शिवधाम गतिविधि

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, ७ असार
शिवधाम क्षेत्र विकास समितिले वर्तमानका पदाधिकारीहरुलाई विदा दिई नयाँ समिति आओस भन्ने सोच बनाएको छ । आफैले भाडामा दिएको घर, जग्गा खाली गराउन सकेको छैन, त्यहाँ बसी अनधिकृत सुविधा लिन भाडा पचाई बसेका भए पनि शिवधाम समिति टुलु टुलु हेरी बसेको छ । त्यो मात्र छैन त्यस भित्र भाडामा बस्ने व्यक्तिहरुले अनधिकृत रुपबाट डाईरेक्ट विजुली प्रयोग गरेको छ । मिटर लाएको भए शिवधाम क्षेत्र जसको जग्गा हो उसको स्वीकृती नलिएर कसरी घर वत्ति लगाएको छ । विद्युत प्राधिकरण वितरण शाखालाई पनि कसरी छकायो कसरी लाईन जोड्यो त्यसतर्फ विजुली प्राधिकरणको ध्यान जानै पर्ने हुन्छ । त्यस बारेमा शिवधाममा बुझ्दा विद्युतमा गएर सचिव समेतले जानकारी गराएको भन्ने सुनिन्छ त्यसको यथार्थ विद्युत प्राधिकरणलाई बुझेमा प्रष्ट हुनेछ ।
यस्तै प्रकारले शिवधाम क्षेत्रको जमिन धर्मस्थलीको रुपमा जग्गा आवाद हुँदा देखि नै छुट्याएको र त्यसमा विभिन्न अतिक्रमणकारीहरुले कब्जा गरि बसेको बेला केहीलाई सामान्य प्रशासनिक बल तथा केहीलाई अदालतद्वारा निर्णय गराई हटाईएको थियो । त्यो क्षेत्र यस्तो देखिन्छ । त्यसमा धर्मावलम्बी तथा अतिक्रमणकारीहरुको पनि मन तान्ने रहेछ, त्यसभित्र बस्न चाहने छट्टुहरुले विभिन्न बाहानामा ठाउँ माग्ने त्यसपछि नछोड्ने, उल्टै धाम धम्की दिने त्यसबारेमा त्यहाँको समितिले जिल्ला प्रशासन कार्यालय लगायत नगरपालिकामा समेत कार्वाहीको लागि माग गरि निवेदन दिए पनि कार्वाहीको टुंगो १८ महिनासम्म लागेको छैन ।
शिवधाम क्षेत्र विकास सित आफै प्रशासनिक कार्वाही गर्ने अधिकार छैन । त्यसको लागि स्थानीय निकाय र जिल्ला प्रशासन सित अनुरोध गर्ने हो, तर जिल्ला प्रशासनको हकमा कुरा गर्दा ऐनको दफा किटान गरी भीमदत्त नगरपालिकालाई पठाई सकेको करिव ६ महिना भईसक्यो, नगरपालिकाले पनि प्रहरीलाई सहयोगको लागि पत्र लेख्यो तर कामै गर्न नगएपछि प्रहरीले कसलाई सहयोग गर्ने भन्दा न शिवधामले जवाफ दियो न नगरपालिकाले । अनधिकृत रुपबाट बसिराखेका एक दुई व्यक्तिहरुलाई हटाउन सकेन भने शिवधामको विकासतर्फ स्थानीय निकायको ध्यान गएको छ भन्न सकिदैन । त्यसभित्र साद पोशाकमा बस्ने माईजीहरु पनि देखिन्छन्, र केटीहरु पनि देखिन्छन्, ति को हुन भनेर बुझ्दा हाम्रै छोरी भदैहरु भन्छन्, त्यहाँ बस्ने माईजीहरु, को हुन, किन
बसिराखेका छन्, त्यस बारेमा समितिले खासै कुनै कारवाही गर्न सकेको छैन । त्यसकारण त्यसको लागि सम्बन्धित निकायबाट
जानकारी लिई राख्नुपर्ने देखिन्छ । किनभने भोलीको दिनमा त्यहाँ कुनै हत्या बलात्कार, हिंसा भएको नसुनियोस् भन्ने जनगुनास पनि रहेका छन्, यी जनगुनासहरु समिति तथा स्थानीय निकाय भीमदत्त नगरपालिका वडा नं. ४ कार्यालयले समेत गम्भिर रुपमा लिनैपर्ने देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय र नगरपालिका शिवधाम क्षेत्र विकसा समितिका अभिन्न अंग भएकाले यहि २०७६/४/५ गते हुन लागेको साधारण सभाद्वारा नयाँ समिति गठन हुने भएकोले समेत सम्पूर्ण आजीवन सदस्य तथा स्थानीय बासीहरुले समेत त्यसतर्फ ध्यान दिनेपर्ने ठानिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *