नेपाली शासकहरुको मनोवृत्ति

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाली राज्य व्यवस्था यसका शासकहरुको मनोवृत्ति आजका दिनमा खुला किताब जस्तै छर्लंग भएको छ । राणाकाल पुर्व पनि दरबारीया षडयन्त्र पराकाष्टासम्म पुग्ने गरेका थिए, देशभक्त काजी भीम मल्ल भोट लगायत विभिन्न स्थानहरुमा विजयी भएर गौरब साथ नेपाल फर्कदा षडयन्त्रकारीहरुको जालझेलमा पारी राजाद्वारा काट्न लगाईए त्यहीबाट त सतीको श्राप लागेको छ । भीम मल्ल कि धर्मपत्नीले नेपालमा भलो गर्नेको सदैव नाश होस भनि सति जादा दिएको श्रापले नेपाल पूर्णतः ढाकिएको छ । पाण्डे र थापाहरुको हानथापले काजी दामोदर पाण्डे काटिए भीमसेन थापाले नलाग्ने
खुकुरीले आत्महत्या गर्न खोज्दा ९ दिन सम्म दयनीय जीवन धान्दै प्राण त्यागे, यस्तै दुश्चक्रको भूमरीमा बुद्धिमान जंग बहादुर कुँवरले कोत पर्व भण्डार खाल, अलौ पर्वको रचना गरी तत्कालिन राजा राजेन्द्रलाई कैद गरी उनका छोरा सुरेन्द्रलाई राजा घोषित गरी स्वयं राजाज्ञाबाट नै राणा श्री ३
महाराज (कास्की र लमजुङ) प्रधानमन्त्री भई १०४ वर्ष राणा शासन रहे पनि जंग बहादुरको मृत्यु पश्चात उनका सन्ततिको वीर संमेशरहरुले नाश गरी श्री ३ को पदवी धीर शम्शेरका सन्तानमा सर्न गयो । श्री ५ त्रिभुवन दिल्ली निर्वासनमा जादा एक्ला ३ वर्षिय ज्ञानेन्द्रलाई तत्कालिन श्री ३ महाराजा मोहन शम्शेरले राजा घोषित गरे त्यो प्रयोग जंग बहादुरले सुरेन्द्रलाई राजा घोषित गरेझै थियो तर भारतमा अंग्रेजहरुको पतन भईसकेकोले त्यो सार्थक हुन सकेन र दिल्ली सम्झौता मार्फत राणा युग समाप्त भयो । त्यही कालखण्ड देखि नेपालमा भारतको गहिरो प्रभाव पर्दै आएको हो र त्यसलाई बेअसर गर्ने ओलीको कार्यलाई देशभक्ति राष्ट्रवादी आदि अलंकार लगाउदै सत्तारोहरण गरे । स्वाभिविक रुपमा भारत विरोधी भावना प्रवल हुँदा त्यसको लाभ प्रलाप शुन्य जस्तै भएको बोध गम्य हुने क्रियाकलाप स्पष्ट हुदैछन् । त्यसको उदाहरण विआरआई इण्डो पेशिफिक आदिबाट देखिदै छ । भारतसँग नझुके पनि फरक पर्दैन भन्ने आभाष गराउन खोजे पनि व्यवहारमा त गुठी विधेयकको मृत्युवरण जस्तै हुन लागेको देखिन्छ । चीन पनि नेपालसँग शसंकित भईसकेको छ । किनभने इण्डोपेसिफिक त चीन विरोधी सैन्य रणनीति अमेरिकाद्वारा निर्माण भएको छ यसबाट नेपाल भारत चीन भन्दा पनि युरोप अमेरिका निकट रहन खोजेको पुष्टि हुदैँछ । तर छिमेकी परिवर्तन गर्न त सकिदैन, भारतीय पर निर्भरता निरन्तर बृद्धि हुँदै १२ खरबको व्यापार घाटा बढी जसो भारतसँग नै केन्द्रित छ । सहुलियतको राष्ट्रवाद र यथार्थवादमा अन्तर त होला नै, करोड भन्दा बढी भारतीय भूमिमा नेपाली मूलको जीवन चल्दछ । त्यसालई विकल्प दिने सामर्थ नभईकन आखाँ जुझाउन खोज्नु “घुईतडीको सेड्या” को हाक भन्दा कसरी फरक होला ?
दुई तिहाईको सरकार भन्दै दंभ अहंकारले व्याप्त शासकहरु उन्मत्त भएका देखिन्छन् गुठी विधेयकबाट आफ्नै नेता कार्यकर्ता घोर विरोधी हुन गए फस्वरुप गुठी विधेयकलाई सामन्तवादको अवशेष देख्ने सञ्चार मन्त्री गोकुल वास्कोटा नमूनाकै रुपमा आवीर्भाव भएको भनि अत्यन्त आलोच्च बनी सकेका छन् । दल भन्दा पनि व्यक्तिको अहंकारमा केन्द्रित ओली सरकार नितान्त एकलौटी चल्न खोज्दैछ दलमा सरकारमा कही पनि छलफल विचार विमर्श भएको देखिदैन । यसबाट दलिय असन्तोष पराकाण्टामा पुगी रहेको छ । प्रचण्ड र ओलीका बीचमा भित्र भित्रै दावानल जस्तै घोर हानथाप प्रकट भईरहेको छ । चाणै नै भयंकर विष्फोट हुन सक्ने संकेत जवज र जनवाद सम्बन्धमा इश्वर पोखरेल र प्रचण्डका विपरित ध्रुविय घोचपेचबाट एकिकरणको
धरातल पनि हल्लिन लागेको छ ।
कुनै बेला पनि चाणै नै अप्रत्यायशित घट्न सम्भव देखिदैछ । कथनि र करनिमा विपरित धरातल भए अन्ततः विग्रह पनि विकल्प हुन सक्छ त्यस्तो भएमा नेपालबाट कम्युनिष्ट शब्द उखानमा रुपान्तरित हुन बेर लाग्ने छैन ।
शासकीय मनोवृत्तिका रुपमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रतीक जस्तै हुन पुगेका छन् । सञ्चार माध्यमहरुबाट सुनिए अनुसार संसद, समाज र स्वयं आफ्नै दल भित्र पनि गहिरो खाडल परिसकेको छ । त्यसैले त अरिंगाल झै जाई लाग्ने केपी ब्रमास्त्र निस्तेज हुन गएको छ । वास्तवमा यी शासकहरु यो दुई तिहाईको दंभमा यत्तिलीन छन कि शाशकीय स्थानमा जो पुगे पनि मौलिक गुण दुर्गुण जे सम्झे पनि सनातन देखि एकनास बन्ने गरेको
छ । हामी सर्वसाधारण प्रजाले यी दुष्ट र भ्रष्टहरुबाट कहिल्यै उन्मुक्ति नपाउने भएका छौं । अहिले पनि साम्यवाद भन्दै नवसामन्तवादी सोच प्रवल बन्दै गएको हुनाले पाच्य हुन असम्भव छ । यसको दुस्परिणाम आमसर्वसाधारणको भारको रुपान्तरण सीवाय अरु केही हुने वाला छैन राज्यकोष विरुद्धको लूट अनवरत जारी छ र त्यसैले विनाश निम्त्याउने पनि निश्चित छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *