मिडियाको तरंग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त

विश्वको शक्तिशाली राष्ट्रका अधिकार संयन्त्र राष्ट्रपति रिचर्ड निक्सन क्षमतावान तर धूर्त व्यक्ति थिए पत्रकारहरुको चक्रव्यूहमा परि वाटरगेट काण्डमा लिप्त भएको प्रमाणित हुँदै जाँदा झण्डै महाभियोग लागि सकेको थियो । राजीनामा गरेर क्षमादान पाएपछि बाचे, विकलीप्सका करामातले विश्व नै हल्लाई दिएको छ । मिडिया व्यवसाय सामान्य होइन मान्न मिल्दैन । यो दोधारे तलवार जस्तै हो । जान एण्डरसनहरुले ज्यानको बाजी लगाएर अत्यन्त कठिन लाग्ने काम गरेर देखाउदै आएका छन् । युद्धग्रस्त क्षेतमा ज्यानको बाजी लगाएर पनि समाचार संकलन गरिएका छन् । आधुनिक प्रविधिले विश्व मानचित्र नै परिवर्तन गर्न सक्ने क्षमता विकास भएको देखिन्छ । यस सम्बन्धमा नेपाली प्रेस जगत प्रविधिको उपयोग दुरुपयोगबाट निकै ठूलो हलचल पैदा
गरिदिएको छ । आम सर्वसाधारणले सुसुचित हुन सक्ने गरी काला करतूत तुरुन्तै प्रकट हुँदा आपराधिक मनोवृति छिप्न छिपाउन निकै कठीन बनि रहेको हुनाले युग परिवर्तनको दावानलबाट नेपालको परिप्रेक्षमा एक मात्र उपलब्धि आम सर्वसाधारणले राज्यका सुविधाहरुबाट बन्चित हुँदै गरे पनि घुसखोर भ्रष्टतत्वहरु एकपछि अर्को काण्डबाट नांगिदै जानु असाधारण देन मान्नै पर्ने हुन्छ ।
भ्रष्टाचार शब्दलाई जत्तिसुकै घृणा तिरस्कार गर्न खोजिए पनि समाजको निर्मम आवश्यकता रहेछ भन्ने बोध गराई रहेको छ । यसको अभावमा अभिजात्य वर्ग हुन बन्न सक्नु असंभव छ । सिमित वर्गको रहन सहन दिनचर्या शान शौकत यही मावावी शब्दले प्रदान गर्दछ । मात्राको अन्तर हुन सक्छ तर जहाँ मौका पर्यो यसले व्याप्त गर्दछ, यो नहुने हो भने महंगा भाडाका घर सवारी साधन लगायत विलाशिताका बस्तु ठप्प हुनेमा शंका छैन । इमान्दारी पुर्वक आर्जन भएको कमाईबाट सामान्य जीवन व्यतित हुन समेत निकै कठीन छ । जो कोहीले पनि अनुभूत गरेको विषय हो । निर्वाचनमा हुने करोडौको खर्च किन र के का लागि भन्ने अहम प्रश्नको एक मात्र जवाफ व्यापार व्यवसायका सामान्य नियम लागु हुन्छन लगानीबाट यथेष्ट लाभका लागि नै सारा प्रपन्च गरिन्छन् आम जन र राष्ट्रको सम्पदामा लूट पचाउनकै लागि ऐश्वर्य शान शौकत तडकभडक बाहुबली प्रवृति अन्तर्यमा स्पष्ट झल्कन्छ । यसमा कुनै तर्क नै गर्न पर्दैन । पद गुमेपछि पनि सञ्चय गरी राखे मात्र मौका ताक्न सकिन्छ भन्ने मनोदशा प्रमुख बन्ने गर्दछ । धूर्त भ्रष्टाचारी परिवार समाजमा इज्जतले हेर्ने हाम्रो संस्कार नै बनि सकेको छ । जसरी पनि कमाउनु पर्छ नत्र मूर्ख नालायक ठहरिने यथेष्ट उदाहरण छन् । यसमा खास शर्त छ त्यो हो मोल खुल्नु हुदैन यद्यपि कमाईको मूलमा भ्रष्टाचार मात्र हो भन्ने सर्वत्र ज्ञात छ मानिसका पेट भित्र त त्याग्य बस्तु संग्रहित नै हुन्छ । बाहिर निस्के दुर्गन्ध फैलिन्छ यही फर्मुला लागु हुन्छ । त्यसैले भ्रष्टाचारी अभिजात्य हो । एउटा ज्ञान सिक्न जरुरी छ यथासम्भव छिपाउने प्रयत्न गर यो पनि एउटा कला हो सम्पत्ति विवरणमा केही नभएका प्राणीहरुका दावा लवाई खवाईले छर्लङ्ग पारे पनि छोप्न केही कालसम्म सफल हुन्छन तर होस नपुर्याए के हुन्छ त ?
कृष्ण महराले सांसद घुस दिन ५० करोड मागेको वार्ता छदै थियो स्वयमं हिटलरको गोयवेल्स जस्ता सञ्चार मन्त्रीले आफ्नो करतूत अरुले कसरी हाईजेक गर्न सक्छन् । पत्ता नै नपाई जालमा फसेर इहलोक परलोक केही बाँकी रहेन, हे मूर्ख त्यसरी असावधान हुने वेवकुफी किन गर्र्यो सर्वेसर्वा डी फेक्टो रुलर जस्तै हावभाव गर्दै रहदा कति सम्म निकम्मा रहेछौं सारा जगतले देखायो । गोर्खाली मुख परेको ढाल्छ भन्ने उखान चरितार्थ हुँदै छ । एकपछि अर्को नालीबेली पेण्डोराको बाकस खुली सक्यो मुर्ख बादरले स्वामी भक्ति देखाउन झिंगा धपाउन तलबार बजारी मालिकलाई शिध्याएको उखान चरितार्थ
भयो ।
मिडिया जगतले प्रविधको भरपूर उपभोग गर्दै हामी आम सर्वसाधराणलाई ठूलो गुन लगाई रहेको छ । तर सावधान, यस भित्र पनि दुष्ट मनोवृत्तिका मायावी दानवहरु दुरुपयोग गर्नपछि पर्दैनन्, तथापि धेरै समय टिक्न सक्तैनन् सञ्चार जगत सक्रिय नहुदो त दिनहु कालाकर्तुत मिडिया माथि अडाश लगाउने तानाशाहहरुको चाहना सर्वोपरि रहँदै आएको छ । नयाँ नेपालको प्रमुख र एक मात्र उपलब्धि मिडियाको सक्रियता यसले ल्याएका तरंग हो भन्ने ठूलो विश्वास पैदा भएको छ तर मायावी शब्द भ्रष्ट आचरण कुनै ठाउँ बाँकी राख्दैन त्यसैले धूर्त बाहुबलीहरु यसको दुरुपयोग गरी हाल्छन, यसमा पनि मिडिया सचेत र सशक्त बन्नु अनिवार्य छ अन्यथा यसको गरिमा निष्पक्षता स्वच्छता माथि अतिक्रमित प्रहार नहोला भन्न सकिदैन त्यसैले आत्म रक्षाका लागि पनि कर बद्ध प्रार्थना छ कि हामी सर्वसाधारण प्रति गरेको उपकार यथासंभव कायम राख्न पनि आफै भित्र छिपेका दुष्ट तत्व छन भने समय मै पहिचान गरी साख बचाउन अत्यन्त जरुरी छ । त्यसमा सफलता मिलोस घुसखोर लुटाहा अपराधिहरुलाई दुलो बाहिर ल्याई दण्डित गराउन सफल हुँदै जानु हुनेछ भन्ने आशा भरोसा विश्वास र सम्मान अर्पण छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *