वाणिज्य विकास (७)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पैठारीको देशगत प्रवृत्तिबाट पाँचौं योजनाकालमा भारत तथा समुद्रपार दुवैतर्फबाट पैठारी बृद्धि भएको देखिन्छ । चौथो योजनामा नेपालले भारतबाटख कुल रु ४७५.०० करोड बराबर र समुद्रपारतर्फबाट कुल रु ७९.९० करोड बराबर पुगेकोले झण्डै सात दोब्बर बृद्धि भएको देखिन्छ । पैठारीतर्फको बस्तुगत संरचनाको विवेचना गर्दा पाँचौं योजनावधिमा खाद्य तथा कच्चा पदार्थहरु कुल रु ३३९.१३ करोड बराबर भएको देखिन्छ जो पाँचौं योजनाको तुलनामा ८२.२ प्रतिशतले बृद्धि भएको थियो ।
यी बस्तुहरुको पैठारी प्रबृत्ति अनुसार चौथो योजनाको पछिल्लो वर्ष आ.व. २०३१–०३२ मा यस्ता बस्तुहरुको पैठारी करिव रु ५१ करोड बराबर
रहेकोमा पाँचौं योजनाको पहिलो बर्षदेखि नै बढेर ६३.३९ करोड पुगेको र योजनाकालको पहिलो ४ वर्ष करित करिव यसै स्तरमा रहे तापनि पाँचायौं योजनाको अन्तिम वर्षमा असमान रुपले बृद्धि भई रु ९१.०४ करोड पुगेकोबाट चाँयोथ वर्षको तुलनामा झण्डै ४६.५ प्रतिशत बृद्धि भएको थियो । यस अवधिमा देशको कुल पैठारीमा यस्ता बस्तुहरुको अंश २६.५७ प्रतिशत रहेको तथ्यले चौथो योजनाको तुलनामा करिब ८ प्रतिशत घट्न गएको देखिन्छ तर खुद मूल्यको हिसाबमा हेर्दा भने विगत योजनाको तुलनामा झण्डै दोब्बर हुन गएको छ । यस प्रकार यस योजनचामा खाद्य तथा कच्चा पदार्थको पैठारीमा अप्रत्यासित रुपले बृद्धि भएको देखिन्छ । यसरी खाद्य तथा कच्चा पदार्थको असामान्य बृद्धि हुनुमा यस योजनाकालमा कृषिको उत्पादनमा आएको ह्रास नै मुख्य कारण मान्न सकिन्छ । यस योजनाकालमा तयारी औद्योगिक बस्तुहरुको पैठारीमा पनि क्रमशः बृद्धि भएर गईरहेको देखिन्छ ।
योजनाकालमा यस्ता बस्तुहरुको कूल पैठारी रु ९३७.१८ करोड बराबर भएको थियो, जुन देशको कुल पैठारीको ७३.४३ प्रतिशत हुन आउँदछ । चौथो योजना अवधिमा यस्ता वस्तुहरुको पैठारी रु ३५३.६९ करोडको रही कूल पैठारीले ६५.५२ प्रतिशत रहेकोमा पाँचौ योजनाकालमा रु ९३७.१८ पुगी १२५ प्रतिशत बृद्धि भएको देखिन्छ ।
यस योजनाकालमा निकासी तथा पैठारी सम्बन्धी तथ्यांकहरु बमोजिम देशको सम्पूर्ण निकासीमा पूर्वाञ्चल क्षेत्रको ५६.६६ प्रतिशत, मध्यमाञ्चल क्षेत्रको ३८.०० प्रतिशत, पश्चिमाञ्चलको ०५२ प्रतिशत र सुदूर पश्चिमाञ्चलको ४.८१ प्रतिशत योगदान रहेको देखिन्छ । त्यस्तै गरी पैठारीतर्फ पूर्वाञ्चलको १०.६७ प्रतिशत, मध्यामाञ्चलमा ७९.६० प्रतिशत, पश्चिमाञ्चलमा ६.२० प्रतिशत र सुदूर पश्चिमाञ्चलमा ३.५३ प्रतिशत रहेको देखिन्छ । यस किसिमबाट पाँचौ योजनाकालमा निकासी योगदानमा पूर्वाञ्चलको महत्वपुर्ण स्थान रहेको देखिन्छ भने पैठारीको ज्यादै ठूलो अंश मध्यमाञ्चलका हुने गरेको देखिन्छ ।
पाँचौं योजनावधिमा निकासीमा बृद्धि भएर गए तापनि पैठारी समेत असामान्य रुपले बढ्दै गएको हुनाले व्यापार सन्तुलनमा व्यापार घाटा पनि बढ्दै गएको
पाईन्छ । योजनाकालमा देशको कुल व्यापार घाटा रु २४२.१९ करोड रहेकोमा पाँचौं योजनामा यो घाटा रु ७११.९९ करोड बराबर पुगेकोबाट रु ४२६.३९ करोड भएको थियो भने समुद्रपारसँगको व्यापारघाटा रु २८५.६० करोड बराबर रहेको थियो । जुन चौथो योजनाको तुलनामा क्रमशः करिव २ र ३० गुनाले बढ्न गएको छ ।
यस योजना अवधिमा जुट विकास तथा व्यापार संस्थानले जुटको उत्पादन बृद्धि गर्नमा, व्यापार प्रवद्र्धन केन्द्रले कतिपय सूचना तथ्यांकहरु संकलन अनुसन्धान कार्य गर्नुका साथै निर्यातकर्ताहरुलाई वैदेशिक व्यापारका सम्बन्धमा विविध सेवाहरु उपलब्ध गराउने, नेशनल टे«डिंग लिमिटेडले उपभोग बस्तुहरुको पैठारी तथा वितरण गर्ने, नेपाल आयल निगमले तेल पदार्थहरु देशका विभिन्न भागमा जगेडा राख्न काठमाडौं लगायत भैरहवा, विराटनगर नेपालगंजमा स्टोरेज टयांक निर्माण गर्ने जस्ता कार्यहरुमा उल्लेखनीय प्रगतिहरु हासिल हुन सकेका थिए । यसका साथ साथै वाणिज्य क्षेत्रमा स्थापित संस्थानहरुले आन्तरिक व्यापारलाई सक्षमताका साथ व्यवस्थित गर्दै लैजान अधिराज्यका विभिन्न स्थानहरुमा आफ्नो सेवा विस्तार गर्ने कार्य जारी राखेको थियो । देशमा निर्माण पुरा हुँदै गरेका सडकहरुले गर्दा आन्तरिक व्यापारले क्रमशः एउटा राष्ट्रिय बजारको स्वरुप लिएको छ । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *