महाकाली तटिय क्षेत्रका स्थानीय विपद्को उच्च जोखिममा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, ७ असार
महाकाली तटिय क्षेत्रका स्थानीय विपद्को सबैभन्दा बढि उच्च जोखिममा रहेको सरोकारवालाले बताएका छन् । दुवै देशका तटिय क्षेत्रका स्थानीयले महाकाली नदीको उच्च जोखिममा रहेको बताएका छन् ।
बिहीबार इन्जाफले महेन्द्रनगरमा आयोजना गरेको महाकाली सम्वादमा महाकाली तटिय क्षेत्र नेपाल–भारत दुवै देशका स्थानीय एव सरोकारवालाले पुर्व सुचना प्रणाली प्रभावकारी हुनुपर्नेमा जोडदिएका हुन् । इन्जाफका अध्यक्ष अशोक कुमार जैरुले नदी प्रभावित क्षेत्रको स्थानीयको सम्बोधनमा जोडदिए । कार्यक्रममा जनप्रतिनिधीले नदी प्रभावित क्षेत्रका स्थानीयको अधिकारका लागि पहल थाल्ने प्रतिबद्धता दिएका छन् । स्थानीय र प्रदेशका जनप्रतिनिधी सहित सरकारी अधिकारीले महाकाली नदी क्षेत्रका समस्या हल गर्ने बचन दिएका छन् । बेलडाँडीका प्रमुख धन बहादुर थापा, भीमदत्त
नगरका प्रमुख सुरेन्द्र विष्ट, सुदूरपश्चिम प्रदेश उद्योग वन, तथा वातावरण मन्त्री मायाभट्ट, राज्यमन्त्री प्रकास रावल लगायतका अधिकारीले कानुन बनाएर अघि बढ्ने जनाएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *