राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव (५)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदाँको जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको
लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)

राजनैतिक रुपमा राणा शासनको विरोध गर्ने व्यक्तिहरु खास गरी भारतका शहरहरुमा बढ्न र्पाका केही उच्च वा मध्यम वर्गीय परिवारका सदस्य र काठमाडौं, विराटनगर वा अन्य एकाध शहरका सुविधाप्राप्त वर्गकै सन्तान हुन्थे । यस्तो अवस्थामा देखा पर्ने छिटफुट विरोधलाई राणाहरुले दमनको माध्यमबाट दवाउन नहिच्किचाउन आफैमा अस्वाभाविक हैन । त्यसैले साधरण चेतना जगाउने उद्देश्यले पुस्तकालय खोले वाफत पनि लक्ष्मी प्रसाद देवकोटा लगायत अन्य व्यक्तिलाई गिरफ्तार गर्न तत्कालिन प्रशासक रतिभर पनि अनकनाएनन् । तर समयको प्रबाहलाई वा नदीको बेगलाई रोक्न सामथ्र्य कसमा हुन्छ ? दोस्रो विश्व युद्धपछि र अझ खासगरी उत्तरी तथा दक्षिणी दुबै मुलुकमा आएको स्वतन्त्रताको लहर र परिवर्तनले नेपालका केही जागरुक वर्गलाई पनि घच्घच्याउन थाल्यो । भारतमा बृटिश साम्राज्य विरोधी जन आन्दोलन र बुद्धिजीविहरु मध्येका केही सीमित समुहमा परिरहेको बाह्य प्रभावले गर्दा नेपालका शहरी क्षेत्र र छिमेकमा अध्ययनरत युवाहरु राणाशासन व्यवस्था विरोधी गतिविधिमा सविस्तार संलग्न र संगठित हुन थाल्यो । विक्रम संवत् १९९७ मा प्रजातन्त्रको लागि काम गर्ने कतिपय व्यक्तिहरु गिरफ्तार भए । केहीलाई फासी दिने निर्णयको लागि श्री ५ त्रिभुवनको सहमति लिन जाँदा मौसुफबाट सो सहमति बक्स भएन । तर राणाकालिन प्रबृति अनुरुप उनीहरुले मौसुफको ईच्छाले पनि परवाह नगरी पचलीमा शुक्रराज सफिलमा धर्मराजलाई झुण्ड्याएर, दशरथ चन्द्र र गंगालाललाई गोली हानी मारे । तर श्री ५ त्रिभुवनबाट सहानुभुति, सहमति, समर्थन र प्रेरणा मिलेको कारणबाट राजा ज्रजालाई अलग राख्ने, नेपाललाई विश्वको घटनाचक्र र विकासक्रमबाट पृथक राख्ने र जनताको शोषण गरी अन्धकार युग अगाडी बढाईनै रहने राणाहरु विरुद्ध कतिपय युवा समुहहरु यक्रियनै रहे । पर्चा, जुलुश र अन्य गतिविधिहरुबमट राणाशासन विरोधी भावनाहरु व्यक्त नै भईरहे तापनि एउटा जिल्लाको खबर अर्को जिल्लामा नपुग्ने र पुगेपछि कैयन दिन लाग्ने तत्कालिन संचार र अन्य क्षेत्रको अवस्थाले राणाशासन समाप्त पार्ने संभावना कर्म मात्रमा ईगित गरेको थियो । राजालाई आफ्नै प्रजा भेट्न वा कतै जान पनि राणाप्रधानमन्त्रीको स्वीकृति लिनुपर्ने नियन्त्रण रहेको अवस्थामा हुने विरोधका छिटफुट स्वर गोली र दमनबाटदवाउन राणाहरु तैयारै थिए ।
तर २००७ साल कार्तिक २१ गते श्री ५ त्रिभुवनबाट राणा प्रतिबन्धको उपेक्षा गरी भारतीय राजदुतावास सवारी हाईबक्सियो । कार्तिक २६ गते विमानघाट सवारी हुँदा काठमान्डौका जनता जुन रुपमा आफ्नो राजाको साथ लाग्न विमानघाटमा बैरिए–त्यसैले राजा प्रजाबीचको अटुट र अविभाज्य सम्बन्ध फे िप्रकाशनमा ल्यायो । धन्दा नमान म सबै कुरा ठिक पारी आउने छु भनी हुकुम भएर राजा त्रिभुवन दिल्ली सवारी भएपछि
यो घटनाले नेपालको कुनाकाप्चाको जनमानस आन्दोलित भयो । सुसुप्त अवस्थामा रहेकोराणाविरोधी भावना मर्ने र मार्ने हिम्मत र आह्वानमा परिवर्तन हुन थाल्यो । यसै प्रसंगहमा शहरशहर, गाउँगाउँ राजा त्रिभुवन र प्रजातन्त्र मात्र चर्चित हुन थाल्यो । केही शहरमा कतै कतै राजनैतिक दृष्टिकोणले संगठित व्यक्तिहरुबाट राणाशासन विरुद्ध दवाव दिने काम भएतापनि पुरा राणाशासन यन्त्र जनतामा राजा त्रिभुवनप्रति अथवा राजसंस्थाप्रति रहेको आस्था र विश्वासको भावना देखि डगमगाउन थाल्यो । २००७ फागुन ४ मा श्री ५ त्रिभुवन स्वदेश फिर्ता सवारी होइबक्सियो । २००७ फागुन ७ गते प्रजातन्त्रको घोषणा भयो । जसको लगतै पश्चात् १०४ वर्षको राणाशासनकालको अन्त भयो ।
ग) प्रजातन्त्रको युगमा प्रवेश र प्रयोग (२००७–२०१७) २००७ साल फागुन ४ गते श्री ५ महाराजधिराज त्रिभुवन बीर विक्रम शाहदेब दिल्लीबाट सपरिवार विशेष वायुयानमा काठमान्डौको गौचर हवाई अङ्कमा फिर्ता सवारी भयो । राजालाई आफ्नो माझ पाएर हर्ष विह्वल भएको अपार जनसमुहले गौचर हवाई अङ्कदखि राजदरवारको ढोकासम्म एउटा नयाँ आशा र विश्वास सहित मौसुफमा जय जयकार गरी स्वागत अभिवादन टुक्र्याए । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *