भ्रष्टाचारको घेरा भित्र नेपाल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कुनै सार्वजनिक काम गरे वापत कमिसन लिनु दिनु दलाली गिरी गर्नु गराउनु यी त नियमित प्रक्रियाका भ्रष्टाचार भए सर्वसाधारणको भनाईमा जसले मह काट्छ उसले हात चाट्छ भन्दछन् । त्यस्तै हो काम गर्ने गराउनेले हात चाट्छु मह होस या खुदो होस या चुक, चुकै निचोरेर पनि हात चाटी हाल्छन् भनाई हो जतिसुकै कडाई गरे पनि भ्रष्ट व्यक्तिहरु भ्रष्टाचार गर्न छोड्दैनन् । मेरो प्रत्यक्ष सम्पर्क भएका मन्त्रि मध्ये खुमबहादुर खड्का थिए उनकी भान्जी हु भन्ने दिपा बस्नेत मार्फत म सँग उद्योगको भवन किनबेचमा बार्गेनिङ गर्न खोज्यो म मन्जुर भईन बैंकबाट ऋण झिकेर घुस दिन मनले मानेन बरु जायज्याथा लिलाम भए होस् जनताकै सम्पत्ति बढ्छ मेरो घटे घटोस जे नसीवमा छ त्यो रोकेर रोकिदैन भन्ने सोचे काम गर्दै गए फलको आसा मारेकै थिए तै पनि कर्म गर्दा स्वतः फल पाईने रहेछ । चित्त बुझ्यो भन्ने सन्देश सबैसँगै पुगोस सत्यमा ईश्वरले साथ दिने नै रहेछन्, भन्ने लागेको छ ।
राजा भ्रष्टाचार गर्दैनथे उनलाई पुरै देश आफ्नै हो आफै के को लागी र कसका लागि छलछाम गरु भन्ने थियो । तर केही भ्रष्ट प्रवृत्ति भएका व्यक्तिले भने राजालाई छलछाम गर्न खोजेको होइन भन्न सकिदैन । भ्रष्टाचार पैसाको लेनदेन मात्र होइन जनतालाई दुःख दिने बनेको संरचनाको उपभोग नगर्नु दुरुपयोग गर्नु, बनेका संरचना तोडफोड परिवर्तन गर्नु, आन्दोलन क्रान्तिको नाममा देशमा तोडफोड लुटपाट गर्नु । साँझा सम्पत्ति माथि अधिकार जमाउनु अरवौ रकम खर्च गरी निर्माण गरिएका संरचनाहरुको मर्मत सम्भार नहुनु गलत नीति तर्फ देशलाई धकेल्नु राष्ट्रिय योजनाहरुको निर्माण गर्दा कार्यालय, माथिल्लो कार्यालय, सचिव, मन्त्रिहरु सितको भागबण्डा हुनु प्रत्यक्ष भ्रष्टाचारको नीति नै हो । नेपाली नागरिकहरुबाट खोलिएका उद्योगहरु बन्द गराउने शोषण गर्ने तर विदेशी उद्योगहरुलाई फस्टाउने नीति लिनु ।
साच्चै भन्दा वर्तमानमा फैलिएको भ्रष्टाचारको नीति परिवर्तन हुनु पर्दछ । अन्यथा नेपाललाई भ्रष्टाचार मुक्त गराउन कोही पनि सक्दैन । न्यूनिकरण गर्न सकिन्छ । नेपाल भ्रष्टाचारको घेरा भित्र रहेको त्यो घेरा जसले तोड्न खोज्यो उतै गएर बसी दिनु ।
प्रमाणको लागि नेपाल सरकारको पूर्ण स्वामित्व रहेको वायुसेवा निगमका जहाजहरु जुन २०४७ को परिवर्तन पछि खरिद भए अथवा भाडामा लिईए त्यसमा भएको दशौं गुणा बढी भ्रष्टाचार जस्तै लाउडा काण्ड इत्यादिबाट के प्रष्ट हुन्छ भने ज्यालामा लिएका जहाजहरुमा समेत खरिद मुल्यको रुपमा बढी विलिङ गर्ने रहेछन् । जव प्रधानमन्त्री मन्त्रि स्तरबाटै जहाज काण्डहरुमा यस्तो भ्रटाचार भएको जनता हेरिरहेका छन् । उड्ययन मन्त्री रहेका मात्र नभई प्रधामन्त्री गिरिजा प्रसाद कोइरालाका दाहिने हात तारणी दत्त चटौतले आफू सत्तामा भएको बेला मझगाउँ हवाई मैदानमा प्लेन सर्भिस चलाउन सुरु नगरी लाउडा मोहित काण्डमा मुछिई भ्रष्टाचार गर्दाले नै यहाँका जनताले उनलाई त्यसपछि मत नदिई विकल्प खोजे भने अझै पनि राष्ट्रको एकमात्र वायुसेवा निगमले अथाह सरकारका नेताहरुलाई नै पालेको छ । जनताका पसिना मात्र नभई रगतबाट सिन्चित वायु सेवा निगम माथि रजाई गरेको छ । मनमानी गरेको छ । निरंकुश कालरात्री भनिने पंचायती व्यवस्थामा समेत चालिस बर्षरसम्म लगातार सुपका सबै जिल्लाहरुलाई सेवा पुर्याएको मझगाउँ हवाई मैदान आज गौचरन बनेको छ । हेर्दा आशुँ नबगाउने को होला ?
यो भन्दा ठूलो भ्रष्टाचार हामीले जाने बुझेको केही हुन सक्दैन । साँच्चै भन्नुपर्दा माथिबाट योजनाबद्ध गरिएको भ्रष्टाचारलाई रोक्न कसैले चाहेपनि सक्दैनन। जो रोक्न सक्छ भ्रष्टाचार उतै गएर बसिदिन्छ भन्नुको अर्थ हो अख्तियारका आयुक्त नै भ्रष्टाचारमा लिप्त भई वर्तमानमा नै धरौटीमा रिहा भएको छन् । पाठक बृन्द बुझ्नुहोस् कि भ्रष्टाचार जसले रोक्छ उतै गएर बसिदिन्छ भनेको यहि हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *