व्यवसायिक टर्नेलमा तरकारी खेतीतर्फ उन्मुख

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २४ जेठ
कञ्चनपुरको महाकाली नगरपालिका १० कुतियाकबरका स्थानीय महिला व्यवसायिक तरकारी खेती तर्फ उन्मुख भएका हुन् । भएको जमिन महाकाली र जोगबुढा नदीले बगाएपछि उनीहरुसंग बचेको थोरै जमिनमा टर्नेलमा तरकारी खेती गरिरहेका छन् ।
कमाउन श्रीमान घरबाहिर रहेकाले महिलाहरु नै तरकारी खेतीमा जुटेका छन् । उनीहरुले करेला, काक्र्रा, बेसार, भिण्डी, कुन्द्रुक खेती गरेका
छन् । मौसम तथा बेमौसम अनुसार तरकारी खेती गर्दै आएका छन् ।
कुतियाबरकी स्थानीय रितु सिजापतिले यस अघि महिलाहरु पनि बालुवा चाल्ने, मजदुरी गरि घरखर्च जोहो गर्दै आएका थिए ।
अहिले तरकारीखेती कसरी गर्ने भन्ने सम्बन्धमा तालिम लिएपछि सबै तरकारी खेतीमा उन्मुख भएको बताईन् । ‘हामीहरु गाउँमा १० महिलाले टर्नेलमा तरकारी खेती गरेका छौँ, ‘उनले भनिन, ‘बढि जमिन छैन्, त्यसैले बाँसको टर्नेल बनाएका हौँ ।’ उनका अनुसार निड्स नेपाल गैर सरकारी संस्थाले तरकारी खेती सम्बन्धी तालिम, टर्नेल निर्माण र सिँचाई प्रविधि दिएपछि खेतीतर्फ उन्मुख भएको बताईन् ।
अर्की स्थानीय कल्पना सुनारले पनि टर्नेलमा व्यवसायिक तरकारी खेती गरेकी छिन् । एक बर्षदेखि आफुहरु तरकारी खेतीमा जुटेको उनले बताईन् । ‘यहँँ उत्पादन गरेको तरकारी पारी भारतमा बेच्छौँ, ‘उनले भनिन, ‘नेपालमा लैजानै समस्या छ, भारतीय व्यवसायी घरमै आएका किन्छन् ।’ थोक दरमै घरबाटै बिक्रि गर्ने गरेको उनले बताईन् । अहिले करेला र गुन्द्रुक खेती गरेका छन् । करेला २० र कुन्द्रक ३० रुपैया किलो थोमकै बिक्रि गरिरहेका छन् । तरकारीबाट आएको आम्दानीले घरखर्च चरिरहेको उनले बताईन् । यस अघि किनेर तरकारी खाने गरेको बताउदै घर खान र बिक्रि गरेर घरखर्च चलिरहेको उनले बताईन् । ‘धेरै जमिन भएको भए अझै तरकारी खेती गथ्यौँ, ‘उनले भनिन, ‘कम जमिन कमै तरकारी खेती गर्छौ ।’
निड्स नेपाल महाकालीका समाजिक परिचालक सुनिल सेट्टीले कुतियाकबरमा महिला शसक्तिकरण मार्फत कार्यक्रम संचालन गरिएको बताए । उनका अनुसार महिला समुहमा तरकारीखेती तालिमका साथै टर्नेल निर्माण गरिदिएपछि स्थानीय कृषक तरकारीखेती तर्फ उन्मुख भएका छन् । तरकारी खेती सम्बन्धी तालिम, थोपा सिँचाई प्रविधि दिएपछि महिलाहरु तरकारी खेतीमा जुटेको उनले बताए । तरकारीखेतीमै सीमावर्ती गाउँका महिलालाई आत्मनिर्भर बनाईनुपर्ने उनको भनाईछ । उनीहरुले उत्पादन गर्ने तरकारी विषादीरहित भएकाले स्वास्थ्यका लागि समेत लाभकर हुने छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *