अपराधको राजनितिकरण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

– थानेश्वर प्रसाद भट्ट
लोकतन्त्र प्रजातन्त्र नामका अमूर्त शब्दहरुको प्रयोग व्यापक रुपमा भएको देखिन्छ । हिटलरले वाइमर संविधान यसरी तहस नहस पारे त्यसले जर्मन तानाशाह मानवरुपी दानवमा रुपान्तरित भएर दोस्रो विश्वयुद्धमा हिटलरको आत्महत्यापछि समाप्त भयो तर नाजी जर्मनीको झलक यदाकदा देखिने गर्दछ । विश्वको सर्वाधिक भयानक राज्य क्रान्ति French revolution ले लुई सोह्रौ र उनकी रानी एन्टोइनेटको गिलोटिनबाट संहार गरियो त्यसपछि त्यहाँ पनि लोकतन्त्रको शासन व्यवस्था अभ्यासमा आयो, राज्य क्रान्ति यति भयानक थियो कि त्यसका प्रणेता रोवस्पायेर पनि गिलोटिन बाटै मारिए । यहाँसम्म कि टाउको काट्ने मशिन गिलोटिन बनाउने वैज्ञानिक समेत आफैले आविष्कार गरेको अस्त्रद्वारा मारिए तर ८ वर्षपछि नेपोलियन बोनापार्ट नामको सिपाहीले फ्रान्सको संसद कब्जा गरी अन्ततः सम्राट घोषित गरी ठूलो नरसंहार गरे तर एंटीना द्वीपमा काराबासमा नै उनको देहान्त भयो, यस्ता कतिपय ऐतिहासिक दृष्टान्तहरुबाट नेपालपछि रहने संभावना थिएन गोर्खाको सानो राज्य विस्तार गरी अनेक रक्त रंजित युद्ध गर्दै नेपाल नामको देश अस्तित्वमा आयो, पृथ्वी नारायणको निधनपछि दरवारिया षडयन्त्रहरु एकपछि अर्को हुँदै विभिन्न रुप र पात्रहरुमा परिवर्तन हुँदै आजसम्म पनि रक्त रंजित इतिहास पुनरावृत्ति भईरहेको देख्दा केही विश्लेषण गर्न उपयुक्त लागेको छ ।
राजनीति सधै सोझो सरल भाषा बुझ्दैन सत्ताको मोह यत्ति प्रवल हुने रहेछ जसले नाता रिश्ता आत्मीयता र मानवोचित धर्मप्रति तिरस्कार गरी रहन्छ त्यो अटुट रुपमा जारी छ । राणाकालिन इतिहास आफ्नै बान्धवहरुको नाम नै मेटिने गरी सत्ता षडयन्त्रले भरिएको छ । ५८ सालमा विरेन्द्र राजाको वंश नै नाश हुने गरी आफ्नै परिवारजनमा ठूलो नरसंहार भयो, त्यही देखी राजतन्त्र पतनको इतिहास प्रारम्भ भएको मान्नु पर्दछ ।
भारतका १ हजार वर्ष सम्मको विदेशी आक्रान्तताहरुबाट दासत्वमय राष्ट्र निर्माण भयो आज पनि तत्कालिन कन्नौजका राजा जयचन्दलाई गद्धारका रुपमा परिभाषित गरिन्छ । पश्चिम बंगालमा अंग्रेजहरुले तत्कालिन नबाव मीर कासिम विरुद्ध उनकै विश्वास पात्र मीर जाफरद्वारा हत्या गरी आफ्नो दवदवा बनाए तर गद्धार मीर्जाफरलाई विश्वाशिलो सम्झने भूल गरेन र आफ्नो अधिन पारे ।
राजनीतिको अपराधिकरणबाट अपराधको राजनीतिकरण भारतमा व्यापक प्रयोग भएको देखिन्छ । दागी विधायक सांसद भनेर अपराधिक पृष्ठभूमीका अनेक व्यक्ति जनताका प्रतिनिधिको दावा गर्दै सत्तामा सफल भएर ब्रहमलूट मचाए, वर्तमान प्रधानमन्त्री मोदीले यसै मर्म माथि प्रहार गरी आफ्नो क्षमता इमान्दारी निष्पक्षताबाट जनप्रियता हासिल गरेका छन् । नेपालमा भारतका बाहुबली प्रबृति भरपुर देखिने गरेका छन् । सत्ता नै समग्रमा बाहुबली भएका अनेक घटनाक्रम एकपछि अर्को प्रकरणमा आई रहेका छन् । ताजा उदाहरण, भयंकर दानव मोहम्मद आफ्ताव आलमका रुपमा प्रकट भएको छ विसौं व्यक्तिहरुलाई जिउँदै इटाभट्टामा हालेर हत्या गरियो त्यसपछि पनि मानवीय सांसद पात्र होइन माधव नेपालले आफ्नै दलका कार्यकर्ताको घोर विरोधका बावजूद मन्त्री पद दिए ललिता निवास जग्गा प्रकरण नामले प्रचालित प्रधानमन्त्री निवास बालुवाटार जग्गा हडप गर्ने क्रममा आएका नामहरुबाट अपराधको राजनीतिकरण शीर्षमा पुग्न गयो, सर्व नेता भनिएका कृष्ण प्रसाद भट्टराई, बाबुराम भट्टराई प्रधानमन्त्री भएका बखत मन्त्री परिषद्को नीतिगत निर्णयबाट जग्गा लूट प्रकरणलाई वैधानिकता दिने काम भयो, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कमसेकम यस अपराधलाई वर्षौपछि छानविनमा ल्याएका छन् । अख्तियारले छानविन गरी रहेको छ । प्याजका पर्त खुलेझै एकपछि अर्को नाम आई रहेका छन् । अपराध छानविन गरी कार्वाही चलाउने दायित्व बोकेका तत्समयका प्रमुख आयुक्त दीप बस्नेतको पनि ठूलो भूमिका देखिएको हुनाले ८ घण्टा सम्म अख्तियारमा नै बयान दिए त्यस्तै बहालवाला अख्तियार आयुक्त राजनारायण पाठक माथि त मुद्धा नै चलि सकेको छ । विडम्बना यो छ कि नीतिगत निर्णय माथि कार्वाही गर्न नसकेको भन्दै अख्तियार सिथिल बन्दै गएको छ । आलमको मुद्दामा मन्त्री परिषद् नै लिप्त रहेको तथ्य बाहिर आउँदैछ । पुर्व प्रधानमन्त्री शेरबहादुरले त निर्लज्जतापुर्वक १२ वर्षपछि मुद्दा उठाउनु षडयन्त्र हो भनि सकेका छन् । तत्कालिन गृह मन्त्री कृष्ण सिटौलाको बोली त्यही मात्र छैन घटना सम्बन्धमा आफैलाई जानकारी
नरहेको भनि रहेका छन् । लोकसेवा आयोगका प्रमुख पनि त्यही भाका बोल्दैछन्, आलम मात्र पक्राउ परेर हुदैन यी सबै गिरफ्तार भई कार्वाही नचले छानविनको औचित्य नै समाप्त हुन्छ । बालकृृष्ण ढुंगेललाई जन्मकैदको सजाय भएर पनि माफी गर्दै फुलमालाबाट महिमा मण्डित गरियो । बहालवाला सभामुख कृष्ण महरा बलात्कार काण्डमा गिरफ्तार भए ५० करोड घुस दिएर सांसद किन्नु पर्छ भनि चिनिया अधिकारी सँगको साक्षात्कार हामी सर्वसाधारणले समेत सुनेकै हो त्यसपछि पनि सभामुख भए ।
यस्ता अनगिन्ति घटनाक्रम छन् । कैयौं पुर्व आईजीपीहरु जेल सजाय पाई निर्लज्जतापुर्वक महिमा मण्डित हुँदै गरे एकपछि अर्को अपराध गर्दै सत्तामा पुगेपछि कसले समाधान गरी सजाय दिने हो निमुखा जनता हेरी रहेका छौं ३८ क्वी. सुन तस्करी वाइडवडी जहाज प्रकरणसँगै लौडा धमिजा काण्डका नायकहरुलाई नाङ्गेझार पारेको हेर्न जनता पर्खि रहेका छौं । त्यसैले इतिहासमा अमर हुने अवसरबाट बन्चित नरहनु होला सम्माननीय प्रधानमन्त्री महामहिम के.पी. शर्मा ओली ज्यू. यही अभ्यर्थना छ । (लेखक वरिष्ठ अधिवक्ता, महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *