नयाँ भारतीय राजदूत काठमाडौंमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, काठमाण्डौं, १२ चैत्र
जब नेपालमा प्रजातन्त्रको उदय २००७ सालमा भयो त्यसपछि भारतीय राजदूतावासले नेपालको बारेमा अहम भुमिका राख्दै आएको छ । त्यस पूर्वपनि नेपालका लागि गोप्य रुपबाट राजा त्रिभुवनलाई भगाई राजदूतावासमा शरणमा ल्याउने क्रियाकलापहरु गरेका थिए ।
नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिव सिंह शनिबार विहान काठमाडौं आइपुगेका छन् ।

शनिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दूतावासले जानकारी दिएको छ । सोमबार नै राजदूत सिंहले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ । राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन् ।
निवर्तमान राजदूत रणजित रे कार्यकाल पूरा गरी दिल्ली फर्किएको करिब ३ सातापछि सिंह काठमाडौं आएका हुन् ।
काठमाडौँ आएका राजदूतलाई भारतीय दूतावासका कर्मचारीले विमानस्थलमा स्वागत गरेका भनी समाचार माध्यमहरुले जनाएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *