नेताको पहिचान इमान्दारिता भित्र लुकेको हुन्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज हामीलाई लाज लागेको छ, मेरा पिता अपराधी हुन्, बलात्कारी हुन, भन्ने कुरालाई मनन् गर्दा साच्चिकै हिनताबोध हुन्छ । त्यस्तै मेरा अग्रज मेरा
राष्ट्रका सरकार, विभागिय प्रमुखहरु, भ्रष्टाचारमा लिप्त रहेको पाउँदा म आफैं बलात्कारीको छोरा हुँ कि भन्ने लाग्छ । म मेरा नेताहरुलाई कर्मनिष्ट रहून भन्न चाहन्छु तर कर्मनिष्टलाई त्यागी कम्युनिष्ट मात्रै रहेको पाउँदा कसको मन दुख्दैन । मन सबको एउटै हो जसरी दुईचार जना सपुतहरुले नेपालको सान मान मर्यादा कायम गरेर गएकै कारण गोर्खालीहरुको पख्र्यात अमर नाम रहेको छ विश्वभरी ।
तीन जना गोर्खाली सैनिकहरुले हजारौंका टाउकाहरु एउटै खुकुरीले काटेर प्रशिद्धि कमाएका थिए भने आज एउटै भ्रष्टाचारीले देशको बदनाम त्यसरी नै उच्च राखेको छ । जति गरेपनि उच्च रहेको भ्रष्टाचारको सिडीबाट ओरल्नै अप्ठ्यारो भईराखेको अवस्थामा झन झन भ्रष्टाचारको विगविगी बढिरहनु पर्दा भन्नुहोस तपाई हाम्रो मन कस्तो रोएको होला ? यदि यो देशको लागि बाचेका हौँ भने सान सौकतबाट आफूपनि बचौं र यो देशलाई पनि बचाऔं, नत्र यो मान पदवीले यो देश माथि उक्लन सक्दैन, । त्यसकारणले पनि हामी नेपालीसित पनि प्रसस्त धन सम्पत्ति छ अरु देशहरुबाट कसै दातृ मित्र राष्ट्रले निर्विवाद रुपमा दान गर्छु भनेर निसर्त दिएको दान हामीले स्वीकार्नै पर्छ । अन्यथा विभिन्न लोभलालचमा फसाउने उद्देश्यले आफ्नो सोचाई पुरा गर्ने मनस्थिति बोकेर कसैले नेपाललाई दान गर्छ भने त्यो दान स्वीकार गर्नु हुदैन । सबै नेपालीको लागि अस्वीकार्य हुनुपर्छ भन्ने हामी सबैको धारणा रहि आएको भएपनि हाम्रा नेताहरु के गर्छन थाहा छैन यदि हामी सित हाम्रा नेताहरुले पैसा माग्छन्, या कुनै कम्पनिका विकास निर्माणका सेयरहरु निस्कासन गर्छन् भने पहिलो प्राथमिकता नेपाली जनतालाई दिनुपर्छ ।
पुर्व मेचीदेखि पश्चिम महाकालीका सम्पूर्ण जनता क्षमतावान छन्, लगानी गर्न मन्जुर छन्, त्यस्तै हाम्रा होनहार युवाहरु वैदेशिक रोजगारीको नाममा विदेश गएका छन्, उनीहरुको भविष्यलाई समेत ध्यानमा रोखेर उनीहरुबाट प्राप्त रेमिटान्सको केही हिस्सा उनकै सेयरको लागि खुला छोड्नुपर्छ र आफ्नो राष्ट्रप्रतिको विकास निर्माण प्रकृतिको माया प्रेममा बृद्धि गराउनुपर्छ । भन्ने हाम्रो धारणा रहेको छ । नेताहरुमा गणेशमान, पिपि कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी लगायतका कैयौं नेताहरु आफू मरेर भएपनि जनतालाई केही दिएर जाऔं भन्ने खालका थिए भने पंचायतकालका नेताहरुले निर्विवाद रुपबाट आफूसित रहेको सत्ता प्रजातान्त्रिक तरिकाबाट दोस्रो पिढीलाई सौहार्द वातावरणमा सारेकै कारण उनीहरु ४७ सालपछि पनि सत्तामा रहेर थोरै समय भएपनि राज्य सञ्चालन गरे । उनीहरुले सत्ताबाट छोड्न कुनै आलटाल गरेनन्, त्यो आलटाल नगर्नु नै प्रजातान्त्रिक परिपाटी थियो । राजाको संरक्षकत्वमा रहेर राष्ट्रमा भ्रष्टाचार गर्न डराउने नेताहरु पंचायतकालमा पनि थिए तर आज कोही छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *