पुरानै अवस्थामा महाकाली अञ्चल अस्पताल र मझगाउँ एयरपोर्ट

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १८ जेठ
कञ्चनपुर बासीहरुले सबै जिल्ला सरह मालपोत, पानी पोत, घर बहाल कर लगायतका सम्पूर्ण करहरु नेपाल सरकारलाई बुझाउने गरिएको छ । त्यही कुरालाई मनन् गरेर २०३२ सालमा मझगाउँको हवाई मैदानको दर्जुमा मिलाएको हो भने २०२७ सालसम्म स्वास्थ्य केन्द्रको रुपमा रहेको बर्तमानको महाकाली अञ्चल अस्पतालको स्तर उन्नति २०२९ सालदेखि हुँदा हुँदै २०३२ साल फागुन ७ गते ५० बेडको अस्पताललाई उद्घाटन गरेको थियो भने त्यसपछि थप बेडहरुको भवन २०४८ सालतर्फ सुरु भई थप स्तर उन्नति गरियो । आज भौतिक साधनहरुमा महाकाली अञ्चल अस्पतालमा कमी नभए पनि अस्पताल पुरानै अवस्थामा छन् तर मेनपावर भने दिनप्रतिदिन घट्दै गईराखेका छन्, यो उल्टो काम के अचम्ब भएको होला ।
मेनपावरको हकमा कुरा गर्ने हो भने मेनपावर पनि प्रसस्त छदैछन्, जव महेन्द्रनगर स्वास्थ्य केन्द्र छदा त्यहाँ डाक्टर धुब्रमान श्रेष्ठ थिए । उनी एकल डाक्टर भएपनि उनी रातदिन जनताको सेवामा तल्लिन भईरहेका हुन्थे । विरामीको संख्या अथाह थियो बेड नभएकाले मात्र चौरमा चरपाई विछाएर सुत्थे भने आज अध्यधिक सुविधा छ मेनपावर पनि धेरै छ । छुट्टि हुनु भन्दा पुर्व १०/१५ मिनेट पुर्व गईसकेका हुन्छन् ।
त्यस्तै जव हवाई मैदान नौलो थियो एउटा ग्राउण्ड मात्रै रहेको बेला पाईलटहरुलाई समेत असजिलो हुने भएकोले त्यसमा टर्मिनल भवनको निर्माण गरेको छ । पहाडी भेगतर्फ जाने यात्रीहरुको संख्या निकै थियो एक महिना दुई महिना पहिले नै टिकट काटेर ग्राहक बसिराख्थे । अत्याधिक भारतको बम्बै, दिल्ली, विदेशी साउदी अरब, कतार आदि देशहरुबाट आउने बहुसंख्यक पर्यटकहरु आउदाँ यस क्षेत्रको व्यापारमा समेत निकै आम्दानी भएको थियो । त्यस कारणले प्रदेश नम्बर ७ का सबै जिल्ला र बाँकी अन्य ठाउँमा जान सक्ने गरी हवाई मैदानको निर्माण पुनः सञ्चालन गर्न यहाँका जनताले यहाँकै प्रादेशिक सरकारलाई हार्दिक अनुरोध गरेको देखिन्छ ।
निर्माण केही बर्षपछि कञ्चनपुर उद्योग वाणिज्य संघले महाकाली अञ्चल अस्पतालको स्तरोउन्नती र बन्द रहेको मझगाउँ एयरपोर्ट सञ्चालनका विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार उद्योग वाणिज्य संघको हलमा गरिएको अन्तरक्रियामा नगर प्रमुख सुरेन्द्र विष्ट, बेदकोट नगर प्रमुख अशोक कुमार चन्द, उद्योग वन वातावरण तथा पर्यटन राज्य मन्त्री प्रकाश रावल लगायत विभिन्न संघ संस्था, सुरक्षा निकाय तथा नागरिक समाज कञ्चनपुर सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा भाग लिएका सहभागिहरुले महाकाली अञ्चल अस्पतालको स्तर बृद्धि गरी चुस्त दुरुस्त सेवा दिन लायक अस्पताल बनाउन सबैले आ–आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।
समाजमा सकारात्मक सन्देश फैलाउन सहि परिपाटीको विकास गर्नु जरुरी रहेको बताउदै सहभागीहरुले जसले जहाँबाट जे पहल गर्न सकिन्छ आ–आफ्ना ठाउँबाट पहल गरी अञ्चल अस्पताल सुधार गर्नुपर्ने र एयरपोर्टलाई सञ्चालन गर्न सरकारलाई दवाव सिर्जना गर्नुपर्ने बताएका छन् । बन्द विमानस्थल खुलाउन सरकारलाई ज्ञापनपत्र बुझाउने स्थानीय सरकार र प्रदेश सरकारलाई समेत पहल गर्न आग्रह गर्ने र जनप्रतिनिधिलाई दवाव सिर्जना गर्न आग्रह गरिनुपर्ने सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले अञ्चल अस्पतालको स्तर बृद्धि र एयरपोर्ट सञ्चालनका लागि सहयोग गर्न र यसका लागि सम्बन्धित निकायमा पहल गर्न नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले निजी क्षेत्रबाट गर्न सकिने पहलका लागि उद्योग वाणिज्य संघ प्रतिबद्ध रहेको बताए । वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उद्योग उपाध्यक्ष हेमराज जोशीले गरेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *