अब देश शक्तिहीन तर्फ दगुर्दैछ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी (भानुस्वर्णपदक प्राप्त)
दौडमा धेरै दगुर्ने अन्तमा थाक्छ र पछि पर्छ खरायो र कछुवाको कथा २÷३ कक्षामा पढ्न पाएको थिए दौडमा खरायोले हार्यो कछुवा अगाडी पुगेर जित्यो । देशले छिटो दगुर्नु भन्दा सफलता हासिल गर्नु राम्रो हो । विश्वमा जे भएको छ त्यसबाट नेपाल अलग
रहन सक्दैन भन्ने कुरा पनि सत्य रहेछ । राजा विरेन्द्रले एक पटक इन्डीपेन्डेन्ट भन्ने अ्रग्रेजी पत्रिकालाई अन्तरवार्ता दिएका थिए । मलाई नसोधेरै किन अन्तरवार्ता दियौं भनेर गिरिजाबाबुको सरकार त नभनौं गिरिजाले राजा विरेन्द्रलाई सार्वजनिक रुपमा हकारेका थिए । राजाले २४ प्रश्न सरकारलाई पनि सोधेको जस्तो देखेको थिए पहिलो प्रश्न थियो देशमा माओवादी समस्या हो कि होइन र अन्तमा भनेका थिए विश्व परिवर्तनशील छ आज विश्वमा जे भै रहेको छ त्यसबाट नेपाल पनि अछुतो रहन सक्नेछैन जे भए पनि नेपाली जनता एकताका साथ नेपाली माथि परि आउने स्थितिको सामना गर्ने छन्, भन्ने विश्वास लिएको छु भनेका थिए अन्तमा सर्वप्रथम राजा विरेन्द्रर्कै वंश नाश हुनेगरी हत्या भयो विभिन्न विदेशी विद्वानहरुले त्यसबारे पुस्तक लेखेका छन् केही कुराहरु खुलेका छन् भनेर सुन्नमा आएका थिए । जे होस् विश्व षडयन्त्र राजालाई थाहा रहेछ तर आफ्नो सुरक्षामा विश्वास गर्ने राजाले गद्दारहरुबाट धोका पाए मर्नु त सबैले छ उनी एक पटक मरे तर हाम्रा नेताहरु हजार पटक मरी रहेका छन् मर्दैछन्, देश र जनता वास्तवमा आतंकित छन् जताततै गद्दारी भैरहेको छ सभामुखको व्यइजती हुनु नेपालको व्यईजती हो कुरा सुन्दा अचम्म लाग्छ २ जना बीचको सहमतिमा निजी घर भित्र भएका कुकर्महरु सार्वजनिक गर्नु र पछि होइन पनि भन्नु देशको जनताको प्रमुख प्रतिनिधिले यस्तो यौन काण्डमा जेल जानु देशको अवश्य बदनामी हो । त्यस कारण यस्ता कुरामा मात्र हैन कि देशका प्रमुख व्यक्ति स्वयम्ले राष्ट्रको लागी धेरै सोच्न सक्नुपर्ने बाध्यता पनि रहेको छ ।
पादरी शैलीमा यौनदुराचार भोग्नु भोगाउनु अवश्य पनि जायज होइन । सबैलाई थाहा भएकै कुरा हो । यौवन अवस्थामा अवश्य पनि जानी नजानी यस्ता अपराध हुन सक्छन् त्यसको पनि सिमा हुन्छ सिमा भित्र बाधिएर मात्र सृष्टिको संरक्षण भएको छ अझै पनि मनुस्मृति ग्रन्थबाट पनि ज्ञान लिन सकिन्छ । यौटा देशले राष्ट्र प्रमुखको सुरक्षा गर्न सक्दैन भने त्यो के देश यदि राष्ट्र प्रमुखले जघन्य अपराध गरेको भए बरु फासी दिनु वेश हो घर भित्र बसेको बेलामा परिवार सखाप पारेको देख्दा सबै भन्दा बढी दुःख सैनिक पदाधिकारी प्रधानसेनापतिलाई भएको होला किनभने यौटा राष्ट्र प्रमुखलाई बचाउनबाट बन्चित रहे । हुन त राजा स्वयम्ले भनेका थिए देशमा माओवादी समस्या हो कि होइन भनेझै त्यो घटना पनि समस्या थियो या थिएन जे सुकै भए पनि त्यसबेलाका सेना प्रमुखलाई सबै कुरा थाहा हुनै पर्दछ ।
आजसम्म राष्ट्रका उद्योगहरु सखाप पारी निजीकरणको नाममा नेपालका उद्योग नेपाली बैंकबाट ऋण दिएर विक्रि गरी आज बन्द गरिएका छन् । दुःख लाग्छ गैडाकोट कागज कारखाना, बुटवल धागो कारखाना माथि आक्रमण भएको सबैभन्दा बढी खटकिएको छ । देशलाई जनता सित सोझै सम्पर्क र आयमुलक उद्योग हुन कपास खेतीबाट र गहुँको भुसा घास आदि जनताले विक्रि गरी धन आर्जन गर्ने थिए ।
अव देश शक्तिहिन तर्फ किन गयो भने यो मुलुकका विद्वान युवाहरु विदेश गई सके फर्कने ग्यारेन्टी छैन सुविधा सम्पन्न देशमा पुगेका र उचित पारिश्रमिक पाई रहेका युवाहरु तल झर्न चाहदैनन् । देशमा २ थरी हुन्छन् यौटा श्रमिक पक्ष अर्को सेवा पक्ष । सेवा पक्ष नेताहरु हुन उनले आफ्नो सेवा विर्से भने देश शक्तिहिन हुनेछ । माओवादीको उत्पत्ति नेपालमा हुँदा को जस्तो जोस र आजको निरासले के संकेत गरिरहेको छ जनता स्वयम्ले बुझ्ने कुरा हो ।
आज जनता, युवा सबै भ्रमित भएका छन्, यो देशमा केवल बस्न बाध्य भएका र देश प्रेमी वा शक्तिहिन तथा राजनीतिक पार्टीका कार्यकर्ता मात्र रहेकाले देशले उज्यालो तर्फ जान नसकि अध्यारो तर्फ गईरहेको छ । वैदेशिक लगानी र वैदेशिक ऋणको हिसाव जनतालाई सरकारले सार्वजनिक गर्न सकेको छैन र जनता पनि भ्रममा छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *