नेपाल भारत सम्बन्ध सुमधुर हुनुपर्दछ, सम्बन्ध विगार्न पाईदैन








नेपाल र भारत दुवै देशहरुले मुर्ख गाउँलेको वडा भिडा सारेझै गर्नु हुदैन । भारत पनि विशाल र विश्वको नजरमा विकसित राष्ट्र हो । नेपाल आकारमा सानो भए पनि विश्व प्रसिद्ध गौरवशाली जन्मजात स्वतन्त्र राष्ट्र हो । दुवै देशका जनताको ज्यादै अतुलनीय सम्बन्ध व्रिटिस सरकारका पालादेखि नै रही आएको छ । आज व्रिटिसले छोडेर गएपछिको क्षेत्र भारत हो नेपाल पुरानै हो तर नयाँ नेताहरु मात्र नयाँ नेपालको नाम जोडी रहेका छन् ।
सकेसम्म जनस्तरबाट विग्रेको सम्बन्ध भएमा त्यो सुधार्ने काम सरकारको हो, राजनीतिक लाभ लिन भारत सित दोस्ती गर्ने पछि भारतको विरोध गर्नु जायज होइन, आज सरकारले मौन बसेर विद्यार्थी आन्दोलनलाई हेरेर चित्त बुझाउने ठाउँ छैन । यदि भारतले नेपालको भूमि हडपेको छ भने नेपालको राजनीतिमा विद्यार्थीद्वारा ढुंगामुडा गराएझै गरेर केही हुनेवाल छैन आफ्नै राष्ट्रलाई घाटा आउँछ, जसरी २ जना नेपाली बीच झगडा हुँदा अदालतले न्याय गर्दछ र फैसलालाई कार्यान्वयन गर्छ, सरकारले पनि त्यस्तै गर्नु पर्यो सक्यो र मान्यो भने मिलापत्र गरौं सकिदैन भने दुवै देशलाई मान्य हुने अदालतमा सरकारले मुद्दा हालौ जहाँ दुई देशको अदालत छ उसले जे फैसला गर्यो त्यो पनि संयुक्त राष्ट्र संघले कार्यान्वयन गरिदिनु पर्छ ।
आजको यथार्थ आफ्नो भलाई हुने ठाउँमा भारतको निर्देशनमा बस्न चाहनु अन्यथा विरोध गर्नु नैतिक पतन भएकाहरुको लागि मात्र हो । दिल्लीकै सहयोगले सिंहदरबारभित्र पस्नेहरु जो सुकै भएपनि अन्तमा दिल्लीको विरोध किन गर्छन । नेपाल प्रतिको भावना कुन राजनेताको कस्तो छ भनेर भारतीय नेताहरुलाई नेपाली नेताहरु किन चिन्न सक्दैनन् । नेपालको हितको लागि छिमेकी राष्ट्रहरुका प्रमुख नेताहरुलाई हाम्रा विशिष्ट नेताहरुले चिन्नुपर्ने बाध्यता छ । तर चिन्न खोज्दैनन् । आज हिन्दुहरुको लागि विश्वभरीका हिन्दुहरु लागि परेका छन् । र हामी नेपालीहरु पनि भारतमा रहेका हिन्दु मन्दिरहरुमा आउने जाने गर्दछौं, धार्मिक तथा पर्यटकीय यात्रालाई सुगम र सुलभ होस् भनेर ब्रिटिस सरकारको पालादेखि भारतका विभिन्न प्रमुख मन्दिरहरुमा नेपाल सरकारले लाल महरिया पण्डा राखेका छन् र आजसम्म रहेकै छन् । उनीहरुलाई नेपाल सरकारले नेपालनी तिर्थयात्रीहरुको हकहित गर्नु पुजाआजा तथा अन्य दर्शनमा सुलभ गराईदिनु भनेर नेपाली पण्डा राखेका हुन् । उनीहरुले पनि नेपालीहरुको हितको काम गरेका छन् । ८५ प्रतिशत भन्दा बढी रहेका नेपाली हिन्दुहरुका प्रमुख तिर्थस्थलहरु पनि भारतीय स्थलमा र विश्वभरीका हिन्दुहरुको पवित्र स्थल काठमाडौंमा रहेकोले विश्वभरीका हिन्दुहरु गौरवान्वित भएका छन् । आज त झन अयोध्यामा रहेको राम मन्दिरलाई पुनःनिर्माण गर्ने भनेर भारतीय अदालतले गरेको फैसलाको स्वागत विश्वभरीका हिन्दुहरुले गरिराखेका छन् । यो खुसीको कुरा हो जव हाम्रा आमाबुवा भाईभतिजाहरुको मृत्यु हुन्छ, दाहसंस्कारपछि अस्तुहरु लगेर भारतका तीर्थस्थल हरिद्वार, प्रयागराज लगायतका विभिन्न ठाउँहरुमा अस्तक्षेपन गर्ने परम्परा अझै जिवित रहेको छ । जन्मेदेखि मरणोपरान्तसम्म हाम्रो सम्बन्ध भारत सित र भारतको सम्बन्ध नेपाल सित रही आएकोले यो सम्बन्ध हमेसा अटुट हुनुपर्छ भन्ने हाम्रो राय छ ।







