अधिनायकवाद देखि किन डराउने ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

के हो त्यो अधिनायकवाद भनेको ? के सरकारका मनमा लागेको असल काम गर्नु हो ? यदि सरकारले काम गर्दा आफूले चाहेको काम कसैले गर्न दिएन भने त्यो सरकारकै कमजोरी हो । असल काममा विरोध गर्ने हिम्मत कसैमा हुँदैन । गलत काम छ भने मात्र विरोधाभास हुने हो । नेपालका सरकारहरुले कति बेला के गलत काम गरे त्यसको लेखा जोखा आ–आफ्नै तरिकाका होलान त्यसमा केही भन्नु छैन । राजनीतिक पार्टीहरु केवल आफ्नो पक्ष मात्र बलियो बनाउन चाहन्छन् राम्रो नराम्रो हेरेको इतिहास थाहा छैन यो कुरा विश्वको घटनाक्रमले देखाई सकेको छ र देखाई रहेको छ । इंगलैण्डमा राजसंस्थाकै नेतृत्वमा कहिल्यै घाम नअस्ताउने देश भनेर चिनियो तैपनि त्यहाँका राजालाई मार्यो १० वर्ष पछि पुनः राजा पायो ब्रिटिसले ।
अव नेपालकै कुरा गरौं नेपाल निर्माताका सन्तानहरुमा नेपालको अस्तित्व जोगाई विश्व सामु राजा महेन्द्रले परिचित गराई दियो उनैका सन्तान
राजा विरेन्द्रको बंश नास हुने गरी हत्या गरियो । सरकारले दरबारको उत्तरदायित्व आफ्नो होइन भनेर पन्छिन खोज्यो र प्रतिपक्षले पनि चुप बस्न खोज्यो । त्यसको प्रमाण हो त्यस बेलाका प्रधान सेनापतिको अभिव्यक्तिबाट उनले भन्दै थिए त्यो जिम्मा सेनाको होइन सेना परमाधिपति आफै हुन, भित्र आफ्ै सेना छ, मेरो काम होइन भन्दा हामी आश्चर्यचकित भएका थियौ । त्यस बेला देशमा प्रजातान्त्रिक सरकार थियो प्रधानमन्त्रि गिरिजा प्रसाद कोईराला थिए । निर्दलिय पंचायत व्यवस्था ठीक भएन भनेर जनतामाझ जनमत
गरायो २०३६ मा निर्दलले जित्यो २०४६ मा जनमत बेगर बहुदलिय व्यवस्थामा निर्दलका नेता राजा सबै मन्जुर भए ।
२०५२ मा त्यो पनि ठीक भएन भनेर माओवादी पार्टीले हतियार बोकी गुप्तबास जंगल गए गाउँ गाउँमा डरधाक त्रास हप्काई जनतालाई क्षमा लिए माओवादीको सरकार आयो प्रचण्ड प्रधानमन्त्रीको सरकार आयो प्रचण्ड प्रधामन्त्री भए । उनले सेना नायक आफ्नो पक्षवाला बनाउन बहालवालालाई अवकास दियो तैपनि योजना असफल भयो । उनले राजिनामा दिएपछि बाबुरामजी प्रधानमन्त्री भए अन्तमा माओवादी ठीक होइन भन्दै सांसद र पार्टीबाट राजिनामा गरी बसे । आज गणतन्त्र छ यो पनि ठीक छैन भन्नेतर्फ धेरै उभिदैछन् उभिई रहेका छन्, जनता सरकारको विरुद्धमा गएका छन् । कही भ्रष्टाचारको मुद्धा छ भने कतै सामाजिक संजाल ध्वस्त पारि आफूले चाहेको व्यवस्थाको सुत्रपात गर्ने सरकारको मनस्थिति रहेको देखिन्छ । यसमा उनको कुनै अपराध छैन, उनले आफ्नो लागि र नेपाल कम्युनिष्ट पार्टीको लागि जे गर्नुपर्ने थियो जे इच्छा थियो त्यही गरिराखेका छन् । यो विश्वभरी देखेकै कुरा हो, सुनेकै कुरा हो, नेपाली जनताहरुलाई पनि सर्वहारा वर्गको बारेमा बोलेकै हुन ।
गरिबी हटाउने सरकारको अठोट थियो, अब सबै गरिव हट्दैछन्, गरिवी मात्र बाँकी रहला, नेपालीपन नेपालको स्वाभिमान गुमेपनि कम्युनिष्टपन गुम्नेछैन । र कर्मनिष्टपनको कसैले पनि आशा गर्नु व्यवर्थ छ । विभिन्न समाचारहरुमा सबैले सुनेकै होला, यहि साता नेपालको माईतीघर मण्डला र सिंहदरबारको गेट अगाडी जहाँ निशेधित क्षेत्र तोकिएको थियो, त्यस क्षत्रेमा जनताहरुले बाँजा, झाकी सहित उपस्थिति देखाई सरकारको कडा विरोध गरेको कुरा सबैलाई थहा भएकै छ । यदि देशमा यस्तै स्थिति रहने हो भने जसरी आजसम्म जुन व्यवस्था जसले ल्यायो त्यो व्यवस्था उनैले लगेको इतिहास छ । त्यसकारण वर्तमानको गणतान्त्रिक व्यवस्था ल्याउने नै लैजाने त होईन ? यदि पुनः लगिहाल्यो भने जसरी आजसम्म व्यवस्थामाथि आघात या हमला गर्दा जनताले खुसी हुने गरेका थिए । त्यसैगरी अव खुसी नहोलान भन्न सकिदैन । खास भन्ने हो भने जनताकै कमीकमजोरी र डरछेडुवापनबाट नै आन्दोलनकारी भनिने क्रान्तिकारी नामका षडयन्त्रकारीहरुले नेपालका यस्ता जनतालाई पागल बनाई दिएका छन् । कुनैपनि व्यवस्था आज ठीक भोली बेठिक, अझ पर्र्सी ठीक
फेरी बेठकी यो कहिलेसम्म चल्ने हो । यस कुरामा जनताको कमजोरी हो नेताहरुको । यदि देशमा कुनै निश्पक्ष, विद्वान, विश्लेषक छन भने यथार्थकुरा जनतासामु ल्याईदिनु पर्यो र जनताले पनि गतविगतका पुस्तादेखि हालसम्मको उपस्थिति पीडी सम्मकाले बुझ्ने प्रयास गरिदियो भने नेपाल, नेपाली युवा युवतीहरुको समेत स्वाभिमान बच्न सक्नेछ, अन्यता आजको बहुमतीय सरकार भोलीको निन्दनीय आतंककारी अधिनायकवादको भारी बोकी त्यसैमा रुपान्तरण हुनेछ र नेपाली जनताले जससम्मको जस्तै अव उपरात्नसम्म पनि नेताले जे गर्यो त्यो जनताले सहनेछन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *