वन विकास (भाग–९)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पाचौ योजना अबधिमा विभिन्न १० स्थानका शिकर क्षेत्रको प्रतिवेदन तयार गरिएको थियो । यस
अतिरिक्त शाही चितौन राष्ट्रिय निकुञ्जमा प्रस्तावित
नारायणी वन्य जन्तु आरक्षका केही क्षेत्र समावेश गरी
राष्ट्रिय निकुञ्ज क्षेत्र ठुलो पायिो । डोल्पा जिल्लाको शे फोक्सण्डो क्षेत्र समावेश गरी राष्ट्रिय निकुञ्ज स्थापना गर्न प्रारम्भिक कार्य पनि शुरु गरियो । यसै अबधिमा राष्ट्रिय वन योजना तर्जुमा गरिदा राष्ट्रिय निकुञ्ज तथा वन जन्तु संरक्षण कार्यालयलाई वन विभागको विषयविशेषको कार्यालयको रुपमा विकसित गर्ने दृष्टिकोण लिईयो ।
छैटौ योजना अबधिमा राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुमा विभिन्न भौतिक पुर्वाधारहरुको निर्माण एवं सुधार कार्यहरु संचालन गरिए । पर्सामा वन्य जन्तु आरक्ष र ढोरपाटनमा शिकार आरष तथा डोल्पा र खप्तडमा राष्ट्रिय निकुञ्जको स्थापना गरी राष्ट्रिय निकुञ्जहरु र
आरक्षहरु थ्प गरिए । यसरी यस योजनाकालदेखि अन्त सम्ममा निम्न राष्ट्रिय निकुन्जहरु, वन्य जन्तु आरक्षहरु र शिकार आरक्षको व्यवस्था भएको छ ।
राष्ट्रिय निकुञ्जहरु : सगरमाथा राष्ट्रिय निकुञ्ज
२ शाही चितवन राष्ट्रिय निकुञ्ज
३ लाङटाङ राष्ट्रिय निकुञ्ज
४ रारा राष्ट्रिय निकुञ्ज
५ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
६ खप्तड राष्ट्रिय निकुञ्ज
वन्य जन्तु आरक्षहरु
१ कोशी टप्पु वन्य जन्तु आरक्ष
२ शाही वर्दिया वन्य जन्तु आरक्ष
३ शाही शुक्लाफाट वन्य जन्तु आरक्ष
४ पर्सा वन्य जन्तु आरष
शिकार आरक्ष
ढोरपाटन शिकार आरक्ष
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा शिकार आरक्षहरुको स्थापना, संरषण एवं सम्बद्र्धन, विकास तथा व्यवस्थापनममा समन्वय गर्ने, संरषणमुलक पर्यटन सेवाको अभिवृद्धि गर्ने, प्राकृतिक तथा सांस्कृतिक सम्पदा मानिएको वन्य जन्तुहरुको संरक्षणबारे जनतालाई संरक्षणकार्यमा सहभागी बनाउन, प्रचार प्रसारको व्यवस्था गर्ने र जंगली जीवजन्तुहरुको आनीबानी, रहन सहन तथा अन्य विभिन्न पक्षमा भईरहेका अनुसन्धान कार्यहरु पनि गर्ने दृष्टिकोणबाट राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण केन्द्रीय आयोजना पनि संचालन गरिएको छ, हात्तीसार तथा चिडियाखानाको संचालन कार्य पनि यस आयोजना अन्तर्गत राखिएको छ ।
यसै योजनाकालमा वन विभागको विषयको कार्यालयको रुपमा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु आरक्ष कार्यालयलाई परिणत गरी स्तरोननति गरियो भने वन्य जन्तु आरक्ष कार्यालयलाई विभागमा परिणत गरी
स्तरोन्नती गरियो भने वन्य जन्तु संरक्षण ऐनमा आवश्यक संशोधन गरिएको र प्राकृतिक र प्रकृति सम्पदाको संरक्षण र व्यवस्थापन गर्नको लागि श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष ऐन, २०२९ को व्यवस्था गरी लागु पनि गरियो । यस कोषको कार्य संचालन तथा रेखदेख गर्न कोषका संरक्षक श्री ५ महाराजधिराज सरकारबाट अध्यक्षको मनोनीति गरिुबक्सने र मनोनीत अध्ययनबाट अरु १४ जनाहरुको मनोनयन हुने व्यवस्था अनुरुप हाल श्री ५ महाराजधिराज सरकारबाट श्री ५ अधिराज्यकुमार ज्ञानेन्द्र बीर बिक्रम शाह सरकारलाइृ अध्यक्ष तोकिबक्सेको छ । अध्यक्ष
सरकारबाट पनि संचालक समितीमा सदस्यहरुको मनोनयन गरिबक्सी कोष कार्य संचालन भइृरहेको छ । यस कोषको काम र कर्तव्य निम्न अनुसार हुने व्यवस्था छ ।
क) वन्य जन्तु तथा अन्य प्राकृतिक सम्पदाको संरक्षण सम्बद्र्धन र व्यवस्थापन गर्ने,
ख)राष्ट्रिय निकुञ्ज तथा आरषको विकासको निमित्त आवश्यक व्यवस्था गर्ने,
ग) वन्य जन्तु तथा अन्य प्राकृतिक सम्पदाको वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्ने,
प्रस्तुत राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु
आरक्षको संचालनबाट दुर्लभ हुदै गका र हुन सक्ने सम्भावना भएका वन्य जन्तुहरुको संरक्षण र सम्बद्र्धन भईरहेको छ भने राष्ट्रिय निकुञ्जहरुमा जथाभावी पसी निकुञ्जमा हानिनोक्सानी पुर्याउने नदिने तथा
शिकारहरु गर्नमा प्रतिबन्ध लगाई सुरक्षित गर्ने व्यवस्था गरिएको छ । यसरी सुरक्षित क्षेत्र १०४४४ वर्ग किलोमिटर पुगेको छ ।
दुर्लभ एवं महत्वपुर्ण मानिएका जंगली जीवजन्तुहरुमा कोशी टप्पु वन्य जन्तु आरक्षमा अर्ना, शाही बर्दिया वन्य जन्तु आरक्षमा कृष्णसार र गोही शाही शुक्लाफाटामा बाह« सिंगा, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा कस्तुरी, मृग, नाउर र ट्रान्स हिमालयन वनस्पति र शाही चितवन राष्ट्रिय निकुञ्जमा गोही, एक सिंगे गैडा, बाघ, भालु, चितुवा, गौरी गाई आदि प्रमुख जीवजन्तुको संरक्षण गर्ने कार्य भैराखेको छ भने अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षमा पनि त्यस स्थान विशेषमा पाइृने जंगली जीवजन्तुको संरक्षण र सम्बद्र्धन गरिने आरक्ष केन्द्रभित्र भु तथा जलाधार संरक्षण गर्ने, बोट विरुवाहरुको संरक्षण सम्बद्र्धन गरी जंगली जीवजन्तुहरुको उपयुक्त बासस्थान कायम गराउने जस्ता कार्यमागरी मनोरम राष्ट्रिय निकुञ्जहरु त्यार गर्ने कार्यहरुमा जोड दिदै आएको छ । यस्ता निकुञ्जहरु पर्यटनहरुका लागि आकर्षक केन्द्रको रुपमा रहन गइृ विदेशी मुद्रा आर्जनमा समेत पुग्न गएको छ ।
६. पुनर्वास कार्यक्रम
जमिन नभएका किसानहरुलाई प्राथमिकता दिई नयाँ क्षेत्रमा बसोबास गराए उनीहरुलाई व्यवस्थित रुपमा जीवन निर्वाह गर्न आवश्यक साधन जुटाईदिने र उनीहरुबाट नयाँ जमीनमा खेतीपाती गराई बढ्दो खाद्यान्नको माग आपुर्तीमा टेवा पुर्याउने दृष्टिकोणबाट पुनर्वास कार्यक्रम शुरु भएको थियो ।
तर पछि पुनर्वासको माध्यमबाट बसोबास गराइृ खेतीयोग्य भएको जग्गाहरुको आवाद गरी उत्पादन बढाउने दृष्टिकोणका साथै जनसंख्याको बढ्दो चापले पहाडी भेगबाट तराइृतर्फ जग्गाको खोजीमा झर्ने परिवारले बसोबासको लागि जंगल फडानी गरी अव्यवस्थित रुपमा बसोबास गर्ने प्रक्रिया शुरु भएकाले त्यसलाई व्यवस्थित रुपले बसोबास गराउने, दैबी प्रकोप वा अन्य विभिन्न कारणहरुबाट बिस्थापित परिवारलाई बसोबासको व्यवस्था गर्ने र पहाडबाट तराईतर्फ बसोबास गर्न बसाई सर्ने प्रबृति क मगर्न आर्थिक दृष्टिले उपयुक्त हुने किसिमको बसोबास कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकताको पृष्ठभुमिमा पुनर्वास कार्यक्रम संचालन हुदै आएको छ । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *