सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बैतडी, २४ फागुन
लगातारको वर्षाको
कारण सुदूर पहाडका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो ।
बैतडीको खोड्पे, श्रीभावर, गर्जे लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । यो वर्ष लगातारको वर्षा र हिमपातले अझै पनि चिसो कम हुन नसकेको पाटन नगरपालिका–८ खोड्पेका मोहनसिंह ऐरले बताए । लगातारको वर्षा र हिमपातले चिसो बढेको उनले बताए ।यो वर्ष फागुन अन्तिम सातासम्म हिमपात नरोकिएपछि उच्च लेकाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर भएको सिगास–८ गर्जेका दीपक सिंह ऐरले बताएका छन् । वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत मुस्किल भएको उनले बताए । चिसोको समयमा स्वास प्रस्वास र निमोनिया जस्ता रोग लाग्न सक्ने भएकाले यो बेला वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन स्वास्थ्यकर्मीले बताएका छन् ।
यो वर्ष हिमपात र वर्षा नरोकिएपछि बेँसी क्षेत्रमा गहुँबालीमा समेत असर परेको छ । बेँसी क्षेत्रमा वर्षाका कारण गहुँबालीमा क्षति पुगेको किसानले बताएका छन् । लगातारको वर्षाको कारण गहुँमा विभिन्न रोग देखा परेका कृषि प्राविधिकले बताएका छन् ।
हिमपातका कारण विभिन्न क्षेत्रका राजमार्ग तथा ग्राभेल सडक अवरुद्ध भएको छ । बैतडीको सुर्नया गाउँपालिका र सिगास गाउँपालिका अन्तर्गत पर्ने बाचपानीमा सडक अवरुद्ध भएको हो । यात्रु लगायत स्थानीयहरुको सहयोगमा सडक खोलेर आवत जावत गरिएको बताईएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *