भूमिहिन हुनेको दुःखद कथा छ -सुकुम्बासीको भिन्नै कहानी छ








समय बलवान छ समयले सबैलाई सघाउँछ र सघाँउदैन पनि उल्टा गर्दछ । देख्दा देख्दै बाझो धर्ति भरिन लागेको छ । यो प्रकृतिको लिला हो । ७० वर्ष मा ३/४ गुणाले फरक आई सक्यो त्यसबेला सम्म देश करिव करिव आधुनिकता तर्फ गएको नभएपनि आत्म निर्भर भने भै सकेको थियो । फलाम, तामा, कृषि औजार र भाडावर्तन अन्न पातमा पुर्ण आत्मनिर्भर स्वाबलम्बी भैसकेको थियो । छिमेकी राष्ट्र बृटिस सित सहकार्य गरेको भए उन्नतितर्फ जाने थियो वा नेपाल गुम्ने थियो त्यो भने भन्न सकिदैन तर राज संस्था जिवित राखी राजाहरुलाई दरबाररुपी सुनको पिजडामा राखी मस्ती लियो जहानीय सरकारले । कही जान परेमा राणा सरकारको आदेश बेगर जान आउनमा रोक लगायो । त्यही सिष्टम २०५८ सम्म रह्यो बीचमा राजा महेन्द्रले मात्र निर्धक्क आउन जान र बोल्न पाउथे राजा ज्ञानेन्द्र शाहले त झन बोल्न नै पाउदैनथे । परिवारसँग समेत भोज भतेर किन गर्छन भन्ने प्रश्न पटक पटक आई रहन्छ।
जनता र राजाका दुःख हेर्दा समान थिए, नेपालमा राजा भन्दा जनता स्वतन्त्र थिए राजाहरु नेपालका बन्दी जस्तै रहे गणराज्यहरु थिए रुपरंग व्यवस्था अर्कै थियो ।
अव भूमिहिनतर्फ जाऔं त्यस वखत ब्राहमणले खेती गर्दैनथे गाउँघरमा गएर पौराणिक ज्ञान दिने संस्कार गराई दिने त्यस वापत नगद रकम लुगा कपडा गाई बस्तु दान दिने गर्दथे खान अन्न गोरु भए त्यस बखतको लागी बाहुनहरुको संख्या पनि थोरै त्यसमा पनि भाई बन्धुलाई कुनै बहना बाजी गरी खटकेलामा रुपान्तरण गराई दिने काम हुन्थ्यो । पछि खटकेलाहरु जग्गा आवाद गरि आफ्नो रोजी रोटी भोजनमा तल्लिन रहन्थे । पुर्ण रुपले सुकुम्बासी हुन भनि पाएन । त्यस्तै जव जातिको कुरा छ थारुहरुको जमिन तराईमा जति पनि बनाउथे, सय दुई सय विगाहा आवाद गरि त्यसैमा उब्जाएको अन्नबाट घर परिवार चलाउने गर्दथे । थोरै थारुहरुको ८०/९० जनाको सामुहिक परिवार पनि हुन्थ्यो, जसलाई आज हामी समाजवाद भन्छौं । समाजवादको उदय त परापुर्वकालदेखि भईसकेको रहेछ । हामीले देख्दादेख्दै पुरा गाउँलेहरु मिलेर सँगै धान रोपाई गर्दथे । जव मनुष्य स्वार्थी र अपराधी बन्न पुग्यो त्यो समाजवादलाई छोडेर एकलवादमा जान थाल्यो, म मात्रै खाउ लाउ गर्न थाल्यो र तराई तर्फ थारुहरुले बनाएको जमिनमा भारतीय मुल्लाहरु अर्थात महाजन भनेर थारुहरु विश्वास गर्दथे, गुड र खुर्सानी किन्नमा मात्रै आधा विगाहा जति जग्गा प्रत्येक वर्ष बेच्दथे । महाजनहरुले वर्षमा एक पटक मात्र पैसा लैजाने काम गर्ने भएकाले के कति रकम बढी चढायो थाहा हुदैनथ्यो । थाहा भएकावाला पनि भन्न सक्दैनथे । त्यस्तै लुहार, कामी, दमाई, सार्कीहरु आ–आफ्नो पेशागत काम गर्दथे । जव लुहारले गाउँ भरीका कृषि औजार बनाउने मर्मत गर्ने हसिया कार्ने आदि काम गर्दथे । सो काम गरे वाफत गाउँलेहरु उनलाई एक रुपिया पनि दिदैनथे । त्यसको बदलामा खलोरुपी धान, गहूँ तथा अन्य दालबाली वर्षभरी खानको लागि भनेर दिने गर्दथे । त्यसमा पनि पछि कन्जुसाई गरेर कम दिन थाले, दमाईहरु घर घरमा गएर स्यम नाप लिई सबैका लुगा सिउने काम गर्दथे । लुगा सिलाए बाफत उनले पनि खलोको रुपमा केही अन्न पाउथे । त्यस्तै सार्कीहरुलाई गाउँलेहरु वडा जतन र प्यारले बोलाउँथे, आफ्नो गाई गोरु जन्तुहरु बृद्ध अवस्था भएपछि अथवा भीरबाट खसेर मरेपछि समेत निजलाई छाला प्रयोग आउँला भनेर तुरुन्त खबर गर्दथे र उनले छाला सित्तैमा लगेर जान्थे । कसै कसैलाई गोरु जोत्नको लागि भनेर हल्यौणा (ज्वा र हलो जोत्ने तमडाको डोरी) दिने गर्दथे । त्यसै बाफत पैसा नदिएर खलो दिने गर्दथे । पछि त्यो पनि घट्दै गयो । अन्तमा गएर स्थिति विग्रिदै जाँदा तराई तर्फ जव आवादी खुल्यो त्यहाँ आउन पनि उनलाई डर हुन्थ्यो आउन सकेनन् । त्यसबेला सबै नेपालीलाई सित्तैमा जग्गा आवाद गर्न पाईन्थ्यो । समयमा बनाएनन्, आज सुकुम्बासीका ठूला नारा उनीहरुबाटै प्राप्त भएका छन् । सुकुम्बासीको पीडा बडा दर्दनाक छ र अझै छ र रहनेछन् । थारुहरु अधिकांश गरिव जतिले आफैले बनाएको अथवा सरकारबाट पाएको जमिन समेत बेचेर आज सुकुम्बासी बन्न पुगेका छन् । अव सरकारले सुकुम्बासीको नाममा नराखी प्रत्येक नेपालीलाई रोजगारको व्यवस्था गर्नुपर्ने राय रहेको छ ।







