गुठीबारे किन अन्यौल ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

एकल निर्णयहरु सदियौं पहिले राजा महाराजा तथा निरंकुश शासकहरुले मात्र गर्दथे । आजको एक्काईसौं शताब्दीमा एकल निर्णय राष्ट्रको लागी गर्न मिल्दैन र प्राकृतिक नियम र नियत संगत पनि छैन । आज हाम्रो सरकार २ तिहाई बहुमत छ कुनै पनि प्राकृतिक नियम संगतका विषयहरुमा निर्णय गर्न सक्छ र जनताको पुर्ण समर्थन पनि रहनु पर्दछ । बहुमत भन्दैमा राज्य संचालनको बहुमत अवश्य छ, तर धर्म, संस्कृति, सामाजिक सद्भाव हाम्रो
परापुर्वकालदेखि संरक्षित गर्दै आएको धर्म संस्कृति रितिरिवाजमाथि सरकारले अधिकार जमाउन सक्दैन किन भने यो सरकार जनताको हो जनताले जे भन्यो त्यो मात्र गर्ने पुर्ण अधिकार छ तर जनताको विरुद्धमा बहुमतको सरकारले केही पनि गर्न मिल्दैन यदि गर्छ भने त्यो सामाजिक र नैतिक अपराध हुनेछ ।
आजभोली यहि शुक्रबार मात्रै काठमाडौं ललितपुर, भक्तपुरमा गुठी विधेयकको विरुद्धमा जो विशाल मसाल जुलुस निस्क्यो त्यो सामान्य छैन र त्यसलाई सरकारले सामान्य सोच्नु पनि व्यर्थ र घातक सिद्ध हुन सक्दैन होला भन्ने पुर्ण आधार हामी सित छैन । होलीवाईन देखि रुष्ट भएका नेपालीहरुले आज उग्ररुप लिन खोजेको छन्, होली वाईन भन्दा हाम्रो धर्म संस्कृति परम्परामा कुनै पनि नियत्ता छैन नीचता देखाउनु पनि हुदैन । पाँच हजार वर्ष पुरानो हिन्दु धर्म सित जोडिएका संस्कृति मास्नु र इतिहास मेटाउनु भनेको देशमा अराजकता अपनाउनु हो । सरकारले गर्नुपर्ने यस्ता काममा सभामा नअटाएका समुदाय व्यक्तिहरु सित औपचारिक अनौपचारिक छलफल सरसल्लाह गर्नैपर्ने हुन्छ । गुठी हाम्रो धर्म परम्परा, एकता तथा इतिहास सित जोडिएको अमर दस्तावेज हो । अंग्रेजकी
महारानीले जंग बहादुर राणा प्रधानमन्त्री देखि अत्यन्त खुसी भएकीले नेपाललाई केही पौण्ड सहयोग गर्न खोज्दा प्रधानमन्त्री जंगबहादुरले रानीलाई भन्यो मेडम हामी हिन्दु धर्मावलम्बी हौ केवल अर्काको मात्र हित चाहने र अरुलाई दान गर्ने दिने तर हामी दान लिने हैनौ भनेपछि रानी मौन भएकि थिइन र जंग बहादुर
राणा सित फोटो उपहार मागी शालिक बनाई जंग बहादुर
राणाको शालिक बकिङ्घम राजदरबार बेलायत राखिएको छ, अझै हेर्न सकिन्छ भन्ने गरिन्छ । देशमा शान्ति छावस एकता रहोस भनेर अधिराज्य भरीका मठमन्दिरहरुमा गुठीको व्यवस्था र सञ्चालन गर्ने नियम बनाएका थिए । नेपालमा मात्र होइन भारतका हिन्दु मन्दिरहरुमा पनि नेपाली तिर्थयात्रीको सुविधाको लागी अंग्रेजकै समयमा गुठीको बन्दोबस्त गरी नेपाली पण्डालाई लाल मोहर लगाई मोहरिया पण्डाको नामले चिनिएका छन् । भारतको बोधगया, गया, हरिद्धार, पुस्कर बनारस, बद्रीनाथ केदारनाथ जस्ता मन्दिरहरुमा गुठी रहेको छ । त्यसैबाट नेपाली तिर्थयात्रीले सुविधा पाएका छन् भने त्यस्तो जनताले पाएको सुविधालाई विधेयकको रुपमा राख्न बेमन्जुरी देखिन्छ ।
जनताका हरेक भावनाहरु गुठी मार्फत समेत एकतामा बाधिएका छन् । मन्दिरहरुमा भोग लगाउनको लागि गुठीको अन्न देवी देवताकै नामबाट प्रसादीको रुपले प्रत्येक तिर्थयात्रीहरुलाई गुठीको जमिनबाट उब्जिएको अन्नलाई प्रसादको रुपमा र भोगको रुपमा समेत प्रयोगमा ल्याई बचेको अन्नलाई गाउँभरीमा
भोकमरी भएमा वितरण गर्नको लागि समेत प्रयोगमा ल्याइने गर्दथ्यो र त्यो गुठीको संरक्षण गर्ने व्यक्तिलाई गुठीबाट केही मात्रामा निजी रुपमा जग्गा चलन गर्न र बाँकी उब्जनी मन्दिरमा चढाउन प्रयोग गर्ने गरेका थिए । हरेक देवालय मन्दिरहरुमा पर्वभरी दैनिक हवीको नामबाट होम हुने कुण्डमा नै तामाको ताउलामा प्रसादीका रुपमा भात पकाई प्रत्येक गाउँका जेष्ठ नागरिकहरुलाई खाना खुवाउने र त्यसैलाई प्रसादीको रुपमा घरमा पनि दिने गरेको पाइन्छ । नेपालको जस्तै भारतका तीर्थस्थलहरु जस्तै बद्रीनाथमा पनि दिउसोको एक पटक केही चामल पकाएर भगवान तथा पितृलाई पिण्ड दान गर्ने र तीर्थयात्रीले ग्रहण गर्ने चलन बर्तमानसम्म छदैछ । त्यो हिन्दुवादीहरुको मात्र नभएर सम्पुर्ण श्रद्धालूहरुको हितको लागि यी कार्यहरु गरिएका छन् । सरदारहरु विश्वभरी नै आफ्नो गुरुद्धारमा दैनिक भोग दिने चलन रहेको छ, त्यो गुरुद्धारमा जुनसुकै जाति, धर्मको व्यक्ति गए पनि श्रद्धापुर्वक प्रसादीको रुपमा खाना दिने गरेको छ । त्यो नै गुठीको मुख्य रुप हो भने नेपालमा चलिआएको धर्म संस्कृतिलाई तलमाथि गर्ने काम गर्नु नितान्त अनावश्यक उपलिब्धिहिन भएकोले गरिरहनु उपयुक्त लाग्दैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *