हराएको प्रजातन्त्र








बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
२०७६ फागुन ७ गते पनि प्रजातन्त्र दिवस हुँदा सोही अवसरमा जिल्लाको मदनचोक महेन्द्रनगरको भेटघाट चौतारीमा सिमित व्यक्तिको उपस्थितिमा प्रजातन्त्र दिवसको नामबाट उत्सव मनायो । हामीले सोचेका थियौ जहानीयमा राणा शासकहरुले फलामको ५ हजार क्वीन्टलको बाकस भित्र थन्क्याएको प्रजातन्त्र बाकस फोरेर प्रजातन्त्र ल्यायौं भनि खुसी भएका थियौं तर त्यो सत्य रहेनछ सत्य त त्यो थियो सुनका पिजडामा राखेको राजसंस्थालाई मुक्ति दियो र पायो । राजसंस्थाले पनि सुनको पिजडाबाट फलामे पिजडामा छिर्ने मौका पायो जुन पिजडा समापन पं. जवाहरलाल नेहरुले गरेका थिए ।
हामी निहत्ता नेपालीहरु कस्तुरीको विनाको बासना कस्तुरी मृग स्वयमले खोजेझै प्रजातन्त्र खोजी रहेका छौं । हाम्रो प्रजातन्त्र हराएको २३० वर्ष पुगी सक्यो पाउँदै हराउँदै गरेको पनि ७० वर्ष विति सक्यो भरोसा छैन जसले प्रजातन्त्र ल्यायो उसैले लगी रहेको महसुस भईरहेको छ । हामी प्रजातन्त्र हराएकोले खोजी रहदा कुनै बेला कही पाइन्छ तर समात्न खोज्दा भागी हाल्छ । फागुन ७ गतेको दिन २÷४ जना खोज्न जान्छन तर वर्षभरी वास्ता नै हुदैन । ३६५ दिनमा एकदिन मात्र खोज्दा पाईदो रहेनछ । प्रजातन्त्रलाई भ्रष्टाचारको खोल भित्र लुकाएको देख्नेको संख्या बढी छ तर पनि जो खोज्न जान्छ उ पनि
भ्रष्टाचारको खोल भित्रै चिप्की दिन्छ । ७० वर्ष सम्म खोज्दै पाईदै हराउँदै गरेको प्रजातन्त्र सित जनताको पहिचान छैन । हाम्रो पहिचान केवल भ्रष्टाचार सित मात्र भईरहेको छ ।
प्रजातन्त्र खोज्नेहरु भ्रष्टाचारको सिष्टाचार बोकी फर्कन्छन् । प्रजातन्त्रलाई भ्रष्टाचारीहरुले कब्जामा लिएका छन् पाउन सकिन्छ सकिदैन प्रतिक्षाकै विषय रहेको छ । प्रजातन्त्रका गुण र अवगुण खोतल्दा हरेकले हरेक अर्थ लगाउने गर्दछन्, सही प्रजातन्त्रको सही पहिचान गर्न सकिने अवस्थाबाट नेपाल अलग
रहेको छ । भ्रष्टाचारीहरु मौलाएका छन् । त्यही भित्र सबैले पस्न खोज्दछन् । जसरी चुरोट, सराव पिउनु खराव हो भन्ने गरिन्छ तै पनि जसले खराब हो भन्छ उही सेवन गर्दछ र गरी रहेका प्रमाणहरु छन् । सरकारले सिगरेट र सराव फेक्ट्री खोल्न इजाजत दिएको हुन्छ भने कही त सरकारी पक्षबाट नै सञ्चालन गरेको हुन्छ जसरी ज.चु.का. सरकारकै फेक्ट्री हो भने सिंहदरबार वैध्यखाना बबरमहलको औषधी लिमिटेड पनि सरकारकै हो ति दुवैलाई भ्रष्टहरुले आज कब्जामा लिईसकेको छ मानौ त्यो प्रजातन्त्र हो वा अप्रजातन्त्र थाहा छैन जे भए पनि नेताले चाहेको प्रजातन्त्र जिवित भए पनि जनताले चाहेको प्रजातन्त्र हराएको छ । हामी सबै मिली खोज्न जाऊ २००७ सालमा आएको प्रजातन्त्रले २०१९ सालमा रुप फेरेर आयो १७ सालमा हराएको भन्दथे त्यसपछि २०४६/०४७ मा पुनः आयो हराएको पाईयो । तर २०५०/०५१ मा हराउन सुरु भएको प्रजातन्त्र २०५२ फागुन १ गते अपहरणमा पर्यो
अपहरणबाट २०४७ को प्रजातन्त्र छुटाउन सकेन र ०६२/०६३ मा जिउँदो प्रजातन्त्र छुटाउन सकिएन तर अपहरण गरिएको प्रजातन्त्रको लास बडो बहादुरका साथ न्वईडाको सहयोगमा प्राप्त गर्यो । प्राप्त सिमा
पारीबाट भयो नाम दियो नेपाली जनताको । आजको मौजुदा नेतावादी प्रजातन्त्र जनता सित कहिले पुग्छ कि पुग्दैन प्रतिक्षा गरौं तर भ्रष्टाचार र भ्रष्टाचारीको घर आगनमा भने अवश्य पुगेको छ । प्रजातन्त्र र भ्रष्टाचारको जस्तो जोडा नेपाली जनता र प्रजातन्त्र सित हुन नसक्ने रहेछ । प्रजातन्त्रले गरिव जनताको सहारा नपाई केवल धनीको र भ्रष्टाचारीको मात्र सहारा पाउने रहेछ । प्रजातन्त्र स्वयम् भ्रष्टाचारी रहेछ किन भने भ्रष्टाचारीकै घरमा गई लुकि दिन्छ । त्यसबाट धेरै व्यक्तिहरुले कुरा नबुझेर प्रजातन्त्रलाई संरक्षण नगरेर प्रजातन्त्र नै भ्रष्टाचारी भनेर अपमान गरिराखेका छन् । त्यसकारणले पनि भ्रष्टाचारसँग मितेरी लगाउने नेताहरुलाई कठोर दण्ड दिनुपर्छ । प्रजातन्त्रको याद आउँछ एक दिन पृथ्वीनारायण शाहका छोरा बहादुर शाह नदीमा साथीहरु सितै फागुनको अन्त अन्त तर्फ नुहाउन गएका बेला गोर्खाकै नदीबाट दरबारमै काम गर्ने एक व्यक्ति र अन्य साथीहरु समेत गरेर घर फर्कदा बाटोमा उखुबारी देखेछ त्यो उखुबारीमा गई उखी खाने मन लागी घरधनी सित हसिया मागी साथीहरुको लागि समेत एउटा एउटा उखु काटेर खुवाएछन्, उनीहरुसितै दरबारसँगै काम गर्ने कर्मचारी पनि भएकाले युवराजसित केही रोकटोक गर्न सकेन । जव राजा पृथ्वीनारायण शाह सित भेट भयो अनि उखुवाला कर्मचारीले राजासित विन्ति गर्यो सरकार महाशिवरात्री नजिकै आईरहेको थियो उखुहरु विक्रि गरेर केही घरेलु सामान खरिद गरौंला भनेर जोगाईराखेको उखुबारी सोध्दै नसोधी युवराजले उखु काटेर साथीहरुलाई खुवाई दियो र मलाई पनि दियो मैले पनि खाए । तर घरपरिवार म सित रिसाई
राखेका छन्, भन्ने उजुरी दावी गरेपछि पृथ्वीनारायण शाहले आफ्ना छोरालाई बोलाएर त्यो बृतान्त सुनाएर भन्नुभयो कि “तिमी राजाको छोरा तिमीलाई कसले के गर्न सक्छ तिमीले साध्दै नसोधेर किन उखु काटेर खायौं भन्ने प्रश्नको जवाफमा युवराजले भन्नुभयो ज्यादै भोक लागेको थियो उखुवाला व्यक्ति हाम्रै कर्मचारी भएकाले मैले नसोधेरै काटेर खुवाएको हुँव भनेपछि उनलाई यस्तो काम कहिल्यै नगर्नु र आजको अन्यायको लागि तिमीलाई त्यो कोठामा दुई दिनसम्म बदी बनाएर राखिन्छ, जाउँ भनि एक कोठामा दुई दिनसम्म बन्दी जीवन विताउन लगाएका थियो, त्यो थियो प्रजातन्त्रिय संस्कार । आजका बाबुले छोराले जति कमाएर जति लुटेर ल्याएपनि खुसी रहनुपर्ने अवस्था सिर्जना भएको छ । जति भ्रष्टाचार गरेर कमाए पनि कुनै आपत्ति छैन्, हामी तुलना गरौं उहिले र आज ।







