कैलाली–कञ्चनपुरमा हावाहुरीले क्षति

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २५ जेठ
हावाहुरीका कारण कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा क्षति पुगेको छ । हावाहुरीले विद्युतका पोलहरु ढलाएर विद्युत सेवा पनि सबै ठाउँ सुचारु हुन सकेको छ । हावाहुरीले झण्डै १५ सय घर टहरामा क्षती पुगाएको छ भने दर्जनौ परिवार विस्थापीत भएका छन् । दुवै जिल्लामा नीजि, सार्वजनिक, विद्यालय र प्रहरी चौकीका भवन समेत गरेर झण्डै एक हजार पाँच सय घरमा आशिंक तथा पूर्ण क्षती पुगेको बताईएको छ । प्राप्त विवरण अनुसार कैलालीमा झण्डै १३ सय र कञ्चनपुरमा दुई सय बढि घरमा क्षती पुगेको हो । कञ्चनपुरका वनहरुका रुखहरु ढलेका छन् ।
कैलालीमा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत जिल्लाका अन्य स्थानीय तहमा समेत गरेर करिब १३ सय घर टहरा भत्कीएका छन् । ती घर टहरा भत्कीएपछि दर्जनौ परिवार विस्थापीतभएको बताइएको छ तर विवरण संकलन गर्ने काम चलिरहेकाले संख्या बढन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नीरिक्षक प्रकाश डाँगीले जनाए ।
हावाहुरीबाट सबंैभन्दा बढि जिल्लाको धनगढी उपमहानगरपालिका प्रभावित भएको प्रहरीले जनाएको छ ।उता कञ्चनपुरमा हावाहुरीबाट एक सय ८५ नीजि घर र १४ वटा प्रहरी चौकी र अस्थायी प्रहरी चौकीका भवनमा क्षती पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कतिपय घरका छाना मात्र उडाएको छ भने कतिपय घर पूर्ण रुपले क्षती ग्रस्त भएका छन् । सबैभन्दा बढि जिल्लाको भीमदत्त र वेदकोट नगरपालिकामा क्षती पुगेको कञ्चनपुरका
प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर विष्टले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको विपद व्यवस्थापन समितिको बैठकले क्षतीको विवरण संकलनको जिम्मेवारी स्थानीय स्तरमा वडाअध्यक्षको संयोजकत्वमा गठित समितिलाई दिएको छ । उक्त समितिले विवरण संकलन
गरेपछि मात्र क्षती भएका घर टहराको विवरण आउने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिए । उक्त विवरण आएपछि आवश्यकताका आधारमा राहात वितरण गरिने प्रजिअ बोहोराले जनाए । त्यसका लागि राहात वितरणमा एकद्धारा प्रणाली लागु गर्दै सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको संयोजकत्वमा उप–समिति गठन गरिएको छ । तर हावाहुरीबाट आशिंक वा पूर्ण रुपले विस्थापीत भएकाहरुले प्रशासनिक निकाय र जनपतिनिधीले राहात वितरणमा ढिलाई गरेपछि समस्या भएको गुनासो गरेका छन् ।
हावाहुरीले कैलाली–कञ्चनपुरमा १५ सय हेक्टरमा लगाएको केरा नष्ट
बिहिबार आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरका किसानको व्यवसाय चौपट भएको छ । किसानले लगाएको केरा खेतीमा ९५ प्रतिशत क्षती भएको अनुमान गरिएको छ भने पोल्ट्री क्षेत्रमा पनि ५० प्रतिशत भन्दा बढि क्षती भएको छ ।
जिल्लाको गोदावरी नगरपालिकामा ९६ लाख बढिको लगानीमा एग्रिकल्चर फर्म सञ्चालन गरेका कञ्चनपुरका गजेन्द्र शाहीले पोल्ट्री व्यवसाय पनि सुरुवात गरेका छन् । तर बिहिबार साझको हावाहुरीले फार्महरुमा पूर्ण क्षती पुगेको शाहीले बताए । बेमौसमी तरकारी खेतीका लागि निर्माण गरिएको नेट हाउस हावाले उडाएको छ । एक करोड ६ लाख भन्दा बढिको क्षती भएको दावी मञ्जरी एग्रिकल्चरका सञ्चालनक शाहीको रहेको छ ।
शाहीको फर्म उहारण मात्र हो । कैलाली र कञ्चनपुरमा सञ्चालनमा रहका धेरै कृषि फार्महरुमा हावाहुरीले क्षती पुगाएको छ । गोदावरी क्षेत्रमा रहेका अन्य फार्महरुमा पनि क्षती भएको छ । हावाका कारण कृषि फर्मका लागि निर्माण भएका भौतिक संरचना तथा लगाएको तरकारहरुमा क्षती भएको हो । पोल्टी व्यवसायमा लगभग ५० प्रतिशतको हाराहारीमा क्षती भएको व्यवसायिहरुको दावी छ । पेल्ट्री व्यवसायिका ह्याचरी उद्योग, कुखुरा फार्ममा गरि झण्डै ६ करोडको क्षती भएको कुखुरा तथा अण्डा उत्पादन किसान संघ कैलालीका अध्यक्ष भुमन पाण्डेयले बताए ।
कैलाली–कञ्चनपुरका पाँच सय बढि किसानले लगाएको केरा खेती पनि ९५ प्रतिशत प्रतिशत नष्ट भएको छ । हावाहुरीका कारण केराका बोटहरु नष्ट भएका हुन् । कैलाली–कञ्चनपुरमा एक हजार ५ सय हेक्टर क्षेत्रफलमा केरा खेती हुदै आएको अनुमान गरिएकोमा ९५ प्रतिशतमा क्षती भएको दावी गरिएको हो । केरामा भएको क्षतीको मुल्याङकन नभएपनि व्यवसाय चौपट भएको केरा व्यवसायी संघका अध्यक्ष सुरेन्द्र चौधरीले जनाए । कृषि क्षेत्रमा भएको क्षतीको तथ्याङक संकलनमा स्थानीय तह र प्रहरी लागेका छन् । प्रदेश सरकारलाई हावाहुरीमा भएको क्षतीको विवरण आएपछि मात्र किसानलाई राहात के कती दिने भन्ने बिषयमा निर्णय हुने प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गत बर्ष किसानलाई राहात दिन नसकेको स्मण गर्दै प्रदेशको कृषि मन्त्रालयले यो पटकको हावाहुरीबाट किसानहरुको भएको क्षतीको क्षतीपूर्ति दिने मन्त्रालयको कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *