पत्रकार महासंघ सुदूरपश्चिमको साधारण सभा सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/धनगढी, ७ असार
१० बुँदे घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न माग सहितका विभिन्न बुँदा समेटिएको घोषणा पत्र जारी गर्दै साधारण सभा धनगढीमा सम्पन्न भएको हो । यस्तै घोषणा पत्रमा संविधानको मर्म र भावना विपरित प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्ने प्रकारका नीति तथा कानून नल्याउन समेत सरकारलाई आग्रह गरिएको छ । साधारण सभामा सुदूरपश्चिमका अग्रज पत्रकारद्वय घनबहादुर शाह र कर्णदेव भट्टलाई सम्मान गरिएको
छ । पत्रकारद्वय शाह र भट्टलाई सुदूरपश्चिमका प्रदेश प्रमुख मल्लले सम्मानपत्र, दोसल्ला तथा मालाले सम्मान गरे । साधारण सभाको एकसमारोहबीच सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्लले उद्घाटन गरेका थिए भने महासंघका सुदूरपश्चिम अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *