हाम्रा आउँदा दिनहरु








-थानेश्वर प्रसाद भट्ट (वरिष्ठ अधिवक्ता, महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त)
कथित ज्योतिषीहरु, विश्लेषकहरु नेपालमा यो तिथि मितिमा यसो र उसो हुन्छ भनि नाना किसममा टिप्पणीहरु सामाजिक सञ्जाल, दूर दर्शन, रेडियोबाट निरन्तर सुन्न र अखबारहरुमा पढ्न पाइन्छ तर कुनै भविष्य वक्ताले बताउनु नै पर्दैन, ऐनमा छर्लङ्ग देखिएका तस्वीर आफै बोली रहेका छन् । तथ्याङ्कले ७०/८० लाख नेपाली रोजगारीका लागि विदेशिएका र यो क्रम निरन्तर बढ्दो छ भनि रहे पनि बास्तवमा सही आकँणा बताउन संभव नै छैन, झण्डै देशको आधा भन्दा बढी जनसंख्या विदेखिएको छ । मौका पाउनसाथ विश्वका साना ठूला देशहरुमा यस देशबाट पलायन हुने मनस्थितिमा किन पुगेका भन्ने यक्ष प्रश्नको जवाफ कठिन छैन । जन्मेको ठाउँ प्रिय हुन्छ भन्ने शब्दावली झुठा सावित भएको छ । यसको ज्वलन्त उदाहरणका लागि जन्मेको थाकथलो छोड्दै बसाई सराईको क्रम निरन्तर तिब्रतम रुपमा बृद्धि भईरहेको छ । तराई छिर्नै प्रवल मोह यति व्यापक छ कि थोरै धुर जग्गा भए पनि नभए पनि डेरा कटेरो खोजेर पनि पहाड छोड्ने चाहना रोकिएको देखिदैन । पहाडको स्वच्छ हावापानी स्वास्थ्यका लागि लाभदायक छ त्यसको ठीक विपरित तराईमा गर्मी अनेक कठिनाई भएर पनि बसाई सराईको मोह किन यति बढेको होला ? बाच्नका लागि हावापानीले मात्र त पुग्दैन । सहज रुपमा भोजन स्वास्थ्य सुविधा पनि आवश्यक पर्छ । बाच्चाहरुको पठन पाठनका लागि सहजता हुने अपेक्षा नै मूलमा रहेको होला, तराईबाट जाने अन्न रोकिए भोकमरी हुने यथार्थ नकार्न सकिदैन । मजदुरी गरेर पनि ढुवानी बचत र सस्तो शुल्क रासनको अभिलाषा हामी सर्वसाधारणको मानसिकता स्वाभाविक हो । त्यसैले जन्मेको ठाउँ प्यारो हुन्छ भन्नु व्यर्थ लाग्दछ । यस्ता विचार अचानक मनमा किन आए पनि स्वयलाई प्रश्न गरे, दुई छोराहरु सपरिवार दुईटा गाडी रिजर्भ गरी हिजो नै जात्राका लागि बैतडी गए उनीहरुको जन्मस्थल पनि त्यहाँ होइन निकै आग्रह गरे पनि मलाई पटक्कै अभिरुचि भएन, हाम्रा लगभग सबै सजातिय जात्रामा गएका छन तर मलाई कुनै उत्साह रहेन, जवाफ म जन्मेको स्थान त बैतडीको मुटुमा रहेको दशरथचन्द नगरपालिका नै हो
सदरमुकाम पुग्न ३÷४ कि.मि. मात्र छ अतितका अभाव यन्त्रणबाट मन उदास भएको स्मृतिलाई प्रत्यक्ष पुनरावृत्ति भएको हेर्न कठिन भयो, साना साना विद्यार्थीहरु स्कुले पोशाकमा नै मजदुरी गरी कापी कलम किन्ने चाहनाले भारत पसेका समाचार नयाँ छैनन् । सयौंको जमातमा मजदुरी गर्न भारत पस्नेहरुको लर्को सहजै देखिन्छ । त्यस्तै खाडी मुलुकहरुमा दाशत्वको जीवन नारकयि भए पनि दिनहुँ लाशहरु आई रहे पनि बाच्नकै लागि विदेशिने क्रम जारी छ, कतिपय पुर्व सांसद, सदस्य भएकाहरु समेत विदेश खाडीमा नौकरीमा छन भन्दा आश्चर्य लाग्दैन, त्यसैबाट आएको रेमिटान्समा कमी आउनासाथ देशको अर्थ व्यवस्था डावाडोल हुन्छ, विडम्बना यो छ कि त्यसरी समेत संकलित राजश्व देश भित्र कै लुटेराहरुले अरबौंको भ्रष्टाचार
गरी विदेशी बैंकहरुमा थुपारेका छन । त्यस्ता रकम नेपाल फर्काउन सके १० वर्ष सम्म बजेट प्रयाप्त होला भनि कतिपय विश्लेषक बताउने गर्दछन् । सत्तामा बस्नेहरुका विलाशी जीवनशैली ऐश्वर्यमय जीवन, पुस्तौ पुग्ने गरी अर्थ संकलन गरेको प्रत्यक्ष देख्दा हामी मध्यगुगिन समयमा छौ भन्ने अनुभूति भई रहन्छ । हास्यास्पद यो छ कि सत्ताधारीहरुले त्यसो गर्नु विनाशक हो टाईसुटमा ठाटिएको जीवनशैली खतराको संकेत भनि बारम्बार भाषण गर्ने प्राणीहरुका त्यति महंगा सूट निरन्तर फेरिने महंगा टाइ राष्ट्रिय पोशाक भाषा धर्मप्रति घृणा सहजै देखि रहन्छौं, विचरा राणाजीहरुलाई मात्र किन सत्तोश्राप गर्ने यी महाराणाहरुले कंगाल बनाएको त एकले अर्कालाई दोषारोपण गर्दै पोल खुली रहेका छन् । कृष्ण बहादुर महरा त प्रतिनिधि पात्र मात्र हुन । लगभग अधिकांशको जीवनचर्या नैतिकता र राष्ट्रभक्ति इमान्दारी तथा माथि सर्वसाधारणको कुनै भरोसा रहेको छैन ।
सुखी नेपाली समृद्ध नारा सार्थक आएको छ तर हामी सर्वसाधारणका लागि होइन जसले मौका पायो उसका लागि चरीतार्थ भएको छ । वीर अस्पतालको भी.भी.आई.पी. स्वास्थ्य केन्द्र बताउनुकुलीत झण्डै ३० वर्ष देखि भी.आई.पी. रोगीहरुको प्रतिक्षामा छ तर १ जना पनि बस्न गएनन् । सबलाई विदेशी अस्पताल राष्ट्रिय ढुकुटी सखाप पार्दै आफन्त सहित शयर गर्ने समाचार सुन्नमा आई रहन्छन् देशको कार्यकारी प्रमुख स्वयम् विरामी रहेको मुख साविति सुन्यौं त्यस्तै हरेक दलहरुमा घात प्रतिघात षडयन्त्र कसले कति लुट्न सक्छ भन्ने होडबाजी यी ब्वासाँ कथित राजनीतिज्ञहरुका दानवीय कुकृत्यहरु क्रमशःखुल्दै गएका छन । नयाँ नेपालको यो नै सर्वाधिक ठूलो उपलब्धि हो । त्यसमा पनि राजनैतिक कारण देखाएर दोषमुक्त हुने र शीर्षहरु माथि कार्वाही नै गर्न नमिल्ने गरी राज्य व्यवस्थाका प्रत्येक अंगहरुमा भीषण राजनीति र भ्रष्टाचारको पर्याय बन्ने गरि वर्ग विभाजन भई सकेको छ ।
हामी कुनै राजनीति भन्ने धमीराको पुच्छर समात्न नचाहने नसक्नेहरुका लागि जननि जन्मभूमि त मरुस्थलमा रुपान्तरित भई सकेकोले हाम्रा आउँदा दिनहरु आँधी आउनु पुर्वका संकेत देखाई रहेका छन् ।







