प्रधानन्यायाधीश लाई सर्वोच्चबाटै परमादेश

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, काठमाण्डौं, ११ चैत्र
न्याय क्षेत्र जनताको आशा र विश्वासको केन्द्र हो । जुनसुकै बेला पनि इन्साफ पाउला भन्ने सर्वसाधारण देखि माथिल्लो तह सम्मकाले सोचेको हुन्छ । यदि न्याय क्षेत्रलाई कसैले आफ्नो मुठिमा राख्न खोज्छ भने स्वाभिमानी न्यायाधीशहरु एकस्वरले त्यसको मुकावला गर्नेछन् र गर्नुपनिपर्छ । यदि बाहिरको मानिसले अदालत सम्बन्धमा केही सुझाव दिएपछि कसैको मन परेन भने मान हानीका मुद्दाहरु खेप्नुपर्छ । त्यसकारण जसरी आज सर्वाेच्चबाटै सम्माननीय प्रधान न्यायाधत्रीशलाई परमादेश दिएको छ । त्यो नै यस देशको स्वतन्त्रता र स्वाधिनता हो ।
सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ ।
लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा संविधान कार्यान्वयन र संवैधानिक कर्तव्य पूरा नभएको भन्दै दायर रिटमा सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेल, केदारप्रसाद चालिसे, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको बृहत् पूर्ण इजलासले न्यायपरिषद् र परिषद् अध्यक्षका नाममा उक्त परमादेश दिएको हो ।
गम्भीर संवैधानिक जटिलता जोडिएका विवादमा संवैधानिक इजलासबाट व्याख्या नहुँदा जनताको मौलिक हक रक्षामा आघात पुगेको दाबीसहित अधिवक्ता माधवकुमार बस्नेतले गत माघमा रिट दायर गरेका थिए । रिटमा यस्तो इजलास गठन नगरेका कारण संविधानको कार्यान्वयन, कानुनी शासन, संवैधानिक कर्तव्य पूरा गर्नुपर्ने पदाधिकारी तथा निकायले संवैधानिक कर्तव्य पूरा नगरेको लगायत प्रश्न उठाइएको थियो ।
सर्वोच्चको बृहत् इजलासबाट परमादेश जारी भए पनि लिखित रूपमा फैसला आउन भने बाँकी छ । गत वर्षको चैत मसान्तमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको अवकाशपछि संवैधानिक इजलास गठन हुन सकेको छैन । संवैधानिक इजलास नियमावली, २०७२ लागू भएपछि दर्ता भएका रिटमा सुनुवाइका लागि १८ पटक सम्म पेसी तोकिएको छ । तर सुनुवाइ भएको छैन । अन्तरिम संविधान २०६३ अन्तर्गत दर्ता भएका गम्भीर प्रकृतिका रिट समेत सुनुवाइका लागि उक्त इजलासमा पठाइएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *