हिन्द महासागर नै हिन्दुहरुको बाहुल्यता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज राष्ट्रका नेताहरुले जसको इसारामा भएपनि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र खोजेपनि देशभरीमा ९० प्रतिशत विद्यालय, पसलहरु, संघसंस्थाहरु हिन्दुहरुका नामबाट परिचित भएका पाईन्छन् । मठमन्दिरहरुको कुरा गर्दा आयातित क्रिश्चियन हरुका चर्च भन्दा पुराना केही मान्यताप्राप्त मस्जिदहरु छन् । मस्जिद र मन्दिरहरुको राम्रो चिनजान सद्भाव रहेको पाइन्छ भने चर्चहरु सितको सम्बन्ध हिन्दुहरुका मन्दिरहरुको कमै सम्पर्क रहेको पाईन्छ । चर्चहरु हिन्दुहरुको देखासिकीमा र हिन्दु मन्दिरप्रतिको अनास्था फैलाउने उद्देश्य लिएर गरिब जनतालाई प्रलोभनमा पारेर क्रिश्चियन धर्म परिवर्तन गरेको प्रत्यक्ष प्रमाणहरु हामी सित छन् तर मुस्लिमहरुले हिन्दुहरुको धर्म परिवर्तनमा भन्दा हिन्दुहरुकै ठूला ठूला मन्दिर निर्माणमा सहयोग पुर्याएका घटनाहरु खोजी गर्ने हो भने नेपालमा प्रसस्त रहेका पाईन्छन् ।हाम्रो लागि खुसीको कुरा के छ भने नेपाली सेनाले आफ्नो स्थापना दिवस महाशिवरात्रीको अवसरमा सैनिक मञ्च टुडिखेलमा यहि फागुन ९ गते मनाउँदा र सो समारोहमा हाम्रा राष्ट्र तथा सरकार प्रमुखको उपस्थितिले हिन्दु धर्मको संरक्षणमा अत्याधिक बल पुर्याएकोले हामीलाई हौसला र खुसीको कुरा हुनु स्वभाविक नै हो । सत्य कुरा जसले जति लुकाएपनि लुक्न सकिदैन, जनतालाई जति भ्रमित बनाउन खोजेपनि भ्रममा कमै पर्छन् । त्यसको ज्वलन्त उदाहरण हो नेपाली सेनाहरुले राष्ट्रभरी नै हिन्दु परम्परा अनुसार देवीदेवताका मठमन्दिरहरु निर्माण गरी नित्य पुजा गर्नु र बटालियन पण्डितको समेत व्यवस्था गर्नु अत्यन्त स्वागत योग्य तथा हिन्दु धर्मको संरक्षक गर्ने कामको कोसढुंगा हुन सक्छ ।
हरेक व्यक्तिहरुले आ–आफ्नो क्षेत्रमा आफ्नो दायित्व पुरा गर्नुपर्छ जसले देशको धर्म संस्कृतिको संरक्षण गर्ने जिम्मा लिएको छ उसले धर्म संस्कृतिको र इतिहासको संरक्षण गर्नेहरुले इतिहासको सात्क्षात्कार सजिवता राख्नुपर्छ । यदि देशको सम्पदा जिवित रह्यो भने देश जिवित रहन्छ । सम्पदा खोसियो मासियो चोरियो र नष्ट पारियो भने अवश्य पनि देश डुब्छ र नष्ट हुन्छ । देश भनेको धर्म संस्कृति इतिहासको जिवन्त नै देशको पहिचान हो । आज विश्वभरी त्यहि धर्म संस्कृतिको खोजी भईराखेको छ । ठूला ठूला विकसित राष्ट्रहरुले पनि हाम्रो धर्म संस्कृति इतिहास के थियो भनि आफ्नो राष्ट्रभरी नै उत्खनन् कार्य गरिराखेको छ । त्यसबाट हाम्रो तथा मनुष्यजातिको उत्पत्तिको बारेमा समेत प्रष्ट भईरोखेको हुन्छ । मानव अस्त्र सस्त्र खानपिन रहन सहन इत्यिादिको बारेमा प्रष्ट हुन्छ । जस्तो कि लुम्बिनीमा गरिएको उत्खननबाट भगवान गौतम बुद्धको जन्म तथा सुद्धोधनको राज्यको जानकारी पाईएको छ । त्यस्तै अशोक स्तम्भले गर्दा बुद्धका पाईलाहरु पुगेका प्रमाणहरु हुन भन्ने जनाईराखेका छन् । जहाँ जहाँ बुद्ध भगवानले पाईला राख्यो र जहाँ उनी पुगे त्यहाँ अशोक स्तम्भहरु पनि स्थापना गरेका छन् । आजसम्म कसैले पनि ति स्तम्भहरुलाई न हटाएको छ न तोडेको छ त्यसबाट बौद्ध र अशोकको बारेमा जनतालाई बुझ्न सजिलो भएको छ । त्यस्तै अवका दिनहरुमा पनि राष्ट्रको धर्म संस्कृति सम्पदा, इतिहास हामीले जस्ताको त्यस्तै जिवित राख्न सक्यौं भने अयुत कालसम्म नेपालको पहिचान अमर रहनेछ ।
आज हिन्द महासागर अर्थात भरत वर्ष भरीका जनताहरु खुसीले गदगद भएका छन् । राम जन्मभूमिको पुर्नस्थापनाको बारेमा मुस्लिम न्यायाधिशहरुले यथार्थतामा आधारित रामजन्मभूमिका इटाहरुको संरक्षण गर्दै राम मन्दिर रहेकै ठाउँमा राम मन्दिर बनाउने अदालतको फैसलालाई समेत मुस्लिमहरुले अधिकतम समर्थन जनाएका छन् । र धर्मको विवाद भारत तथा हिन्द महासागरमा नै टुङ्गिन लागेको छ । यहि समयलाई आधार मानेर नेपाललाई पनि हामीले हिन्दु राष्ट्र यथास्थितिमा रहन दियौं भने नेपालको पहिचान अमर रहने कुरा निर्विवाद रहेको पाईन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *