संझना, कल्पना र बोध

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

थानेश्वर प्रसाद भट्ट
चाँड पर्व, संस्कृति, परम्परा, राजनैतिक तरंग उमंग, शोक, ऐश्वर्य, वैभव अभाव निराश, आशा आदिले परिपूर्ण जस्तै देखिने वर्तमान अवस्थामा विचित्रका शीर्षकहरु अप्रासांगिक जस्तै देखिएलान तर मानव जीवनसँग गहनतम तत्वका रुपमा विद्यमान रहेका यी विषयहरु नलेखी रहन सकेन, राष्ट्रपति सी को नेपाल भ्रमणको तरंगमा कतिपय प्रसंग समीक्षात्मक लागेकोले उपर्युक्त शीक्षक आवश्यक लागेर पनि पछि सारिएको हो । एक जना कानूनी क्षेत्रसँग आवद्ध कलिलो उमरेको जिज्ञाशुले पटक पटक भेटेर मेरो जीवनशैलीप्रति गहिरो अभिरुचि देखाएर अन्तरवार्ता लिने चाहनाको अनिच्छित रुपमा सम्मान राख्न नैतिक रुपले विवश भए, इमेज चैनल टी.भी. प्रशारण गर्ने उनको उद्देश्य थियो त्यसमा मलाई पटक्कै उत्साह र सरोकार थिएन । वार्ताको प्रसंगमा उलने सोधेको एउटा प्रश्नले तरंगित बनायो र संभवतः उपर्युक्त शीर्षक अन्तर्गत लेख्न बाध्य पार्यो कतिपय व्यक्तिहरुले घमण्डी छ भन्छन् त्यसको के उत्तर छ ? यही महत्वपुर्ण सारतत्वले भरिपुर्ण ती कलिला भर्खरै परिचय भएका जिज्ञाशुको प्रश्न मेरा लागि कालजयी थियो, जवाफमा टिप्पणीकारहरुले घमण्डीको उपाधि दिएको ठिकै थियो होला, संसार विचित्र छ मानिसका दृष्टिकोण आफ्नै भावना र समय अनुसार चल्दछन् तर प्रिय आत्मनः आलोचना र निन्दा गर्नेहरु बेठिक मात्र छन् भनि सोच्नु उनको अनादर हो भन्ने लाग्दछ, आलोचकहरु सदैव मार्ग दर्शक र प्रेरणाका श्रोत पनि हुन सक्छन् भन्दा आश्चर्य मान्नु पर्दैन, दत्तात्रेय मुनिले आफ्ना २४ गुरुहरु छन्. भनि शास्त्रमा उल्लेख छ उनले पशु पंक्षी जनावर आदिबाट समेत ज्ञान आर्जित गरे, प्रशंसक मात्र हुँदा बाटो विर्सने धेरै सम्भावना बनि रहन्छ् राजनैतिक इतिहासमा यसका कतिपय उदाहरण भेटीन्छिन् । कालिदास जस्ता महान विद्वान प्रारम्भिक जीवनमा निपट मुर्ख थिए कहीबाट प्रेरणा पाएर नै जीवन सफल भयो । आदि कवि भानुभक्तले एउटा निर्धन घाँसीको जीवनगाथाबाट ठूलो ज्ञान प्राप्त गरे, मानव जगतका कतिपय आयाम अत्यन्त मायावी छन् । संसार मायामा भुलेको छ, महात्मा बुद्धको जीवनमा अनुकरणीय प्रसंग आउँछन्, आत्म समीक्षाबाट नै बोधको उदय हुन्छ । यसर्थ हाम्रो प्राथमिक काम आफैलाई चिन्नु हो । ध्यानको जगतमा आत्म समीक्षा सार्वधिक महत्वको छ । आत्म प्रसंशा, दंभ अहङ्कार हाम्रा बाधाहरु हुन् ।
स्वीकारले दुःखको विसर्जन ध्यान मार्गको महत्वपुर्ण अभ्यास हो । जे छ त्यसैमा सन्तुष्ट हुनु घमण्डको निर्मूल गर्ने अचूक साधना हो । विडम्बना यो छ कि हामी स्वीकार गर्न निकै असहज मान्दछौं, मनका विविध ४ अवस्था छन भनि तत्वदर्शीहरुले बताएका छन् । (१) अचेतन मन जहाँ विवेक शुद्ध रहन्छ, यो निद्रावस्था वा स्वयम्को यथार्थ विर्सेको स्थिति हो, (२) अर्धचेतन मन यसमा होस वेहोसको स्थिति रहन्छ, संसारिक कार्य गर्दा पनि जहाँ छौ त्यही हुदैनौं, मन्दिर आदि पुजास्थलहरुमा किन जान्छौं ? श्रद्धा र अहोभाव प्राप्त गर्न तर त्यहाँ शरीर भए पनि मन र चेतना अन्यत्र नै हुन्छ, गुरु नानकको जीवनमा घटित एउटा प्रेरणादायी प्रसंग स्मरण हुन्छ, तिर्थाटनको क्रममा एउटा नवाव मुल्ला कहाँ बास बसे त्यहाँ नमाज चल्ने समय थियो ती नवावले गुरु नानकलाई पनि नमाजमा शामेल हुन आग्रह गर्दै भने तपाई सर्वत्र ईश्वर र सर्वधर्म समभावको उपदेश दिनुहुन्छ । हाम्रो पुजा अर्चना सरीक हुन बाधा पर्ने छैन भन्दा तपाईले नमाज पढे म पनि पढ्ने छु भने, सिख गुरु मुसलमानको नमाजमा कसरी शामेल हुन सक्लान भन्ने लाग्यो होला, नमाजको बेला नवाव बारम्बार शिख गुरु तर्फ हेर्दै रहेका तर गुरुले कुनै नमाज पढेनन्, जसरी पनि नमाज सकिए पछि नबावले क्रुद्ध हुँदै भने तपाई धार्मिक होला भनेको झुठा रहेछौं नमाज पढ्छु भनेर पनि पढेनौ तब गुरुले भने शर्त अनुसार तपाईले नमाज पढे मात्र पढ्छु भनेको थिए तर तपाईले नमाज पढ्नुको साटो म तर्फ नै ध्यान थियो त्यसैले पढेन, पुजास्थल आडम्बर मात्र बने कर्मकाण्डी भए मुर्छित अवस्थाबाट अर्धमुर्छितको अवस्था चेतना केन्द्रित रहदैन, त्यसैले यस्ता कर्मकाण्डी तिर्थस्थलहरुप्रति मेरो कुनै आकर्षण र आस्था छैन र आफन्तहरुबाट समेत घोर–नास्तिकको पदवी पाउने गरेको छु । देखाउनकै लागि जानुभन्दा नजानु बेस ।
(३) तेस्रो अवस्था जागृत हो, जहाँ शरीर मनको भेद लगभग विलुप्त हुन्छ, ज्ञानीजनहरु अधिकांश यही अवस्थामा बाच्ने होलान । (४) चौथो परम जागृत स्थिति हो, त्यही चैतन्य परमानन्द र मोक्षको अन्तिम गन्तव्य हो । तुरीय स्थित प्रज्ञ, समाधिस्थको चरम रुप त्यही बास गर्दछ, यस प्रकार Super
conscious (२) Consiocus (३) Sule Consious र unconsicus, यी ४ स्थितिमा उपयुक्त शीर्षक तर्फ हेर्दा हाम्रो मन संझना अर्थात भूतकाल वितेका क्षण समय घटनाक्रमतर्फ दौडी रहन्छ, या भविष्यमा हुने अपेक्षा गरेको कल्पनाहरुमा रुमल्लिन्छन्, यी दुई स्थितिमा ठाउँ अनन्त हुन्छ र स्यम्लाई भुलेर त्यसैमा आशक्ति रहन्छ । होसपुर्वक बाच्नु बोधको गन्तव्य मार्ग वर्तमान हो, यो पर्खदैन विस्तारित हुँदैन हुन सक्तैन त्यही क्षणको स्मरणलाई सुमिरन आराधना ध्यान जे नाम दिए पनि वर्तमान नै हाम्रो गन्तव्य हुन पर्दछ, जे छ त्यसमा आशा पश्चाताप दुःखको परिकल्पना व्यर्थ छ त्यही समाधीको मार्ग भनि तत्वदर्शीले बताएका छन् । महात्मा बुद्धको उपदेशको सार त्यही होला, त्यस अवस्थामा घमण्ड नास्तिक आदि टिप्पणी अर्थहीन होलान भनि अनुकरण गर्ने प्रयासको प्रचार पनि सम्भवतः अहङ्कारकै प्रति ध्वनि हुन सक्छ । संसारले के भन्छ के दृष्टिकोण राख्छ भन्दा पनि वास्तवमा स्वयम् के हुँ के हुन सक्छु त्यही आत्मबोध प्रत्येकका लागि चिन्तनीय, मननीय भएमा निन्दा स्तुती, सुख दुःख भन्दा पर अन्तश्चेतनाको जगमा पुग्न सकिन्छ कि ?
“दुरात्मा पनि एकत्व लिई मद्भक्त भो भने
साधु हो त्यवसोये छ त्यसको पार लगाउने”
उर्जा एक तटस्थ शक्ति हो यसबाट कुनै रत्नाकर डाँकु महर्षि बाल्मीकीमा रुपान्तरण हुन्छ, डाँकु अङ्गुलीमार भीक्षु हुन सक्छ । मानव जीवन सधै एकनासको रहदैन् । (लेखक वरिष्ठ अधिवक्ता) महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *