बैतडीमा स्वास्थ्य विमा कार्यक्रम

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, बैतडी, १२ चैत्र
स्वास्थ्य क्षेत्रको नीति अनुसार बैतडीमा १ हजार ४ सय ६१ जनाले स्वास्थ्य बिमा गरेका छन् । पुसको पहिलो हप्तादेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा १ हजार ४ सय ६१ जनाले नाम दर्ता गराएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउदले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा गराएका ५७ जनाले सेवा लिइसकेको उहाँले बताउनुभयो । जसमा ४५ जनाले जिल्ला स्वास्थ्य कार्यलयमा ३ जनाले पाटन प्राथमिक स्वास्थ्य केन्द्र र ९ जनाले डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा सेवा लिएका छन् ।
स्वास्थ्य बिमा गरेकाले जिल्ला अस्पताल, पाटन प्रथकिम स्वास्थ्य केन्द्र, केशरपुर स्वास्थ्य केन्द्र, गोकुलेश्वर र उपक्षेत्रीय अस्पताल डडेल्धुराबाट सेवा लिनसक्ने छन् । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ५ जना सम्मको परिवारले वार्षिक रुपमा २५ सय रुपैयाँ तिरे बापत ५० हजार बराबरको उपचार खर्च सरकारले व्यहोर्ने प्रावधान रहेको छ ।
५ जना भन्दा बढी भएमा ४ सय २५ का दरले थप रकम तिरी अधिकतम एक लाख सम्मको उपचार पाउन सक्ने प्रबन्धक साउदले बताउनुभयो । यस्तो सेवा देशको लागि ज्यादै राम्रो भएकोले सबै जिल्लामा लागु हुनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *