के छ नेपालमा केही छैन तर सबै थोक छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी (भानुस्वर्णपदक प्राप्त)
हाम्रो घरमा केही छैन हामी गरिव छौं जनताले बसौं घरमुली भन्छ भने पारिवारिक मनोविज्ञान खलबलिन्छ त्यो आफ्नो अंसियार घर हो त्यो घर भित्र म मेरा छोरा बुहारी सबै बस्दछन्, म मुली मात्र छु तर सबै बाल बच्चा आईमाईको हातमा पैसा दिएन राम्रो लगाउन र खान दिन सकेन भने म मुली रहन्न म मुला बन्दछु । हामी नेपाली हौं हामीलाई हाम्रा उद्योग के कति छन् थाहा छैन । देशमा के कति कर्जा (ऋण छ) थाहा छैन लुकाएर राख्नु परेको छ । मैले तिर्नु बाँकी छ भन्ने कुरा नेपालको मलेप विभागसँग पुरा लगत छैन ऋणलाई अनुदानको आसामा रहेका नेपाली हामी ऋण तिर्न सक्ने उपाय केही छैन हामी सित उत्पादित बस्तु केही छैन कृषि जन्य अदुवा भारत लैजान पनि धौ धौ पर्दछ । लसुन, गुन्द्रुक चीनबाट आयात भए पनि हामी भारत निकासी गर्दा नेपाली उत्पादन भन्छौ जवसम्म थाहा पाउँदैन संका रहेसम्म निकासी गर्न दिन्छ थाहा पाएपछि बन्द गरि दिन्छ ।
त्यस्तै सुपारीको अवस्था पनि छ । व्यापारीहरुको पनि यो देश हो नेताहरुको पनि विदेशी व्यापारीहरु नेपाली जनलाई लुटको टाईपमा व्यापार गर्दछन् । र जनतालाई लुट्छन् र नेताहरु प्रोत्साहन दिन्छन् । प्रमाणको लागी एनसेल प्रकरण यथावत छ त्यो त कुरा नमिल्दा ६३ अरव नेताहरुलाई पनि आएकै छन् । हरेक समाचारमा पाएका थियौ त्यो त देखिएको कुरा भयो । पुर्व प्रधानमन्त्री डा. बाबुरामले त खुलाएरै प्रचण्डको भ्रष्टाचार व्याख्या गरि दिएका छन् । हामी नेपालीसँग के रह्यो उद्योग बेच्यो, इमान धर्म बेच्यो, यौटा विश्व परिचित हिन्दुराष्ट्र बेच्यो र नेपालमा झण्डाको पनि लिलाम बढाबढ गर्यो तर किन्ने हिम्मत कतैबाट आएन । युवा युवतीहरु वैदेशिक रोजगारीको नाममा बाधावाल मजदूर भएर बसेका छन् । उनले पठाएको रेमिटान्सबाट नेता तथा नेताहरुका सुभचिन्तक विश्व भ्रमण गरिरहेका छन् । राष्ट्रको इज्जत प्रहरी महानिरिक्षक बसी सकेका राष्ट्रका सभामुख व्यविचार काण्डमा जेल जान्छन्, राष्ट्रका प्रमुख तथा अन्य पदाधिकारीहरु होली वाईनमा मस्त रहन्छन् त्यो होली वाईन र जसको डिम्बा र सुक्रकीट सरावमा मिसाई होली वाईन नामाकरण गरेका थिए त्यसको ज्ञान होली वाईन सेवन गर्ने नेपालीलाई थाहा छैन, त्यसकारण त्यसबारेमा मनु स्मृतिमा पढ्न सकिन्छ । जसरी राजनीतिमा अलग अलग धारणा हुन्छ त्यस्तै धर्ममा पनि अलग धारणा भएको पाईन्छ राजनीति या त तानाशाह बलबानको टिकाउ हुन्छ या धार्मिक ऐन नियमको पालना गरी आफू निष्टावान बनेमा टिकाउ हुन्छ । राज्य गए पनि धर्म जादैन रामराज्य गयो तर धर्म गएन आज सम्म जिवित छ । बरु ताना जहानिया शासन १०४ वर्ष चल्यो प्रजातन्त्रवादी हु भन्नेहरुको शासन ५ वर्ष चल्न सक्दैन । राणा शासनमा पनि जसरी सत्ताप्राप्त गर्यो त्यसरी नै झगडा अनमेल पनि हुने गर्दथ्यो । अनमेल न सत्ता प्राप्त गर्दा जनतामा गयो न अनमेल हुँदा राणाको सत्ता जाँदा मुख्य ४ जना शहिद भए जनताको लागी अरुलाई माफी दियो राज्य द्रोहमा तर बाबुराम र प्रचण्डले १७ हजार भन्दा बढी जनता मार्यो र त्यति नै बेपत्ता छन् । राणा भन्दा पनि तल्लो स्तरमा गएका होइन हामी कसरी भनौं । २००७ सालको आन्दोलनमा राणा सरकारका एक शालिक पनि ढलाएन तर राष्ट्र निर्माता र उनका बंशजका शालिक ढाल्यो १५ वर्ष पुग्दा पनि पुनरस्थापना भएका छैनन् ।
राणाहरुले देशको इतिहास बनाए मेटाएका छैनन् । वर्तमानले मेटायो, दुःखद कुरा हो । त्यसबाहेक नेपालमा सबै थोक छ । विश्वमा सुन्दर र सबै मौसम एकसाथ उपलब्ध हुन्छ । बाह्रै महिना फलफुल सागसब्जीको उत्पादन हुन्छ । पहाड, तराई, हिमाल अमुल्य सम्पदाले भरिएको छ । यहाँ श्री ५ वडामहाराजधिराजले देश निर्माणगरे पनि सोझै आफैले शासन गर्न कुनै पनि राजाले पाएन । राजा महेन्द्रले पनि केवल विदेशीको हस्तक्षेप तोड्न खोजे शासनभार गाउँ गाउँमा नेताहरुद्वारा गरिए आज प्रदेशको नामबाट चलेको छ । बढी पदाधिकारी छन् भने त्यति बेलामा अञ्चल जिल्ला गाउँ तथा क्षेत्रहरु पनि ५ थिए । आज रुप फेरियो शासन सत्ता फेरियो इमान्दारिता राष्ट्रगौरव जिवित रहन सकेन ।
जव म्यानमार वर्मामा खानी थिएन त्यसबेला पृथ्वीनारायण शाहको समयमा नेपाल आत्म निर्भर थियो । बैतडी पुर्चौडीमा फलाम उत्पादन गर्थे भने मार्मा हाल दार्चुलामा तामा, बैतडीको पुर्चौडीको रातासिलामा बालुवा धोएर १/२ रती सुन रैकालहरु कमाउथे अन्तमा २००७ पछि रोक लाग्यो खानी खोजतलासको इजाजत पाएपछि काम गर्न पाउने भए तर सडक संजाल नहुँदा खानीतर्फ ध्यान गएन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *