दुई देश बीचको सिमा विवाद सुल्झिएन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २४ फागुन
सुरुदेखि हालसम्म पनि नेपालको नापी विभागले राष्ट्र र जनताप्रति ठूलो आघात पुर्याएको छ । दुई देश बीचको सिमाको बारेमा नापी विभागलाई स्पष्ट हुनुपर्ने नभएपछि सरकार सित सरसल्लाह गरेर सरकारको निर्देशन बमोजिम गर्नुपर्ने ठाउँमा आफ्नो मनमानीद्वारा व्यक्तिगत स्वार्थमा डुबी नेपाल र नेपाली जनतालाई अन्योल र भ्रममा पारेको हुँदा त्यस्ता अधिकारीमाथि तुरुन्त कारवाही हुनुपर्छ । त्यस्तै कित्ताकाट गर्दा एक व्यक्तिको जग्गा अर्को व्यक्तिको नाममा राखिदिएको पाईन्छ, सोही कारणल गर्दा आज तराई क्षेत्रमा बढी भन्दा बढी मुद्धाहरु जग्गा खिचलो, जग्गा विवादको नामबाट अदालतहरुमा चलेको छ । अदालतले जग्गाधनी प्रमाणपुर्ज खोज्दछ तर जग्गा चलन चल्तीको बारेमा केही सोच्दैन किनभने तराई क्षेत्रको जमिन २०१७/०१८ सालमा पुनर्वास गरियो र २०२४ सालदेखि २०३५ सालसम्म जग्गा धनी प्रमाणपुर्जा वितरण गरियो । जंगल कटान
गरि नयाँ आवाद गरिएको जमिन हुँदा तराई जिल्लाभरी नै सही नाप जाँच गर्न सकिएन र त्यसबेला जग्गाको मूल्य पनि न्यून रहेका जग्गा प्रसस्त भएको कारणबाट जग्गाधनीहरुले पनि अवरोध गरेनन् । जहाँ जसले खाएको छ त्यही कमाउन दिएको थियो । तर आज आएर जग्गाको मूल्य बृद्धि भयो, मानिसको मनस्थिति विग्रियो, स्वार्थीपना उत्पन्न भयो र सिमाको खोजी हुन थाल्यो व्यक्तिहरुले अदालतमा मुद्दा दिन थाले भने सरकारले छिमेकी राष्ट्र सित केही भन्न सकेन । किनभने छिमेकी राष्ट्रले कहिल्यै पनि हाम्रो जमिन नेपालले मिचेको छ भन्ने कुरा गरेन । र मिचेको पनि छैन, तर नेपाली जनता तथा नेपालका सरकारी पदाधिकारी, नापी विभागका प्राविधिकहरुको बदमासीले गर्दा सिमादेखि कित्ताकाटसम्मको जमिनमा आज खिचोला उत्पन्न भएको छ । यसबारेमा सम्बन्धित पक्षहरु एक आपसमा बसेर सरसल्लाह गरी सिमा विवाद टुङ्याउनुपर्ने जनधारणा रहेका छ ।
कञ्चनपुरको दक्षिणी सिमा क्षेत्र बासीलाई नेपाली लालपुर्जा भएको जमिन गुम्ने चिन्ता भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ र १० का सिमा बासिलाई लालपुर्जा भएको जमिन गुम्ने चिन्ता भएको हो । बेलौरी १० का स्थानीय बलीराम चौधरीले २०२३ सालदेखि भोगचलन गर्दै आएको झण्डै सवा दुई बिघा जग्गा भारतीय नक्सामा देखाएर पिल्लर बनाउन थालेपछि चौधरीलाई जमिन गुम्ने चिन्ताले पिरोलेको छ । चौधरीले उक्त जग्गा आफूले भोगचलन गर्न पाउनुपर्ने र सीमा साविक कायम रहेकै स्थानमा यथावत राख्नुपर्ने माग गरेका छन् ।
बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सीमा सम्बन्धी समस्याहरु हल गर्नका लागि स्थानीय सरकारले कुनै पनि कसर बाँकी
नराख्ने प्रतिबद्धता जाहेर गर्दै उत्पन्न विवादहरु पनि चाँडै हल हुने विश्वास व्यक्त गरे । स्थानीयहरुमा पनि नगर प्रमुख चौधरीले धैर्य भई समस्याको समाधानका निम्ति सम्बन्धित निकायहरुलाई सचेत नागरिकका हैसियतले सघाउन आग्रह गरेका छन् ।
त्यस्तै, बेलौरीसंगै पुर्नवास र बेल्डाडी गाउँपालिका क्षेत्रको झण्डै १ सय किलोमिटरसम्म नेपाली भूमी भारततर्फ परेको बताउँदै बेलौरी १० का वडाध्यक्ष हरिलाल चौधरीले २०२३ सालमा नापी भएका जग्गाहरु भारततर्फ परेको जानकारी दिए । संयुक्त सीमा सर्भे टोलीले नेपाल–भारतको १९५० को सन्धीअनुसार जारी भएको नक्साका आधारमा सीमा छुट्याउन आएको जवाफ दिएको चौधरीले बताए । नेपालतर्फको जमिनमा सीमा पिल्लर गाड्नका लागि खाल्डो खनेको देखेपछि आईतबार स्थानीयले विरोध जनाएका थिए । सीमा सर्भेका क्रममा विवाद देखिएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडा आईतबार नै बेलौरी पुगेका थिए । नेपाली भूमी भारतर्फ नियतवस नदेखाईएको भन्दै नयाँ प्रविधीको प्रयोग गरी गरिएको नक्सांकनले त्यसो भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।
अहिले जारी नयाँ नक्साअनुसार भारतीय भूमी पनि नेपालतर्फ परेको देखिएको उनले बताए । कञ्चनपुरकै झिलमीलाको ७८७–२ नम्बर पिल्लरमा भारतको झण्डै दुई सय १० बिघा जग्गा नेपाली भूमीमा परेको बताईएको छ । संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट प्रमुख समेत रहेका नापी कार्यालय कैलालीका प्रमुख सुर्दशनसिंह धामीले विवादपछि तत्कालका लागि काम स्थगीत गरिएको बताए । यसअघि संविधानसभा सदस्य दिवान सिंह बिष्ट, नगरप्रमुख पोतिलाल चौधरी, नेकपा नेता पल्लव राज भट्ट, कञ्चनपुर प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा, सिमा सर्भे प्रमुख सुर्दशनसिंह धामी र स्थानीयबिच सिमा विवादकोे विषयमा बृहत छलफल समेत भएको थियो । तर उक्त छलफल विवाद मै टुंगियो । जसरी देश भित्रै कित्ताकाटमा रहेको जमिन सितको कित्ता विवाद सुल्झिन सकेको छैन, त्यही क्रमले दुई देश विचको सिमा विवाद पनि सुल्झिन नसकेको देखिन्छ । यो विवाद सुल्झाउनको लागि दुवै थरमा इमान्दारीताको खाँचो छ । त्यसकारण आफ्नो सत्य धर्मबाट बाहिर जानु हुदैन, दुवै देशका सरकार र जनताका समान समस्याहरु छन्, र दुवैले परस्परमा सल्लाह गरि मैत्रीभाव कामय राख्नुपर्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *