वाणिज्य विकास (८)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको
लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)

पाचौ योजनामा छाला रु ४९.६७ करोड, गलैचा रु १६.२३ करोड, तयारी पोशाक रु २.८१ करोडको निकासी भएकोले छैटौ योजना अबधिमा क्रमशः ७२.४२ करोड, ८०.२० करोड, र ५२.८२ पुग्न गई एउटा नयाँ कीर्तिमान स्थापित भएको देखिन्छ ।
छैटौ योजना अबधिमा कुल पैठारी रु २९९२.८९ करोड बराबर भएको थियो जुन पाचौ योजना अबधिको तुलनामा १२९.७४ प्रतिशतले बढी छ । पैठारीको प्रबृतिलाई दृष्टिगत गर्दा यस योजनाकालको पहिलो वर्षदेखि नै पाँचौ योजनाकालको तुलनामा बृद्धि भएको देखिन्छ । पाचौ योजनाकालको अन्तिम वर्ष २०३६।३७ मा देशको कुल पैठारी रु ३५३.२० करोड बराबर भएकोमा छैटौयोजनाको अन्तिम वर्ष रु ७७४.२१ करोड बराबर हुन गएबाट ११९.२ प्रतिशतले बृद्धि भएको देखिन्छ । पैठारीको देशगत संरचना केलाउदा यस योजनाकालमा भारतबाट कुल रु १३९१.३५ करोड बराबरको पैठारी भएको देखिन्छ । जुन योजनाको तुलनामा झनडै दोब्बर हुन आउछ र यो कुल पैठारीको ४६.५ प्रतिशत हो । योजनाकालको पाचै वर्ष भारतबाट हुने पैठारीमा बृद्धि भएर गएको थियो ।
भारततर्फबाट हुने पैठारीको औसत वार्षिक दर १६.६९ प्रतिशत देखिन्छ ।
यस योजनाकालमा समुद्रकालमा समुद्रपारतर्फबाट भएको पैठारी रु १६०१.५४ करोड बराबर भएको देखिन्छ जो कुल पैठारीको ५३.५ प्रतिशत हुन आउछ । पाचौ योजनाकालमा नेपालको पैठारी व्यापार समुद्रपारमा भन्दा भारतमा बढी भएकोमा छैटौ योजना अबधिमा आएर पैठार भारतभन्दा समुद्रपारतर्फबाट हुन पुगेको देखिन्छ । योजनाकालमा समुद्रपारसंगको बढ्दो व्यापार घाटालाई काम गर्न समुद्रपारतर्फबाट हुने पैठारीमा नियन्त्रण गरिएको कारणले पैठारीतर्फ केही अनुकुल प्रभाव परेको देखिन्छ तापनि योजनाकालमा भएको कुुल पैठारीले देशले अझै पनि समुद्रपारबाट देशको अर्थतन्त्रलाई पर्ने नकरात्मक प्रभाव कम गर्नमा निकासी बृद्धि लगायत अन्य प्रयासहरु गर्नुपर्ने देखिन आएको थियो ।
पैठारीको बस्तुगत संरचनाको विश्लेषण गर्दा खाद्य तथा कच्चा पदार्थको पैठारी यस योजना अबधिमा कुल रु ९०१.१५ करोड बराबर भएको देखिन्छ जुन कुल पैठारीको २९.७८ प्रतिशत हुन आउँदछ । पाचौ योजनाकालमा यस्ता बस्तुहरुको पैठारी २६.५७ प्रतिशत रहेको पृष्ठभुमिमा छैटौ योजनाको ५ वर्षको अबधिमा करिब ३ प्रतिशतले बृद्धि हुनु कुनै खास कुरा होइृन बरु यसबाट खाद्य तथा कच्चा पदार्थको आपुर्तीमा देश क्रमशः आत्मनिर्भर हुदै गएको सकरात्मक संकेत मिल्दछ । योजनाकालमा तयारी औद्योगिक बस्तुहरुको कुल पैठारी रु २१२४.४७ करोड बराबर भएको देखिन्छ जुन कुल पैठारीको ७०.२२ प्रतिशत हुन आउछ । पाचौ योजनाकालमा यी बस्तुहरुको पैठारी रु ९३७.१८ करोड बराबरको रहेकोमा छैटौ योजनामा झण्डै २.५ गुना बढ्न गएको देखिएबाट देशमा बढ्दै गएको औद्योगिकीकरणका गतिविधिबाट यस्ता बस्तुहरुको मागमा बृद्धि हुदै गईरहेको देखिन्छ ।
पैठारी व्यापारको बस्तुगत विवेचनाबाट खाद्य तथा जैबिक पदार्थ, सुर्ती तथा पेय पदार्थ, अखाद्य कच्चा पदार्थ, खनिज तेल र लुब्रिकेन्ट, ३यु बनस्पति तेल, तथा औद्योगिक समानहरुमभ्ये सबभन्दा उल्ल्ेखनीइ अंश औद्योगिक समानहरुको रहेको देखिएबाट देशमा बढ्दो औद्योगिक गतिबिभिको संकेत मिल्दछ । यी औद्योगिक बस्तुहरुको पैठारी आ.व. २०३६।०३७ मा रु २४९.४६ करोड बराबरको रहेकोमा योजनाको अन्तिम वर्ष २०४१।०४२ मा ४६१ करोड पुगेको देखिन्छ । यस वर्ष खाद्य तथा कच्चा वदार्थको पैठारी रु १८०.४१ करोड रहेको रहेको तुलनामा औद्योगिक बस्तुहरुको पैठारीको अंश झण्डै २.५ गुणा बढी हुन आउँदछ ।
यस योजनाकालमा कुल बैदेशिक व्यापारघाटा रु २१२५.२३ करोड पुग्न गएको देखिन्छ जुन पाचौ योजनाको तुलनामा १९८.५ प्रतिशतले बढी हुन
आउछ । भारतसंगको व्यापारघाटामा रु ८३२.१३ करोड बराबर रहेको थियो भने समुद्रपारका मुलुकपारका मुलुकहरुसंगको व्यापार घाटा रु १२९३.१० करोड
बराबर रहेको देखिन्छ ।
यस योजनाकालमा निकासी व्यापारतर्फको लक्ष्यलाई हासिल गर्न सकिए तापनि पैठारीमा निकै बृद्धि भएको थियो । देशको व्यापार स्थितीमा आवश्यक सुधार ल्याउन यस योजना अबधिमा नयाँ वाणिज्य नीति लागु गर्नुका सार्थ नौ सुत्रिय निकासी प्रवद्र्धन कार्यक्रमलाई कार्यान्वयनमा ल्याईयो । यस अन्तर्गत छालाको निकासीमा आर्थिक अनुदान दिने, पुर्व निकासी क्रण दिने, आर्जन गरेको विदेशी मुद्राको केही अंश निकासीकर्तालार्य नै उपलब्ध गराउने, बैकिंङ व्यवस्थापनमा सुधार गर्ने र कतिपय प्रशासनीय, वित्तिय तथा मौद्रिक व्यवस्थामा सुधार एवं सरलीकरण गर्ने जस्ता पाईलाहरु उटाईएको कारणले योजनाकालको अन्तिम वर्ष तर सकारात्मक उपलब्धी हासिल हुन सकेको देखिन्छ । यस योजनाकालमा निकासी व्यापारलाई देशको अर्थतन्त्रमा सकारात्तमक योगदान दिन सक्ने गरी विपरित गर्न एउटा उच्चस्तरीय निकासी विकास परिषदको गठन गर्ने जस्तो महत्वपुर्ण कार्य सम्पन्न हुनुका साथै परिवहन व्यवस्था सक्षम, सररल र सस्तो गर्ने उपायहरु अंगाल्दै लैजानेतर्फ पनि अन्तर मन्त्रालय ससमन्वय ल्याउन एउटा समिती गठन गरियो । आन्तरिक आवश्यकताहरुको नियमित आपुतीर्ए तथा सुव्यवस्थित वितरण प्रणलीको विकास गर्न एउटा आपुर्ती योजना तयारी गरी कार्यान्वयन गरियो ।
देशमा मौजुदा संस्थागत व्यवस्थाहरुमध्ये यस योजनाकमालमा व्यापार प्रवद्र्धन केन्द्रले गलैचा, अलैची, सुर्ती, सारयुक्त तेल, सल्मेन्ट आयल, तयारी पोशाक तथा हस्तकलाका सामानहरुको सुनियोचित रुपले निकासी अभिबउद्धि गर्नका लागि विस्तृत अध्ययन गरी यी बस्तुहरको निकासी योजना तर्जुमा गर्नुका साथै समुद्रपारको देशहरुमा नेपाली बस्तुहरुको निकासी स्थितीको मुल्यांकन गर्ने कार्य गरेको थियो । यस बाहेक कतिपय अन्तराष्ट्रिय मेला, प्रदर्शनीयहरुमा निजी निकासीकर्ताहरुलाई सहभागी बनाएर विस्तार गर्नमा योगदान पुर्याईएको थियो । (क्रमशः)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *