महाकाली अस्पतालमा आत्याधुनिक एम्बुलेन्स सेवा सञ्चालनमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २३ कात्तिक
महाकाली अञ्चल अस्पतालले आत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । विहिबार कञ्चनपुर क्षेत्र नं. ३ (ख)का सभासद मानबहादुर सुनार, अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर), का.मु.प्रमुख जिल्ला अधिकारी सुशिल वैध, मे.सु हरी श्रेष्ठले विधिवध रुपमा उद्दघाटन गरी सञ्चालनमा ल्याउनमा ल्याएका छन् ।
पहिले पहाडी जिल्लामा मात्रै भनेको थियो तर यहाँ स्थानीय जनताको आवश्यकता र आफुहरुले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न पहाडी जिल्लाबाट कटाएर आफुहरुले यहाँ ल्याएको सभासद सुनारले बताए । यस क्षेत्रको विकासको लागि सबैले मिलेर हातेमालो गरे कुनै पनि कार्य असम्भ नरहेको बताए ।
त्यसैगरी पटक पटकको प्रयासपछि महाकाली अञ्चल अस्पतालमा अत्याधुनिक एम्बुलेन्स ल्याउन सफल भएको साथै केही दिनमै डाक्टरहरु पनि आउन लागेको र त्यसका लागि कुरा चलिरहेको अध्यक्ष कृष्ण दत्त जोशीले बताए । आईसियु सञ्चालनको लागि पनि लागिरहेको
र छिट्टै महाकाली अञ्चल अस्पताल सुविधा सम्पन्न हुनुको साथै विरामीहरुले यही राम्रो उपचार पाउने उनले बताए । त्यसका लागि सबैले इमान्दारीका साथ आ–आफनो जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिनु भयो । यही २४ गते सिकलससेल्सको पनि ट्रेनिङ्ग हुने त्यस पश्चात सिकवलसेल्सका विरामीको यही उपचार हुने कुरा पनि अध्यक्ष जोशीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई वितरण गरेको आधुनिक एम्बुलेन्स सरकारले वितरण गरेको एम्बुलेन्स साधारण भन्दा फरक रहेकाले एम्बुलेन्स चालकलाई बिहीबारदेखि तालिमको लागि धनगढी पठाइएको छ ।
चालक र स्वास्थ्यकर्मीलाई तालिम दिएपछि मात्रै एम्बुलेन्स सञ्चालनमा आउने छ । एम्बुलेन्समा अक्सिजन सिलिण्डर, निबुलाइजर लगायतका उपकरण जडान रहेको छ । ‘बी’ प्रकारको आधुनिक एम्बुलेन्समा २२ प्रकारको औषधिसहित उपकरण जडान रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *