्नु भयो यो त्वाँ खरिद गरेको ८० वर्ष भन्दा बढी भईसक्यो पुर्चौडीको ल्वारले बनाएको फलाम पनि यहाँकै उत्पादन हो भन्दथे भन्ने जाकारी पाए ।
त्यसपछि २०३५/०३६ सालमा म पुर्चौडी गर्खा मल्लादेहीका प्रधानपञ्च मोहन बहादुर विष्टको घरमा जाँदा त्यहाँ भलिवल भन्दा सानो फलामको डल्लो देखे त्यस बारेमा बुझ्दा फलाम खानी बन्द
गरिएपछि भाडाभाडा वर्तन बनाउनबाट बचेको हो त्यसै राखेको छ भन्नु हुन्थ्यो प्रधानपञ्च मोहन बहादुर विष्ट आज हामीले त्यो पहिचानलाई बचाउन सकेका छैनौं बरु जातजाती वर्गको पहिचान चाहिन्छ भनेर हामी भनी रहेका छौं । सु.प.मा तामाखानी र फलाम खानी २ सय वर्ष पुर्व नै खोजमा आई घरेलु उत्पादन पनि सुरु भएको थियो ।
करिव फलाम र तामामा पुर्चौडी आत्म निर्भर भई सकेपछि तिखानीहरु सायद हुनसक्छ अंग्रेजले आफ्नो उत्पादनको बजार बलियो बनाउन वा इन्धनको अभावमा उद्योगीले आफै छोडे त्यस बारेमा खास जानकारी नभए पनि नेपाल सरकारले नै बन्द गराएर उत्खनन् गर्न छोडेको भन्ने कुरा बुझिएको छ ।
पुर्चौडी क्षेत्रको शैक्षिक पहिचान गराउन १९९६ देखि डम्बर बहादुर बमले त्यस पुर्चौडी क्षेत्रमा विद्यालय खोल्न तर्फ जोर दिए र अन्तमा २००४ सालमा डिलेश्वरी आधार हाई स्कुलको स्थापना गरी शिक्षा क्षेत्रमा संस्थापक बने उनकै इच्छा बमोजिम त्यही समयमा पुर्चौडीमा अनौपचारिक शिक्षाको पनि सुरुवात भयो ६ महिनासम्म पढाई दिनेलाई प्रति प्रौढ साक्षर भए वापत ५० पैसाले प्रौढ शिक्षकलाई ज्याला दिने व्यवस्था समेत गरी पुर्चौडी बासीलाई साक्षर बनाउने तर्फ तल्लीन देखिए पनि पढी दिनेको संख्या न्यून रहेको तथा त्यस बेलाका ठालुहरुबाट समेत सहयोग नभएको
कारणले सबैलाई साक्षर बनाउन नसकिएको देखिन्छ । त्यस्तै खानीजन्य बस्तुहरु उत्पादन गर्नमा स्थायित्व दिन कसैले सकेन आज पनि राजनीति क्षेत्रबाट पुर्चौडीलाई पनि जातीय पहिचान बनाउन खोजेको छ । त्यो पहिचान पनि ऐतिहासिक पहिचान हुनु राम्रै हो वर्तमानको युगमा स्वाबलम्बनको नीति अंगाली सकेको पुर्चौडीलाई पराधीनता तर्फ जान दिनु हुँदैन भन्ने हाम्रो धारणा हो ।
नयाँ विकास निर्माणका कार्यहरु स्वागत र मनन् योग्य भए पनि उद्योग तर्फको पहिचान तथा ऐतिहासिक, धर्म संस्कृतिको पहिचान तर्फ ध्यान नदिदा हमेशा त्यहाँका जनताले छिमेकी भारतीय जिल्ली पिथौरागढ गढवालकै सहारा लिनु परेको कुरा लुकेको छैन ।
यी सब कुराको मनन् गरी हामी युवाहरु जो स्वदेश र विदेशमा रही विभिन्न काममा कार्यरत छन् उनीहरुलाई पुर्चौडीको माटोलाई मलिलो बनाउने काममा जुट्नु पर्ने ठान्दछौं । बैतडीको पुर्चौडी, बझाङको बुंगल क्षेत्रलाई समेट्ने गरी पुर्चौडीको मध्यभाग वा बढी खानी जन्य खनिज भएको स्थानमा ७ नं. अर्थात सुदूरपश्चिम प्रदेशले मझौला औद्योगिक क्षेत्रको स्थापना गरी प्रदेशको प्रगतिको लागी अग्रसरता देखाउनु पर्ने देखिन्छ ।
ज्यावन, धौलकाडा, मल्लादेही, ढोले काठमणाको क्षेत्रमा खानी जन्य उद्योगबाट प्रसस्त औद्योगिक बस्तु उत्पादन गर्न सकिन्छ भन्ने कुरा पुर्चौडीका नगर प्रमुख तथा पुर्व सांसदहरु सबैलाई थाहा भएकै हुँदा आज त्यो क्षेत्रमा उद्योग खोल्ने मार्ग दर्शन सहयोग प्रदेश सरकारले गर्नुपर्ने हाम्रो राय रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *