विकसित राष्ट्रहरु किन राजसत्ता चाहन्छन् ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज यदि हामीले विश्वको अध्ययन गर्ने हो भने हामी आफैलाई विर्से जस्तो लाग्न सक्छ । हाम्रो अविकसित मुलुकको इतिहास हामीले अमर राख्न सकेका छैनौं ।
हामीले हाम्रो इतिहास जीवित राख्नु पर्दछ । इतिहास नराम्रो या राम्रो जस्तो सुकै भए पनि त्यो नै हाम्रो देशको पहिचान हो तसर्थ इतिहास अमर राख्नु हामी सबैको धर्म हो । जस्तो कि ठूला ठूला विकसित राष्ट्रहरुले केवल आफ्नो इतिहास जोगाउनकै लागी आफ्नो राजसंस्थाहरुलाई जिवित राखेका छन् । देशको कार्यभार प्रधानमन्त्री मन्त्रिहरुको जिम्मामा रहन्छ । केवल देशमा यौटा सर्वमान्य संस्थाको आवश्यक ठानेर सर्वमान्यको लागी सबै पार्टीको एकल प्रतिष्ठित
राजसंस्था जोगाई राखेका छन् । विश्वभरीका सबै राष्ट्रको कुरा गर्नु भन्दा पनि हामी केवल २ राष्ट्रमा जापान र इंगलैण्डकै कुरा गर्ने हो भने पनि अंग्रेजहरुले अव राष्ट्रमा राजसंस्थाको आवश्यकता छैन भनि राज्यक्रान्तिले राजसंस्था निलम्बन गरी राजाको हत्या नै गरेका थिए भने जापानले आफ्नो राजा र राजसंस्था प्रथम द्धितीय विश्वयुद्ध पछि पनि मर्यादाका साथ संरक्षण गरी रोखका छन् । राजाकै बेलामा जापानको नाकासाकी र हिरोसिमामा परमाणु बम प्रहार हुँदा दुवै शहरका सम्पूर्ण नागरिकको मृत्यु भएको थियो । त्यसपछि राजाले आत्मसमर्पण गरी थप क्षति हुनबाट जोगिएको जापानले समेत आफ्ना राजालाई स–सम्मान र सुरक्षितका साथ राखेका छन् । भने अंग्रेजले राजा हटाएको कम्तिमा १० वर्षपछि राजसंस्थाको आवश्यकता ठानी पुनः राजसंस्थाको स्थापना गरेको इतिहास विश्व सामु छ । पार्टीगत सिष्टममा राजा सबैको साँझा हुन्छ उसको कुनै पार्टी सित पनि लगाव हुदैन सबै राजनीतिक पार्टीलाई राजाले समान तरिकाले हेर्दछ । देशभरीका सबै नागरिक राजाको नजरमा एकै हुन्छन् तर इमान्दार व्यइमान तर्फ भने सबैले विचार पुर्याउनै पर्दछ । राजा हटाउने कुनै देशहरुले राज्य आतंक नमच्चाएर सभासद्हरुबाट निर्णय गराएर हटाएका पनि छन् र हटेका पनि छन्, ।
विश्वको शासन व्यवस्था एकनासको हुदैन । शासनशैली अलग अलग तरिकाको हुन्छ तर समग्रमा जनताका कल्याण हुने काम गर्नु नै हो ।
जापानमा त आजसम्म राजाको परिवर्तनसँगै नयाँ युगको सुरुवात भएको पनि मानिने गरेको छ । ८५ वर्षका राजा अकिहितोले ३१ वर्ष राज्यरोहणमा रहेर २०० वर्षको इतिहासमा उनी राजगद्धी त्याग्ने प्रथम व्यक्ति हुन । पछि ५९ वर्षिय राजकुमार नारुहितो राजगद्दीमा बसे अकिहिताको हेईसेई युगको समाप्तीसँगै रेइवा युग सुरु भएको छ । नारुहितो राजा रहन्जेल रेइवा युग मान्ने रहन्छन् जापानीहरुले । यो उनको सँगै जापानको राजा र देश दुवैको इतिहास हो । देश सानो ठूलो जस्तो सुकै भएपनि आफ्ना देशको इतिहास आफै जोगाउनु पर्दछ । देशका नेताहरुले राजालाई मारेर हटाएर शासन गर्नु कुनै ठूलो बहादुरी होईन, बहादुर त त्यो हो जसले ऐतिहासिक राजसंस्थालाई जापान र अंग्रेज इंगलैण्डको जस्तै स–सम्मान राखी जनताका सेवा सुविधा आफूले प्रदान गर्नु पर्छ । खास गरेर हाम्रो जिज्ञासा के हो भने यस्ता ठूला विकसित राष्ट्रहरुले राजसंस्थालाई जोगाई राख्नु तर हामी जस्ता अविकसित राष्ट्रले राजसंस्था परित्याग गर्नुको अर्थ के भन्ने मात्र हो ?
देशको इतिहासमा दखल पुग्ने काम गर्नु त राम्रो होइन राजसंस्था कै जिम्मामा देश दिनु पर्छ भन्ने मनसाय कुनै हालतमा पनि राम्रो होइन तर जनताको जिम्मामा दुवै हुनु पर्दछ । देशको संरचना निर्माणमा राजसंस्थाको योगदानलाई पनि ऐतिहासिक रुपमा सम्झने गरी राखी अगाडी बढ्नु पर्ने कार्य ज्यादै राम्रो थियो । जे सुकै भए पनि अझै पनि राजसंस्थालाई पनि सल्लाहकारका रुपमा भए पनि सल्लाह लिएर अगाडी बढ्नु नै बेहत्तर हुन्छ कि ? भन्ने मनसाय हो । यो देशमा को भन्दा को कम भनि चाहिदो नचाहिदो विरोध मात्र गर्ने प्रवृत्ति भएकोले त्यो रोक्नु पर्ने आवश्यकता पनि छ । विकल्प सर्वमान्य एक हुनु जरुरी छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *