तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा राष्ट्रपतिको सम्बोधन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १७ फागुन
सुदूरपश्चिम प्रदेशको विकासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता देखाउनुभएको छ । कञ्चनपुरको दोधारा–चाँदनीमा बन्न लागेको पक्की पुल, सुख्खा बन्दरगाह लगायत सुपका विभिन्न क्षेत्रमा रहेको चर्चा ठूलै कमाएका तर ओझेलमा परेको जलविद्युत आयोजनाको विषयमा चाँसो दिनुभएको छ । साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन विभिन्न क्षेत्रबाट गरिएको प्रयास अत्यन्तै स्वागतयोग्य भएको बताउनु भएको छ । राष्ट्रपतिको सुदूरपश्चिम भ्रमणले सुपका जनता विकास हुन्छ कि भन्ने आशा अपाएको विभिन्न चोक चौतारामा स्वरहरु सुनिने गरेका छन् । राष्ट्रपतिको सुदूरपश्चिम भ्रमणका क्रममा ओझेलमा रहेका विभिन्न आयोजना अगाडी बढ्छ कि भन्ने आशावादी रहेको र भ्रमण फलदायी रहेको यहाँका बुद्धिजीविको बुझाई छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा आयोजित तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवलाई शुक्रबार विशेष सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले पश्चिम सेती, पञ्चेश्वर, कैलाश मानसरोवर लगायतका योजना सरकारको प्राथमिकतामा रहनुपर्नेमा जोड दिनुभयो । निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटकले तान्ने भएकाले भौतिक पुर्वाधार विकास गर्नुपर्ने बताउनुभयो । पश्चिमी नाकाको विकासका लागि सुख्खा बन्दरगाह, महाकालीमा पुल र धनगढी क्षेत्रीय विमान स्थल, पश्चिम सेती, कैलास मानसरोबर क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने राष्ट्रपति भण्डारीको सुझाव छ । कृषि उद्योगको विकास संगै चिनी
कारखानामा समेत जोडदिए । साँस्कृतिक रुपमा धरोहर सुदूरपश्चिका रानाथारु समुदायको लोक संस्कृतिलाई पर्यटकिय कोणबाट विकास गर्नुपर्नेमा जोडदिए । दक्ष जनशक्ति र राष्ट्रका लागि असल नागरिक उत्पादनका लागि शिक्षामा समेत जोडदिनुभयो । राष्ट्रपति भण्डारीले सामुदायिक विदालयको शैक्षिक गुणस्तरमा समेत जोडदिए । सुदूरपश्चिम विश्व विद्यालयलाई ईङगित गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षलाई थप सुदृढ गर्नुपर्ने समेत बताईन् । यस अघि राष्ट्रपति भण्डारीले दार्चुला, बैतडी, डडेल्धुराको भ्रमण सकेर र कञ्चनपुरमा आउनुभएको हो । उनले आर्थिक समृद्धिको जग र सामाजिक, सांस्कृतिक चेतनाको पूर्वाधार शिक्षा क्षेत्र भएकोले प्राविधिक तथा व्यावसायिक शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभयो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरूमा रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको उनको भनाइ छ । नेपाल सरकारले पर्यावरणीय संरक्षणमा केन्द्रीकृत निकुञ्जको सुरक्षाका निम्ति नेपाली सेना खटाएको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपाली सेनाले उक्त अभिभारा जिम्मेवार ढंगले निर्वाह गरिरहेको बताउनुभयो ।
यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सुदूरपश्चिम प्रदेशले विविध कार्यक्रमका अतिरिक्त पाँचवटा करिडोरको विकासमा पनि विशेष जोड दिएको उल्लेख गर्नुभयो । उहाँले कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि संघीय सरकारसंग जोडदार माग गर्नुभयो । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १६ मझगाउँमा आयोजना गरिएको उक्त कार्यक्रममा सम्बोधनका क्रममा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक प्रकाश भट्टले दोधाराचाँदनीमा सुख्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र, महाकाली करिडोर लगायतका योजनाहरू वर्तमान सरकारको योजनामा रहेको उल्लेख गर्नुभयो । उहाँले पर्यटन प्रबद्र्धधनका लागि नगरपालिकाले गरेको प्रयासको उच्च सम्मान व्यक्त गर्नुभयो । यहाँका पर्यटकीय क्षेत्रहरुको विकास र प्रचारप्रसार गरी पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले यही फागुन ०९ गते देखि तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ आयोजना गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सर्मिला कुमारी पन्त, प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरू सहितका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सहित हजारौं नागरिकको सहभागिता रहेकोमा नगर प्रमुख बिष्टले आभार व्यक्त गर्नुभयो ।
नगर प्रमुख विष्टले सुदूरमा थुप्रै पर्यटकिय गन्तव्य भएकाले यसको संरक्षण प्रर्बद्धनमा जोडदिए । ‘भीमदत्त समृद्धिको आधार पर्यटन शिक्षा कृषि र व्यापार भन्ने मुल नारा लिएर तेस्रो शुक्लाफाँटा महोत्सव आयोजना गरिएको थियो । मेयर विष्टले विश्वकै दुर्लभ वन्यजन्तु जैविक विविधता, ठुलो फाँटा र बाह्सिङ्गा भएको शुक्लाफाँटाको प्रचारप्रसार र भ्रमण बर्ष २०२० सफल पार्नका लागि महोत्सव आयोजना गरिएको बताए । यस क्षेत्रको भाषा, कला, साहित्य, संस्कृति, संस्कारको समेत विश्वभरी प्रचारप्रसार गरिने बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *