स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढ्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, १७ फागुन
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको संख्यामा बृद्धि हुदै गएको छ । यो भन्दा पहिले सुपका पिछडिएका क्षेत्रहरुमा स्वास्थ्य केन्द्र नहुँदा घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको थियो । घरमै सुत्केरी गराउँदा ज्यान खोजिममा पर्ने भएपछि आजकल पिछडिएका क्षेत्रहरु तथा गाउँ शहर विभिन्न क्षेत्रमा स्वास्थ्य संस्थाहरु खुलेपछि सुत्केरी गराउन स्वास्थ्य संस्था लग्नेको महिला बढ्दै गएका छन् । त्यसकै एउटा उदाहरण डोटीमा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या ७३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
यो संगै मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको कार्यालयका प्रमुख रमेश मलासीले बताए । उनले भने, बर्थिङ सेन्टरमा सुत्केरी गराउन थालेपछि यहाँको मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको छ, यो आफैमा राम्रो पक्ष हो । बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या महिनैपिच्छै बढ्दै जान थालेको तथ्याङ्ले देखाएको छ । यहाँका ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छन् ।
जिल्लाको विकट क्षेत्रमा पर्ने घागल तथा बोगटान क्षेत्रका स्थानीय महिलाले पनि स्थानीयस्तरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित सुत्केरी हुन थालेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए । शिखर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक हरिष शाहले भने, प्रसूति सेवा शुरु गर्नुभन्दा पनि स्वास्थ्य संस्थामा पूर्वाधारको विकास हुनु जरुरी छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *