लिपुधुरामा प्वाल पारी कागडाको किल्ला कब्जा गर्नेहरु सत्तामा छन तर लिपुलेक छैन भन्छ








हामीलाई २०५१/५२ को झझल्को आउँछ सामन्ती विस्तारवादी भारतको विरुद्धमा हामी लडी गुमेको क्षेत्र समेत समेटी विशाल राष्ट्र गणतन्त्र नेपालको स्थापना गर्नेछौं भनि सशस्त्र गृहयुद्ध नेपालमा चल्यो तर कुरा अर्कै रहेछ न्वईडामा राजधानी स्थापना परी नेपाल चलाई रहेकाहरु नेतृत्ववादीहरु त केवल
भारतको विरोध गरेर नेपालका मत समर्थन बटुल्ने मात्र रहेछन् तर आज देशभरी व्यापक विरोध जस्तो भएको छ । त्यो विरोध नाम मात्र भारतको हो केवल नेपालीहरु नेपालकै विरोध गरिरहेका छन् । लिपुलेकमा भारतीय झण्डा गाड्न दिने सहमती भएजस्तो लागेको छ लिपुलेक आज भारतले आफ्नो नक्सामा राख्यो भनेर सरकारले नक्कली विरोध देशभर चलाई रहे पनि केका लागि, के गरु के बोलु के नगरु भन्ने दोधारमा फस्न गएको छ । त्यो कालापानी र लिपुलेक कहाँ छ नेपाली शासक र नापी विभागले देखेकै छैन । २०१९ सालतर्फ भारतीय सर्वे टोलीले नेपालको नापनक्सा गरी दिएको हो तर सिमानाको हकमा अंग्रेजलाई थाहा छ किन भने अंग्रेजको सिमाना लिपुलेक पनि थियो आन्तरिक नक्सा गाउँ ठाउँका नामहरु लेखिएको नक्सा त ०१९ देखि पछि लेखिए कतै त अझै छैन । १९५० को नेपाल भारतको मैत्री सन्धीको धारा ८ ले त्यो भन्दा पहिले गरिएका सबै सन्धी खारेज भएकोले सुगौली सन्धी पनि खारेज हुँदा अंग्रेजले जितेको क्षेत्र स्वतः खारेज भयो र नेपाललाई फिर्ता दिनुपर्ने भयो जव नेपालले शक्ति पाउँदा झमेला उठाउन सक्छ भनि त्यसलाई खारेज गर्ने खेल भारतबाट खेलियो साकार पार्यो गिरिजा बाबु र बाँकी एमाले राप्रपा सभासदहरुले । स््राोत अनुभूति र अभिव्यक्ति पुस्तकको पाना २४९ मा प्रष्ट पारिएको छ । लेखक नेपाल सरकारका मुख्य सचिव पदमा बसी सकेका हुन ।







