उद्योगमाथि आक्रमण हुनु जनतामाथिको आक्रमण








नेपालका कृषकहरु चौतर्फी रुपमा शोषणमा परेका छन् । कृषकहरुले न कृषिको नाताबाट सुविधा पाएका छन्, न कृषि उद्योगमा संलग्न हुन पाएका छन् । नेपालमा मित्र राष्ट्रहरुले खोलिदिएका कृषजन्य उद्योगहरु जस्तै बासबारी छाला जुत्ता, भृकुटी कागज कारखाना, बुटबल धागो कारखाना जस्ता धेरै उद्योगहरु २०४७ पछि कोडीको भाउमा नेताहरुले विक्रि गरी सकेका थिए र उद्योगहरु सित कृषकको सम्बन्ध काटि सकेको थियो । त्यसमा शेष रहेको एउटा मात्र विरगन्ज चिनी कारखाना २०२१ सालमा रुस सरकारले खोलिदिएको थियो,त्यसलाई पनि २०५९ चैत्र ७ गते बन्द गरी उद्योगको गेटमा बन्द गरिएको सूचना टाँस गरिएको थियो ।नेपालको सबैभन्दा ठूला चिनी कारखाना विरगन्ज चिनी कारखाना नै हो सरकारको निजी क्षेत्रतर्फको लगाव भएपनि जुन कृषि उद्योगहरु कृषक सित सम्बन्धवाला छन् । ती उद्योगहरुलाई सरकारले सञ्चालनमा नै रहन दिनु पर्ने थियो । विरगन्ज चिनी कारखानाको सञ्चालन बन्द गरि कारखानाको अधिनमा रहेको जग्गा मध्ये ६ विगाह जग्गा विक्रि गर्न सरकारले स्वीकृति दिएको छ । सोही स्वीकृति बमोजिम जग्गा विक्रि वितरण प्रक्रिया सुरु भएपछि त्यसमा काम गर्ने पुर्व कर्मचारी सरोकारवाला कृषकहरु सबैको विरोध रही आएको छ ।
विरगंज चिनी कारखानाबाट सरकारलाई ज्यादै अधिकतम फाईदा भएको थियो र कृषकहरुले पनि आफ्नो रोजगारीका साथै आयमा बृद्धि भएको थियो । कृषि उद्योगमा बढी कृषकहरु जोडिएको त्यो उद्योग नेपाल सरकारको र नेपालीहरुको हित उन्नतीको लागि भनेर अत्यन्त मित्रराष्ट्र चीन सरकारले २०२१ सालमा स्थापना गरेको थियो । त्यसलाई आज एसियाकै सबैभन्दा ठूलो चिनी उद्योगको रुपमा विस्तार गरिसक्नुपर्ने थियो, त्यसो नगरेर नेपाललाई उद्योग विहिन बनाउने उद्देश्य बोकेर हुन सक्छ उद्योगलाई बन्द गरि त्यसको सम्पत्ति जग्गालाई विक्रि गरीराखेको अवस्था दर्दनाक छ ।
सरकारले जग्गा बेचेर पैसा कमाउने हो भने अझै पनि नेपालमा नदीनाला पहाड पर्वत, तराई गरेर प्रसस्त जमीन सरकारकै स्वामित्वमा रहेको छ, पैसाको लोभमा त्यो जमिन विक्रि गर्नु जायज लाग्दैन र त्यो जग्गा बेचेको पैसाले राष्ट्रको कुनै उन्नति पनि हुदैन भने भ्रष्टहरुले भ्रष्टाचार गर्ने उद्देश्यले जग्गा जमिन विक्रि गरेर राष्ट्रलाई दरिद्रताको बाटोतर्फ लैजानु जनताको हितमा हुने छैन् । त्यसकारण नेपाली जनताको खास गरेर कृषकहरुको आह्वान के छ भने नेपालका पुराना कुनै पनि उद्योगहरु विक्रि गरिसकेको भएपनि फिर्ता लिएर ती उद्योगहरुलाई वैदेशिक रोजगारीको नाममा विदेश गएका युवाहरुलाई बोलाएर भएपनि उद्योगहरु सञ्चालन गरि त्यसबाट उत्पादित बस्तुहरुलाई बरु निकासी गरेर भएपनि विदेशी मुद्रा आर्जन गर्नेतर्फ लाग्नुपर्ने उपयुक्त देखिन्छ र त्यो दिर्घजीवि पनि हुनसक्छ । आजको अवस्था राष्ट्र सञ्चालन केवल रेमिटान्सबाट भईराखेको छ व्यापार घाटा राष्ट्रले चौतर्फी रुपबाट व्यहोरी राखेको छ । व्यापार घाटा नाफा जे भएपनि हिम्मत हार्नु हुदैन तर रेमिटान्स भनेको नेपाली जनतालाई दासत्व तर्फ डोर्याउनु हो भने सानै उद्योगको उत्पादित बस्तु निकासी गर्नु भनेको अमूल्य र इज्जतदार व्यवसाय भएको हुँदा आफ्नो देशमा उत्पादन गरेर निकासी गर्नु देश र जनताको हितमा काम गर्नेछ । त्यस कारण बढी भन्दा बढी जनतालाई र कृषकलाई सहभागीता गराउन वैदेशिक रोजगारीबाट स्वदेशी रोजगारीमा फर्काउन सबैभन्दा राम्रो र उत्तम चीनी उद्योग रहेको हुँदा नेपाल अधिराज्यभरीका चिनी उद्योगहरुलाई सञ्चालनमा ल्याउनुपर्छ । चाहे सरकारले स्वयम् सञ्चालन गरोस अथवा कसै व्यापारीबाट सञ्चालन गराओस् जहाँबाट सञ्चालन भएपनि कृषकहरुलाई सोझै लाभ हुने भएकोले कृषि जन्य उद्योगहरु चिनी कारखाना, कागज कारखाना तथा छाला जुत्ता कारखाना अनिवार्य सञ्चालन गर्नुपर्ने हाम्रो राय रहेको छ ।







