पर्यटक विकासका खोजहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सात नं. प्रदेश महेन्द्रनगर स्थित मझगाउँ विमानस्थल सुरुमा निर्माण हुँदा २०३१÷०३२ सालतर्फ ठूलो आशा भरोसा लक्ष्यका साथ सञ्चालन गरिएको थियो सुपका सबै जिल्ला बाहेक काठमाडौं दाङ लगायतका जिल्लाहरुमा नेपाल सरकारले थप अनुदान समेत दिएर जनताका सुख सुविधाहरु प्रदान गरेका थिए ।
भारतीय भूमिमा बस्ने छिमेकी मित्रहरु मानसरोकार जानको लागि मझगाउँ भएर गोकुले, बझाङसम्म जहाजमा यात्रा गर्दथे । त्यसबेला नेपालको पर्यटकीय क्षेत्र भनेको मझगाउँ शुक्लाफाँटा मात्र थियो, त्यो पनि भर्खरै स्थापना गरिएकोले त्यति विकसित भएको थिएन । आजको हकमा हवाई मैदान हुँदै ब्रहमदेव, झिलमिला, दैजी क्षेत्रबाट आरक्षको किनारै किनार सडकहरु अथवा रिङरोड बनाईदिने हो भने मझगाउँ हवाई मैदानमा नेपाली मात्र होइन दिल्ली मनसुरी देहरादुनका व्यक्तिहरुले पनि सुगमता पाउने थिए भने नेपालको पर्यटकीय क्षेत्रको विकास भई यस क्षेत्रको उन्नति पनि हुने थियो । यहाँका जनताको भनाई के रहेको छ भने देशभरी मझगाउँ हवाई मैदान सबैभन्दा बढी चल्तिमा आउनेछ । यदि बसको झै दिल्ली र महेन्द्रनगर मात्र दुई देशीय सेवा मात्र चलाई दिएमा पश्चिमतर्फ बरेली, पिलिभित, खटिमा, हल्दुवानी, नैनीताल देखिका यात्रीहरुको बढी भीड हुने थियो र दिल्लीबाट सोझै महेन्द्रनगर हुँदै बझाङहुदै मानसरोबर जाने पर्यटकहरुको पनि बृद्धि हुने थियो ।
महेन्द्रनगरका जनताहरुले पोखराको पर्यटकीय क्षेत्र जानको लागि बस सुविधा भएपनि जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई धेरै टाढा भएकोले जान अप्ठ्यारो हुने हुँदा २०४६ साल पुर्वका सेवाहरु हवाई मैदानबाट सुचारु भईदिएमा महेन्द्रनगर अधिराज्य भरीका हवाई मैदानमध्ये मझगाउँ हवाई मैदान सबैभन्दा बढी चलन चल्तीमा रहने विश्वास गरिएको छ । एक या दुई महिना घाटा आएपनि पछि दैनिक रुपमा ४÷५ वटा उडानहरु निश्चित रुपमा हुनेछन् । भारतीय पर्यटकहरु तथा भारतमा आउने अन्य मुलुकका पर्यटकहरु दिल्लीबाट सोझै महेन्द्रनगर पुग्ने भएमा यहाँको दृश्य अवलोकनको लागि सुगम भई पर्यटक क्षेत्रमा विकास मात्र नभएर यहाँका गरिव व्यापारी सबैलाई केही राहत पुग्ने देखिन्छ ।
गरिमा जातको बीउमा धाधली भएको छ नेपाली शिक्षा क्षेत्रमा भएको ह्रास स्पष्ट आज दर्शिएको छ । जव विगतमा मकैको बीउ सरकारबाट वितरण भयो, कोसा लागे तर दाना भएन, धान रोपियो बाला नफलेको थियो, त्यस्तै आज गरिमा धानको विकास नभएर जनतालाई विनासको बाटोतर्फ धकेलिएको छ । बीउबाट किसानलाई एक फसलमा भएको घाटाको कुरा मात्र नभएर नेपाली कृषि विज्ञहरुको व्यईजति भएको छ । र सरकार जनतासामु उदांगो भएको छ, कस्तो भने गोबीको बीउ बोएर तोरी फलेझै भयो । नाम हेर्दा गरिमा धानको नाम असाध्य राम्रो सुनेर जनताले त्यो धानको बीउलाई प्रयोगमा ल्याए तर नामको ठीक उल्टो अर्थ लाग्ने गरी धानको फसल फलेन । बालासम्म आएन्, त्यसमा कान्तिपुरको वर्ष २७ अंक २४६ यहि कात्तिक ९ गतेको अंकमा लेखिएको छ गरिमा बीउ नक्कली हो भने र । आजसम्म हरेक उत्पादन बस्तुहरु सक्कली नक्कली हुने गर्दथ्यो भने नेपालमा बाली समेत नक्कली हुनु जघन्य अपराध भएकोले यस्तो नक्कली बीउ वितरण गर्ने संघ संस्था, व्यक्तिहरुलाई राष्ट्रिय स्तरको सक्त सजाय हुनुपर्दछ । त्यो छानविन गरेर कृषकहरुको मुखमा बुझो लगाउन पिडित कृषकलाई राहत स्वरुप क्षतिपुर्ति दिने भनिएकोमा त्यो प्रयाप्त छैन । क्षतिपुर्ति त बरु हामी जनताले दिन्छौं जनता ठग्नेमाथि कारवाही हुनुपर्यो, शिक्षण संस्था जस्तो भएर भ्रष्टाचारी नियत बोकेर नक्कली बीउ वितरण गर्नु कहाँसम्मको अपराध हो । जनतालाई त बीउ वितरण तब गर्नुपर्छ, जबकी सरकारले आफ्नो प्रयोगशालाको जमिनमा परिक्षण गरी बढी भन्दा बढी राम्रो उब्जनी भएपछि मात्र जनतालाई वितरण गर्नुपर्छ भन्ने धेरै व्यक्तिहरुको धारणा रहेको छ । यस अर्थमा कसैले माफि मागेर दिनु हुदैन, यदि जनताहरु भन्छन्, त्यस्ता अपराधिहरुको जिम्मामा परमाणु हतियार भईदिएको भए आफ्नो देश त ध्वस्त पार्ने नै थिए भने छिमेकी राष्ट्रहरुमा के कस्तो असर पर्ने थियो यो सोचनिय विषय रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *