डोजर प्रकरण : छानबीन समितिको ५ दिन म्याद थपियो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/बैतडी, ९ कात्तिक
बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा यही कात्तिक ४ गते सोमवार भएको घटनाकोअनुसन्धानका लागि स्थानीय प्रशासनले गठन गरेको छानबीन समितिको म्याद थप गरिएको छ । घटनाको अध्ययन अनुसन्धान र बिश्लेषको काम बाँकी रहेकाले समितिको ५ दिन म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । “घटनाको बहुपक्ष, गाम्भीयर्ता र अनुसन्धान जटील बिषय हो ”उहाँले भन्नुभयो“ थोरै समयमा काम नसकिएकाले समितिको म्याद थपिएको हो” ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी नेतृत्वको समितिले डोजरले महिला हुत्याएको स्थानको स्थलगत जानकारी लिईसकेको छ । समितिले अब तिहार पछि मात्रै थप काम गर्ने र तिहारको ५ दिनपछि घटनाको बारेमा सत्यतथ्य प्रतिवेदन बुझाउने जनाईएको छ ।
संयोजक नेगीसहित समितिमा दशरथचन्द नगरपालिकाका इन्जिनियर, पूर्वाधार विकास कार्यालयका इन्जिनियर, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक र अनुसन्धान अधिकृत सदस्य रहेका छन् ।
ग्वाल्लेकमा चिलाउने देखि पार्स सम्मको सडक निर्माणका बेला सडक निर्माण पक्षले सडक रोक्नु पक्षक भन्ने पक्षका गौरी जोशीलाई डोजर हुत्याएर फालेपछि अहिले यो घटनाले चारैतिर चर्चा बटुलेको छ । गौरीको अहिले भारतमा उपचार भइरहेको छ ।
मंगलवार गठन भएको छानबिन समितिलाई शुक्रवारसम्म प्रतिबेदन बुझाउने समयसीमा रहेको थियो ।
घाइते महिला भारत रेफर दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते हुनुभएका गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । धनगढी र नेपालगञ्जमा उपचार पछि पनि गौरीलाई बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत तर्फ लगेको उहाँका श्रीमान जगदीश जोशीले बताए ।
नेपालगञ्जमा औषधि दिएर दशदिन पछि आउनु भनेर डिस्चार्ज गरेको र तर गौरीलाई फर्किने बेला बाटोमै असहज भयो उहँले भन्नुभयो“ थप उपचारका लागि भारत लगेको हो” जगदीशका दाजु बिसनदत्त जोशीले घाइते गौरीलाई उपचारका लागि भारत लगेको र आफू पैसा खोज्न गाउँमा पुगेको जोशीले बताउनुभयो । पैसा खोजेर आफू पनि जाने उहाँले भन्नुभयो“ मजदुरी गरेर खाने मान्छे डोजरकाण्डले आफूलाई निकै समस्यामा पारेको छ” घरमा बालबालिकाहरु पनि आमा नफर्केपछि रुदै गरेको जोशीले बताए ।
गौरीलाई डोजरले हुत्याउने डोजर चालक किशोर बोहरा, डोजर मालिका भानीदत्त जोशी र स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई प्रहरीले ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । यही कात्तिक ४ गते चिलाउने–पार्स सडक खन्ने बेलामा डोजरले हुत्याउँदा गौरी घाइते भएका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *