निर्लज्जताको पराकाष्टा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

– थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त

आश्चर्यजनक घटनाक्रम नेपालमा एक पछि अर्को प्रकट हुँदै गरेका छन् । यसमा मलाई कुनै आश्चर्य लागेको छैन, वर्षौदेखि बोल्दै लेख्दै आएका विषय मात्र प्रकाशित हुँदै गएका हुनाले यसको समीक्षा विश्लेषण सामयिक सन्दर्भका रुपमा लेख्न आवश्यक लागेको छ । अघि पछि सुरक्षाकर्मी दर्जनौैं गाडी एश्वर्यमय राजशी ठाँट राष्ट्रका नियन्ताहरुको अनिवार्य प्रवृति बनेपछि राणा वा अरु कसैलाई मात्र सामन्ति संस्कारको निहितार्थ खोज्न आवश्यक लागेको छ । जनताको नामको सम्पत्तिमा जथाभावी ब्रह्मलूट त स्वभाविक जस्तै बनेपछि सयकडौं प्रणाीहरुका लागि हास्यास्पद रुपमा सुरक्षाकर्मी किन र कस्तो प्रयोजनका लागि प्रदान गरिएका हुन ? हजारौं सुरक्षाकर्मी गाडी भत्ता किन बाडिएका हुन ? यसमा प्रश्न उठायो कि प्रतिगामीको उपाधि सहजै प्राप्त हुने अहिलेको नियति हो ।
सुरक्षा संयन्त्र आम सर्वसाधारणको संरक्षण भन्दा पनि बाहुबली प्रवृत्तिलाई सघाउ पुर्याउन प्रयोग भई रहदा विरोधका पसीना स्वर मात्र आउँछन, कहिले काही सम्पत्ति छानविनका प्रश्न उठाईए पनि कर्मकाण्डी मात्र भएपछि अविश्वास स्वतः उत्पन्न हुन्छ देशको गृहमन्त्रीले सार्वजनिक रुपमा नै स्थानीय तहमाथि भ्रष्टाचार सम्बन्धि कार्वाही हुने हो भने सवै रित्तिन्छन भनि रहदा हामी आम सर्वसाधारणले के अर्थमा बुझ्ने ? प्रधानमन्त्रीको नेतृत्वमा गठित मन्त्री परिषद्का सदस्यहरुका अन्तरविरोधी मात्र होइन सरकार नै धराशायी भएको हो कि भनि कुनै तर्क नै नगरी बुझ्न सकिने भएपछि कहाँ छ कसको सरकार छ ? यो स्वतः उठ्ने प्रश्न भएको छ । देशको सार्वभौम संसदमा प्रधानमन्त्री एम.सी.सी. पास हुन्छ भनि भाषण गर्छन उनकै सचिवालय बैठकले पास हुदैन भन्छ गृहमन्त्री यो चीनलाई घेर्ने राष्ट्रघाती भएको दावी गर्छन अर्का परराष्ट्र मन्त्री अमेरिका पुगेर आमन्त्रित गरिएकोमा गर्व गर्दै सही मारेर फर्कन्छन् । नेपाल छिरेपछि भिन्नै बोली भाका आउँछ एक जना स्वनाम धन्य नेताजीका लागी संविधान शंशोधन गरेर राष्ट्रिय सभामा मनोनितले पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान परिवर्तन गराउने सामर्थ देखाउँछन दर्जनौं पटक प्रतिनिधि सभामा पुग्ने कोसिस व्यर्थ भएपछि मरिहत्तै गर्दै शर्त सहित राष्ट्रिय सभामा जाने भन्छन, प्रधानमन्त्री जिवितै पदमा छन । गणितीय हिसावले उनको ३ वर्ष अझै बाँकी छ अर्थात त्यो पद रिक्त भएको पनि छैन भने समग्र राज्यलाई नै चुनौती दिदै गरेको व्यहोरा सचिवालय अनुमोदन गर्दछ । यी निलंज्ज गतिविधि तथा कथित सार्वभौम जनताको उपहाँस भएकोमा पनि कुनै प्रतिध्वनि नआई स्वभाविक मान्ने गरेको देख्दा एकले अर्कालाई मात्र दोष थोपर्नु व्यर्थ छ भनि सहजै अन्दाज गर्न सकिन्छ । नेताहरु नेपाल भित्रै नेपाली मध्येबाट भएका हुन । यसमा पनि अपवाद नहुने होइन, दोहोरो नागरिकता भएकाहरु पनि नेपाली राष्ट्रिय ध्वज धारण गरेका अनेक उदाहरण सञ्चार माध्यममा आएकै हुन । करोडौं नेपाली दासत्व सहेर पनि ज्यान हत्केलामा राखि विदेशी भूमिमा नारकीय जीवन भोगी रहेको कसैबाट छिपेको छैन । यस्तोमा सुखी नेपाली समृद्ध नेपालको नारा काटेको घाउँमा नून चूक छर्केको छर्लङ्ग भई निर्लज्जताको पराकाष्टामा पुगेको छ । आफ्नो घर भित्र छिद्र भएपछि दानवीय प्रवृति सहजै प्रवेश गर्दछ । जे भई रहेको छ त्यो नेपाल र नेपालीलाई धुर्त देशी विदेशीहरु पेण्डुलम बनाएर समाप्त पार्ने खेलमा लागेको सहजै देखियो । दुई तिहाईको एकछत्र राजमा अविश्वास प्रस्तावको षडयन्त्र भईरहेको उपप्रधान तथा रक्षा मन्त्री सार्वजनिक रुपमा नै घोषणा गर्छन । यस्ता गाई जात्राले कति दिन यो देशबाट बचावट होला सोचनीय विषय बन्दछ । “ज्योतिश” भविष्यवक्ता नामका प्राणीहरुका पसल पनि खुवै फले फुलेका इन्टरनेटबाट जानकारी हुने गरेको छ । व्यापार नै त हो त्यसैले निर्लज्जता चौतर्फी फैलिएकोले निकास अव कति नजिक होला त्यो पर्खने अध्याय तिब्र गतिमा अघि बढी रहेको छ । यो वर्ष पनि अव थोरै बाँकी छ तर घटनाक्रम तिव्र गतिमा छन कुनै समाचारमा पनि आश्वर्य लाग्न छोडेको छ । हालत यो बनेको छ कि जसको हात जहाँ जति पर्यो बाँकी नरहने गरी थुपार्ने प्रवृत्ति व्यापक छ । यो छिपाउनै नसकिने र छिपाएर पनि कुनै अर्थ नहुने प्रकट भए पनि फरक नपरे ऐन कानून संविधान अर्थहीन बन्ने प्रवृत्ति व्यापक भएको छ ।
विभिन्न परिवर्तन यस मुलुकले देख्यो अवको परिवर्तन गन्तव्य असफल राष्ट्र हो भन्ने चिन्ता बढ्दै गएको छ । महाशुन्यको यो विडम्बनाले नेपाली चेतना भावनामा पनि प्रश्न खडा गरेको छ । शासन गर्ने खुबी नेपालीमा पाईएन । सदाकाल परजीवी भएर बाच्न बाध्य हामी नेपालीहरुका लागि पुर्पुृरोमा हात
राख्नु मात्र विकल्प बचेको देखिन्छ । निर्वाचनमा पराजित व्यक्ति मनोनित भए पनि नेपालको संविधान ०७२ को धारा ७८ (४) मा मन्त्री सम्म हुन पाउँदैन भनि घोषणा गरे पनि त्यो मूल कानून कागज मात्र हो भन्ने मनस्थिति मौलिक हकका व्यवस्था जस्तै हो पालना नगरे पनि केही नहुने भएपछि त्यो किताव हुनु नहुनु केही अर्थ रहदैन । निर्धाहरुका लागि ऐन कानून बनेका रहेछन यो सोच प्रवल भएको छ । अस्तित्व नाम मात्रको भए पनि नेपाल नामले संवोधित देश यति वर्ष रह्यो यसैलाई उपलब्धि मान्ने जस्तो निर्लज्जताको पराकाष्टा अरु कति होला ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *