राष्ट्र सञ्चालन गर्न आफ्नै शक्ति चाहिन्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

नेपालमा नवउदयमान शक्ति जंगबहादुर राणाका सल्लाहकार को थिए भन्ने कुरा आजसम्म कसैले खुलाउन सकेका छैनन् । उनी आफ्नै शक्तिमा नेपालमा शासन गर्न चाहन्थे र गरे पनि । जंगबहादुर राणा श्री ३ प्रधानमन्त्री भए पछि पनि कसको इसारामा चल्दथे उनको सल्लाहकार को थिए कसैले आजसम्म किटानीका साथ भन्न सकेको छैन । जंगबहादुर राणा गैरप्रजातान्त्रिक थिए होलान त्यस बेलाको समय र परिस्थितिको अनुकुलता र आवश्यकता अनुसारको शासन व्यवस्था चलाएकै हुनु पर्छ । उनले जहानीय शासनमा विश्वास गरे, हुनसक्छ अरुले राष्ट्र हाक्न सक्लान नसक्लान भन्ने आसंकाकै घेरामा थिए उनी । त्यति बेला नेपालको शासन व्यवस्था बाह्य व्यक्ति संगठनको हातमा नपरेकोले देश पनि बच्यो राजसंस्था पनि बच्यो । देश र राजसंस्थाप्रति राणाहरु इमान्दार देखिएका छन् ।
आज देश डगमगाएको छ, नेपाल नेपालीको हातबाट चलिरहेको छैन अध्यारो कुनाबाट देश हल्ली रहेको छ । जनता सबैलाई सबै कुरा थाहा हुदैन यथार्थ कुराको सूचना प्रवाह गर्नु पर्ने धर्म पत्रकारको पनि रहेको हुन्छ । देशमा विदेशी शक्ति भन्दा राष्ट्रिय शक्ति नै बलियो रहनु पर्दछ । यदि राष्ट्रिय शक्ति कमजोर रह्यो भने देशको गौरब, मान सम्मान रहन सक्दैन । राणाहरुको तथा राज संस्थाको शासन रहेको बेला कसै विदेशी संस्थाले नेपालको अस्तित्व हल्लाउने प्रयास सम्म गरेनन् तर जव भारतीय भूमिबाट अंग्रेजहरुलाई हटाउने काम सफल भयो त्यसको लगत्तै नेपाल माथि पनि बौद्धिक आक्रमण भयो प्रजातन्त्रको नाममा सुगौली सन्धीमा गुमेको नेपाल गुमेको गुम्यै रह्यो । नेपाल भारतको १९५० को मैत्री सन्धी भयो जसको विरोध भीमदत्त पन्त बाहेक अरु कसैले गरेनन् । त्यही विरोध गरेको निहुँमा समेत प्रजातान्त्रिक सरकारले भारतीय सैनिक पश्चिम नेपालमा बोलाई भीमदत्तलाई पक्रि मार्न लगायो त्यस्ता साहसी नेताहरुलाई बचाई देशले हितकार्यमा लगाउनु पर्नेमा मार्ने र मराउने काम त्यो पनि देशले प्रजातन्त्र प्राप्त गरेपछि भयो । मानौ उनी प्रजातन्त्रका विरोधी थिएझै गरेर मार्यो । त्यस्तै अर्का नवउदयमान नेता मदन भण्डारीको पनि हत्या गरिएको आशंका हटेको छैन । राष्ट्रिय शक्तिको विउ नै नरोपिन दिने तत्व अझै हावी रहेको छ । त्यो तत्वलाई निर्मुल नपारेसम्म देशले स्वतन्त्र कदम चाल्न सक्ने देखिदैन । त्यस कारणले पनि आज नेपालमा राष्ट्रिय शक्तिको आवश्यकता रहेको छ ।
राष्ट्रिय शक्तिको निर्माणमा जति ढिला हुदै गयो त्यति बढी क्षति हुदै जाने देखिन्छ । राष्ट्रिय शक्तिलाई क्षति पुर्याउन राणाहरुमाथि आक्रमण गरियो भने त्यसपछिका दिनहरुमा राजसंस्था माथि आक्रमण भयो जो व्यक्ति संगठन राष्ट्रभक्तिको मार्गमा गएको भन्ने लाग्छ उसमाथि अवश्य पनि आक्रमण भएको पाईन्छ । कि आक्रमण गरिन्छ भन्ने प्रसंगमा बुद्धिजिवीहरुको भनाई के छ भने हामीमा एकताको अभाव, राष्ट्रिय एकताको नेतृत्व गर्नेका विरुद्धमा गई खुट्टा तान्ने काम गर्नु, राष्ट्रको गोपनियता माथि संकट पैदा हुनु, विदेशी दलालहरुका एजेन्ट बनि राष्ट्रप्रतिको बफादारिता गुमाउनु, शासकहरुको मति सुधार्ने काम भन्दा शासकहरुलाई नै मार्नु हटाउनु देशमा एकताको ठाउँमा अनेकता ल्याउनु नै देशप्रतिको अन्याय भएको छ । एकपाटोबाट हेर्दा आजको संविधानले बोल्ने लेख्ने र खेल्ने स्वतन्त्रता दिएको छ । र त्यही स्वतन्त्रतालाई हामीले पनि प्रयोग गरि रहेका छौं । तर निर्माण हुने बेलामा जनमत लिएन मनपरी गरियो भनाई मात्र हाम्रो रहेको छ । जव प्रजातान्त्रिक संविधान, अन्तरिम, पहिलो संविधानको घोषणा २००७ साल फागुन ७ गते नै आई सकेको मानिन्छ त्यो प्रजातन्त्र पनि अध्यारो बाटोबाट नेपाली जनताको हित विरुद्ध नै भएकोले भीमदत्त पन्तले त्यसको विरोध गरेका थिए भन्न हामी सक्छौं । त्यो प्रजातन्त्र नेपालीहरुको बाहुबलमा नआई विदेशीहरुको इच्छा अनुसार आएको व्यवस्था हुँदा त्यसमाथि राजा महेन्द्रले २०१७ साल पौष १ गते प्रतिबन्ध लगायो, भीमदत्त पन्त जस्ताको नेतृत्व रहेको भए त्यो व्यवस्था नेपालीकै बलमा आउने थियो यदि सुपका भीमदत्त पन्तले राजा महेन्द्रको साथमा रही काम गर्न पाएको भए आज राष्ट्रको अर्कै रुप हुने थियो ।
२००७,२०४६ बाट पिडित भएका नेपालीहरुले अझै विर्षन सकेका छैनन् त्यो पिडा । विदेशीको इसारामा आएको व्यवस्थाले नेपालमा स्थायित्व लिन सक्दैन भन्ने कुरा २००७ र २०४६ ले देखाई सकेपछि पनि २०६२/०६३ मा नेपालका प्रमुख दलहरु मिलेर नेपालीले नेपाली सित सम्झौता नगरी प्रमुख
भनिने ७ दलले भारतका नेताहरुको अभिभावकत्वमा रही दिल्लीको न्वईडामा बसी सहमति सम्झौता गरी १२ बुँदे मार्ग दर्शन भित्र रही नेपाल संचालन गर्नु नै राष्ट्रको अहित भएको हाम्रो ठहर छ । दिल्लीमा गरिएका १२ बुँदे भन्दा रोल्पा डोल्पामा बरु ३ बुँदे सम्र्झौता गरेको भए पनि नेपाली जनतालाई
मान्य हुने नै थियो र वजनदार पनि हुने थियो । आज दिल्लीमा ७ दलहरुबाट भारतकै रोहबरमा गरिएको १२ बुँदे सम्झौताबाट उम्कन २०६३/०६४ पछिको सरकारलाई अप्यारो परेको छ ।
यदि १२ बुँदे सम्झौता अनुसार नै राष्ट्र चलाउने हो भने राष्ट्रमा भोली आईपर्ने विभिन्न खालका दुर्घटनाहरुका संकेतहरु आईसकेका छन् । त्यसकारण सबै राजनीतिक पार्टी, जातजातीहरुले नेपालको हित चाहने हो भने दिल्लीमा गरिएका १२ बुँदे सम्झौतालाई परित्याग गरि राष्ट्र शक्तिहरुद्वारा नेपालमा नै नयाँ शक्ति देखाई राष्ट्र सञ्चालनमा जोड दिनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *