राष्ट्रिय शक्तिको जगेर्ना

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालमा चिकित्सातर्फ डाक्टरहरुले राष्ट्रिय शक्तिको जगर्ने गरि रहेका छन् । राजनीतिज्ञ नेताहरुमा पनि राष्ट्रिय शक्तिको उरवरक विउरोपियो भने नेपालमा चाडै राष्ट्रिय शक्तिको अग्रपंक्तिमा रहनेछ ।
आज हाम्रा सम्माननीय प्रधानमन्त्री के.पी. शर्माओलीको यहि बुधबार मृगौला नेपालकै प्रथम शिक्षण अस्पताल महाराजगंजमा प्रत्यारोपण गरिएको सफल समाचारले हामी सबैको मनमा हर्ष भएको हुनु पर्दछ । स्वास्थ्य क्षेत्रमा नेपालका होनहार युवाहरुले विश्व जगत सित प्रतिस्पर्धा तथा सल्लाह दिएर स्वास्थ्य क्षेत्रमा गरेको योगदानले हामी हर्षित भएका छौ । गत विगत वर्षमा दुरसंचारमा देखाईएको थियो अष्ट्रेलियमा रहेका नेपाली डाक्टरले मरेका मानिसको मुटु ३ व्यक्तिमा सफल प्रत्यारोपण गरेका थिए त्यो विश्वकै लागी गर्वको विषय रहेको थियो । आजसम्म ठूला धनाड्य तथा उच्च ओहदाका व्यक्तिहरु मुटु मृगौला प्रत्यारोपण गर्ने ठूलो धनरासी खर्च गरी विदेश जाने गर्दथे भने आज राष्ट्र सरकार प्रमुखले समेत स्वदेशमा नै पुनः मृगौलाको सफल प्रत्यारोपण गरेको सुन्दा अत्यन्त हर्षित भएका छौ कि स्वास्थ्य क्षेत्रमा राष्ट्रिय शक्तिको जगेर्ना गर्नमा नेपाली युवा डाक्टरहरु सफल भएका छन् ।
लगनशीलता इमान्दारीता तथा राष्ट्रप्रतिको प्रेम भएमा विश्वकै प्रथम स्थानमा हामी उभिई रहन सक्छौ भन्ने विश्वास पलाएर आएको छ । २०२८ सालमा विश्वमा नै यस्ता उपकरणहरु थिएनन् यस्ता विरामीहरुलाई बचाउन कठिन हुने गर्दथे तै पनि कञ्चनपुरको महेन्द्रनगर स्वास्थ्य केन्द्रका डाक्टर धुव्रमान श्रेष्ठले एक जना ११ वर्षिय बालकको टाउकाको हड्डी बाघले हानेर फालि दिदी गिद्दी स्पष्ट देखिएको अवस्था र अर्कि जिल्ला वन कार्यालय कञ्चनपुरको वनपाले भगतपुर निवासीकी छोरीलाई भारतको बरेली पिलिभितमा उपचार गराउदा ठीक नभई विरामीको समेत निदान नभएको बेलामा स्वास्थ्य केन्द्रमा बोलाई साधन श्रोत विना नै शरिरको रिडीको हड्डी भित्रबाट पीप नीकाली उपचार गर्दा बाच्ने सम्भावना नभएकी छोरीको उपचार स्वास्थ्य केन्द्रको डाक्टर बस्ने कोठामा नै खाट लगाई त्यसैमा अनौपचारिक भर्ना गरि एक महिना सम्म सफल उपचार गरि निको पारी घर फर्काएको घटना याद आउँछ । उनी डा. धुव्रमान श्रेष्ठ एक राष्ट्रभक्त थिए र अन्तमा उनी मानसिक अस्पताल पाटनबाट हाल अवकास प्राप्त भएका छन् । अझै हाम्रा डाक्टरहरु लगनील इमान्दार देखिएका छन् राष्ट्रप्रतिको मायामा बाँचेका डा.उपेन्द्र देवकोटा आफ्नै फोक्सोको क्यान्सरबाट पिडित रही ५ महिना सम्म साथी डाक्टरहरुको सल्लाहमा उपचारको लागी इंगलैण्डका अस्पतालमा रहे तर निको नहुने ठानी आफ्नो देशमा नै अन्तिम शास लिई आफन्त र आफ्ना विरामी सित भेट गर्ने भनेर उपचार छोडी काठमाडौं आई आफ्ना विरामी सित भेटी उनी आफ्ना घर र स्कुल हेर्न तथा बजपनमा आफूले पानी खाएको न्वालाको पानी खान तथा स्कुल जादा तर्ने नदीमा खुट्टा राख्न भनेर डाक्टरहरुलाई साथमा लगी डा.उपेन्द्र आफू जन्मेको घरमा गई करिव एक घण्टा आफ्नो घरको वार्दलीमा बसी काठमाडौं आफ्नै अस्पतालमा फर्के आफ्नो उपचार बन्द गर्न लगाई प्राणको अन्तिम श्वास काठमाडौंमा नै लिएका थिए । देशप्रतिको अथाह माया पेशागत लगनशीलता र इमान्दारिताको विउ रोपेर गएका थिए आज त्यो उनको जिवित निसानी रहेको छ ।आज हाम्रा प्रधानमन्त्रीको उपचारमा संलग्न सबै डाक्टरप्रति हामी आभार प्रकट गर्दछौं र स्वास्थ्य क्षेत्रमा उहाँहरुले रोपेको राष्ट्रिय शक्तिको बीउ अमर रही देश र जनताले सेवा पाउनेछन् भन्ने आशा गरेका छौं । मृगौला स्वदेशमा नै प्रत्यारोपण गरी नेपालका युवा डाक्टर प्रति देखाएको विश्वास र भरोसाको उच्च कदर नेपाली समाजले गर्नै पर्दछ । आशा छ नव प्रत्यारोपित मृगौलाको साहाराले राष्ट्रिय शक्ति अवश्य पनि राजनीतिक क्षेत्रमा प्रकट भई नेपाल र नेपालीको हित कार्य हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *