विचित्रको एकिकरण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दलीय पद्धतिको विकाससँगै गुण अवगुण सबै प्रकट हुन गए । यद्यपि आस्था, सिद्धान्त र दर्शनको नाममा अनेक दल निर्माणको निरन्तरता जारी छ । टुटफुट मात्र होइन विचित्र एकिकरण पनि समय समयमा प्रकट भइरहेका छन् । एकले अर्काको विरोध मात्र होइन संस्कार विहिन घृणा पनि व्याप्त छ । यस्तो अवस्था एउटै देश भित्र अटाएका मानवहरु बीच सिद्धान्तकै निम्ति यत्तिको विभाजन आएको हो त ? यो अहम प्रश्नको सम्यक र वस्तुपरक विश्लेषण आवश्यक लागेको छ ।
देशमा यस प्रकारको अस्थिरता र बेमेलका बीच राजनीतिको पेशा गरी रहेका वर्ग बीच कुनै विषयमा पनि एकत्व हुनै नसक्ने होइन, लाभका विषयमा एकमत देखिन्छन्, भागबण्डा लगाउनमा सहमति बन्ने गर्दछ । दलीय पद्धति मात्र होइन दल विहिन अवस्थामा पनि यो जीवन्त थियो, ०४६ सालमा कांग्रेस कम्युनिष्ट मिले तर सत्ताको सीढी बनाउन मात्र उद्देश्य थियो, कांग्रेसका
गिरिजाले संसद भंग गरे कृष्ण प्रसाद भट्टराई गणेशमाहरु कांग्रेस परित्याग गर्न बाध्य भए त्यो केवल सत्ता एकाधिकारका लागि मात्र थियो त्यस्तै भाग शान्ति हुँदासम्म मिल्दै आएमा कांग्रेस कम्युनिष्ट ठूलै विरोधी बन्दै गए यत्तिसम्मको कटुता थियो कि अछुत सम्झिएका महापन्चहरु क्रमशः लोकेन्द्र सूर्य बहादुर प्रधानमन्त्री बन्न सफल भए बनाईए रा.प्र.पा. खोलेका पंचहरु विभिन्न नामले वर्गिकृत भए चन्द थापा हुँदै मिल्दै फुट्दै आजका दिनमा ३ चिरा परी सके त्यो केवल सत्ता स्वार्थका लागि तथा कथित पदवीमा आसीन हुन मात्र रहेको तथ्य खुला छ, कांग्रेस विभाजित भयो फेरी जुट्यो तर भागबण्डा जारी रह्यो र छ त्यसैले बामपन्थि झलनाथ टाइपहरु कांग्रेस हराएको खोज्न पर्ने भयो भनि निर्धक्कसँग तेजोबध गर्ने सामर्थ राखे, केही दिन पुर्व
रा.प्र.पा. संयुक्तका पशुपति शम्शेर र प्रकाश चन्द्र लोहनी बृहत प्रजातान्त्रिक एकिकरणको सुर बजाउन थाले, पंचहरुमा त एकता नभई रहेको बेला बृहत एकता कतिसम्म हास्यास्पद छ सहजै अन्दाज गर्न सकिन्छ ।
वर्तमान सरकार दुई तिहाईको प्रचण्ड बहुमत राख्दछ, यसले चाह्यो भने संवैधानिक रुपमा नै व्यवस्था परिवर्तन गर्न सक्छ एक अर्कालाई देखि नसहने कट्टर दुश्मन जस्तै बनेका एमाले, माओवादी एकाकार भएको घोषणाले गर्दा कांग्रेस समाप्त पार्न सफल भएका छन् । एकिकरणको वर्ष दिन नाघी सक्यो तर समग्र एकिकरणको साटो घीउ बेचुवा र तरवार बालाको जस्तो परिहाँसजनक व्यहोरा बाहिर प्रकट भयो । दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री हुँ भन्ने बोध गराउन गएका ओली त निराशाको पराकाष्टा भोग्दै अस्त पीडामा रहेका स्पष्ट देखियो, यो एकिकरण विचित्रको अविश्वशनीय, अत्यावहारिक थियो र चाणै टुक्रा टुक्रामा विभाजित हुने खतरा गंभीर मोडमा पुगी सक्यो, अघोषित रुपमा विभाजित भएको आम सर्वसाधारणले बुझ्यो । घोषित रुपमा ने.क.पा. फुट्ने मात्र होइन गंभीर विषय त कथित बामपन्थ विश्व रंग मञ्चमा जसरी अपबाद भएर उभिएको थियो निकट भविष्यमा अछुत जस्तै हुन वेर छैन । दर्शन सिद्धान्तको स्थान द्रव्य र पदवी मोह भए पछि स्वाभाविक परिणति यही मात्र देखिन्छ नेताजीहरुका हानथापले आम सर्वसाधारण जुन आस्था,
भरोसा बोकेका थिए त्यो आशंका घृणा र अविश्वासमा रुपान्तरित भईरहेको देखिन्छ । साम्यवादी भनिएका कतिपय नियन्ताहरुको दिनचर्या शान शौकत पदवी देख्दा सामन्त गए भनेपछि महासामन्तहरुको उदय भयो भनि सामान्य जनलाई समेत बोध गम्य भएको छ । एकिकरण नाम दिए पनि भागबण्डा र पदवी परिवर्तनकै लागि कथित विचित्रको एकिकरण भएको रहेछ भनि बुझ्न कठिन छैन । यसको खुलाशा पनि पार्टी अरु पक्ष र प्रधानमन्त्री समेत रहेका ओलीको औपचारिक भारत भ्रमणकै क्रममा हुनु सामान्य हुनै सक्तैन, आउदा दिनमा ओलीले पदवीको मोह नगरी सत्तारोहण अर्कोलाई गराउलान भनि कल्पना गर्नु समेत व्यर्थ छ । यस्तोमा झर्ला र खाड्ल भनि प्रतिभारत प्राणीलाई सामान्य रुपले सत्ता सौपिन्छ भनि सोच्नु समेत मुर्खता हुनेछ । प्राण गए पनि ओली साइप पदवी छोड्नु हुन्न बरु सट्टामा पुराना छिपेका तर प्रष्ट बुझिएका विविध घटनाक्रम खुल्दै कानूनी शिकन्जामा फस्ने सम्भावना पनि प्रवल झै लाग्दछ । हेगमा सुनवाई हुने न्यायालय पनि एकदम नजिक छ भन्ने सञ्चार माध्यमहरुको भाकाले प्रकट गरि रहेकै छ । अख्तियारमा त कैयौ काला करतुत बेला बेलामा संकेत गर्दै आएको देखिन्छ ।
मधेशी दलहरुका कथित एकिकरण प्रयास वीरवलको खिचडी जस्तै पाकि रहेकै होला । ने.क.पा.का एकजना अध्यक्षले त विप्लव पनि आउँछन भनि सार्वजनिक रुपमा नै बोली रहनु भएको छ । पहिले भइसकेको भनिएको एकिकरण वास्तविक हो भनि हामी आम सर्वसाधारणले पत्याउने ग्यारेन्टी त गर नत्र यो नाटक धेरै दिन चल्ने छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *