प्रमुख पर्यटकीय क्षेत्र पर्यटकको पर्खाइमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, ९ कात्तिक
साविक महेन्द्रनगर नगरपालिका वडा नं. ९ मटैना हालको भीमदत्त नगरपालिका वडा नं. ९ बाट १० किलोमिटर उत्तर तर्फको चुरे श्रृङ्खलाको मलासडाडाँको पश्चिम भागमा पर्ने झिलमिला ताल पर्यटकहरुको पर्खाइमा नासवानको पर्खाइमा बाचि रहेको छ । त्यो तालको विकास र धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासको लागी त्यस क्षेत्रमा ३३/३४ सालदेखि बस्दै आएका महात्माजीको ताल विकास संरक्षण र पर्यटकीय धार्मिक क्षेत्र विकासकै आशामा जीवनको आज उनकै कुटियाको पश्चिम डाडाँमा समाधी बन्न पुगेको छ । हाल त्यहाँ एक जना मात्र महात्माजी हुनु हुन्छ । उहाँ भन्नु हुन्छ मेरो जन्म थलो बैतडी नै भएको र स्वर्गवासी महात्मा पनि पुर्व परिचित नै रहेकोले यो कठिन घनघोर जंगल तालको किनारामा हाल म बसि रहेको छु तर माओवादी द्वन्दकालको बेलामा भने तिमी सरकारका गुप्तचर हौ भनि अभद्रताका साथ सोधपुछ गरिरहने हुँदा डराएर भनु कि दिक्काएर त्यहाँबाट तराई मटैना तर्फ झरेर केही दिन तराई तिर विताएर जो गरे पनि त्यहाँ छोड्दैन भनि झिलमिला तालमा नै उक्ले र यहाँ नै बस्दै आएको छु भन्नु हुन्छ शंकर पन्त योगी जी । गत वर्षमा जगतगुरुको मागमा नेपाल सरकारले भम्केनी, झिलमिला जोड्ने सडक बनाई रहेको र सिडी सम्म प्रथम निर्माण गरिसकेको भए पनि २०७६ सालको वर्षादमा भत्कीएको कारण मोटरसाईकल पनि हाललाई ४ किलोमिटरसम्म जादो रहेछ । बाँकी त्यहाँको बारेमा बुझ्दा भारतीय नेपाली युवाहरु कहिले कहिले आउने गर्दछन् ।
तालको अवलोकन गरी फर्केर जान्छन्, यही कात्तिक ६ गते लक्ष्मी प्रसाद भट्ट र दिशानिर्देशको तर्फबाट म स्वयम् बलदेव अवस्थी त्यहाँ पुग्दा ४/५ जना युवाहरु तिलाडौडबाट गएका थिए भने फर्कने बेला भारतीय २ युवाहरु सिद्धबाबाको दर्शन तथा ताल अवलोकनको लागी जाँदै थिए बाटोमा हाम्रो भेट भएको थियो । २०३२/०३३ सालमा धुनिको रुपमा रहेको महात्माजीको सानो निवासमा ढोका लगाई बन्द गरिएको छ भने हाल त्यहाँ बस्ने शंकर पन्त महात्माजीको बस्ने सानो धुनी र साघुरो खटिया छ भक्तजनको रात विताउने ३/४ जना बाहेक बाँकीको लागी ठाउँ छैन । निर्माणाधिन सडकको पुनः निर्माणको काम मन्द गतिमा चलि रहेको पनि २ वर्षपछि त्यहाँ सडक पुग्न सक्छ । हाल त्यहाँ महात्माजी बस्ने कुटीमा ढोका छैन, यस्तो जंगलमा जनावरको डर लाग्दैन त भनेर सोधेकोमा उत्तर थियो केही भएको छैन प्रभुको लिला । त्यहाँ कुटिया छाउन साविक जिल्ला विकासबाट ११/१५ कर्कट पाता र पानी टंकी दिएको रहेछ । हाल त्यहाँ नभई नहुने १०/२० जना सम्म पनि अटाउने भजन या अतिथि गृह भई दिएको भए यहाँ सधै पर्यटक आईरहने थिए । यस्तो व्यवस्था हुनु नितान्त जरुरी ठान्दछु भन्नु हुन्छ महात्माजी ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *