राजा विरेन्द्रको सम्झनाका दुई हरफ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

म हरेक पाईला पाईलामा राजा विरेन्द्रलाई सम्झन पुग्दछु । मेरो व्यक्तिगत चीनजान थिएन । २०५८ जेठ १९ गते नेपाल रोयो राजदम्पत्ति लगायत नातेदार समेत सबैलाई लग्यो जेठ १९ ले । जव २०३७ सालको वर्षादमा सुदूरपश्चिममा भुकम्प गयो राजा विरेन्द्र तुरुन्त घटनास्थल पुगे बैतडीको पाटनमा भ्रमण मुकाम बनाएर कमसेकम १५ दिन मुकाम रह्यो । हरक ठाउँमा राजा पुग्न लागेका र राहत वितरणको काम के कसरी भईरहेको छ भनेर विना कार्यक्रम पनि जुनसुकै समय जुन सुकै ठाउँमा पनि गईदिन थाले राहत वितरण गर्ने कर्मचारी नेताहरु पनि फिल्डमा थिए निरिक्षणकै क्रममा राजा एक दिन दोफरीमा सबै रेष्टमा भएको बेला थियो होला, पाटनमा नै क्याम्प भएपनि एक दिन अचानक राजा विरेन्द्र पाटनको स्कुल ग्राउण्डमा हेलिकेप्टर बस्यो, म खाना खाई रहेको थिए सबै भन्दा नजिक डेरा थियो, प्रजिअ पनि म सँगै खाना खाईरहेका थिए मैले खान छोडी हेलिकेप्टर बसेको ठाउँमा पुगे राजा बाहिर उत्रिए र विद्यालयको आगनमा पुगे म पनि सँगै पुगे विद्यार्थी शिक्षक कोठामा नै थिए एक्कासी विद्यार्थी बाहिर निस्किए राजाका बायातर्फ नजिकै म थिए
राजाले सोधे office कतातर्फ छ मैले उत्तर दिन सकेन अफिस तर्फ हातको इसारा गरे राजा अफिसमा गए २ मिनेट बसेपछि राजा फर्किए ।
स्कुललाई फर्निचरमा रु १० हजार र बुंगल र नाकालीका भुकम्प पिडितहरुलाई राहत वितरण के कसरी भईराखेको छ भन्ने मनसायले बैतडीको पुर्चौडी नाकालीमा एक दिने क्याम्प राखी त्यहाँ राहत वितरण गर्ने कर्मचारीहरुलाई भेटी पिडित परिवारलाई इमान्दारीपुर्वक चौविसै घण्टा राहतमा तल्लिन भईराखेका कर्मचारी पदाधिकारीहरुलाई स्यावासी दिदै अर्को ईलाकातर्फ लागी बेलुका भ्रमणको मुकाम पाटन फर्किनु भयो, राजाको सवारीमा खटिएका हरेक पदाधिकारीहरु पिडितहरुको गतिविधि मुकाममा पेश गर्दथे । त्यहीलाई आधार मानेर त्यस ठाउँको निरीक्षण गरी त्यहाँका जनतालाई दिर्घकालिन रुपमा के गर्न सकिन्छ सबैलाई बुझेर पेश गर्नु भनि प्रमुख जिल्ला अधिकारी र जिल्ला सभापतिलाई निर्देशन दिएका थिए । सोही आधारमा प्रमुख जिल्ला अधिकारी
इन्द्रनारायणलाल कर्ण र जिल्ला सभापति वीरभद्र जोशीले माहाकाली अञ्चल भरीका र बझाङ्गका केही स्थानीय निकायका प्रमुखहरुलाई तथा जिल्ला सभापतिहरु प्रधानपंचहरु समेतबाट तुरुन्त राय मागी क्याम्पमा पठाउने गर्दथे । सोही सिलसिलामा उक्त पिडित क्षेत्रका जनतालाई राहतको लागि दिर्घकालिन रुपमा त्यहाँ फलफुल खेती गर्नलाई कृषि विज्ञहरुको टोली खटाई कृषि जन्य तथा फलफुल खेतीको छनोट गरी आवश्यक उब्जी हुने फलफुल खेती लगाउनको लागि एक जना प्राविधिक कर्मचारी मध्ये कृषि विज्ञ हिरा सिंह महरालाई समेत त्यहाँ खटाईएको थियो ।
बाटोघाँटो नभएकोले त्यसतर्फ पछि गएर खासै केही भएको पाईएन बरु पिडित परिवारहरुले कञ्चनपुरको महेन्द्रनगर तथा अन्य तराई क्षेत्रतर्फ बसाई सर्न सुरु गरे । त्यहाँको विकासको काममा समेत राजाले ठूलो चाँसो राखेका थिए । त्यहाँ खानेपानी सिचाई सुविधा भने केही मात्रामा प्रदान गरियो ।
पाटनमा क्याम्प भएकै बेला २०३७ साल भाद्रम महिनामा सेती महाकाली अञ्चलको अलग्गै सदरमुकाम बनाउनुपर्ने भएकोले कुन ठाउँ उपयुक्त हुन्छ तीन ठाउँका नाम देउ भनि क्याम्पबाट प्रमुख जिल्ला अधिकारीलाई पत्र आयो, सबै नेता जिल्ला सभापतिहरु तथा अन्य सर्वसाधारण सित समेत राय लिएर पाँचौ विकास क्षेत्र कुन ठाउँमा राख्ने भनि राय मागेका थिए । त्यहाँका जनता तथा नेताहरुलाई बुझ्ने काम जिल्ला सभापति वीरभद्र जोशी, माननीय लोकेन्द्र बहादुर चन्द, भान बहादुर चन्द, नारायण दत्त भट्ट, गणेशदत्त भट्टबाट तीन ओटा नाम पाटन, दिपायल र वित्थडको नाम दिएका थिए ।
सबै तहबाट डोटी दिपायललाई उपयुक्त सम्झेर नै होला, दिपायललाई नै पाँचौ विकास क्षेत्रको सदरमुकाम तोकी त्यस ठाउँसम्म एक वर्ष भित्र मोटर यातायात पुगाउने भन्ने भएको निर्देशन अनुसार १ वर्षभित्रै सडकको बन्दोबस्त त भयो तर त्यो काम याप नभई पुनः सञ्चालन गरी २ वर्ष भित्रै दिपायलको सिलगढीमा मोटरबाटो पुगेको थियो ।
राजाले आफ्नो भ्रमणको सिलसिलामा जहाँ गौचरनमा ग्वालाहरुलाई समेत भेटेर गाउँका हालखबर सोध्ने समेत गरेको पाईयो । जुन त्यसबेला नै सार्वजनिक भईसकेको थियो भने राजा विरेन्द्र जनताको चाहना बमोजिमको काम गर्दथे भन्ने कुरा २०३६ सालको जनमत संग्रहको घोषणाबाट प्रष्ट भइसकेको छ । २०४७ पछि देशलाई राजनीतिक पार्टी मार्फत शासन गर्ने र जनतालाई बढी भन्दा बढी सुविधा प्रदान गर्ने नीति अनुरुप नै राज्यको सत्ताका प्रमुखहरुलाई देशको गतिविधि विकास निर्माण कामका उपलब्धिहरु भावी गर्नुपर्ने कामका प्रक्रियाहरु तथा जनताका सन्तुष्टि एवं असन्तुष्टिहरु प्रत्येक हप्ताको दुई पटक राजामा प्रतिवेदन पेश गर्नुपर्ने नीति नै दरबारले बनाएको थियो ।
पंचायतकालमा भ्रष्टाचार नभएको होईन, भ्रष्टाचार गर्ने आईजीपीहरुलाई सजाय दिई उनको घर जग्गा राष्ट्रियकरण गरी नेपाल सरकारको खातामा जम्ममा गरेका थिए । ती हुन भरत गुरुङ, डिवी लामाको सम्पत्ति फिर्ता दिन पहिले नै खाता खोल्ने स्वीकृति दिई सकेको थियो । उनलाई भ्रष्टाचार
गरेको अभियोगमा विगो बमोजिम भ्रष्टाचार गरी बनाईएका १० करोड मुल्य पर्ने भवनहरु २०४७ को संविधानलाई टिकेर टेकेर प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको संयोजकत्वमा निर्णय गरी डिवी लामा र भरत गुरुङको सम्पत्ति फिर्ता गर्ने उनीहरुलाई राजनीतिक पद दिने भन्ने निर्णय गरेर भ्रष्टाचारमा सजाय पाएका उक्त व्यक्तिहरुको घर जग्गा फिर्ता गरी सांसद पदमा उम्मेद्वारी दिलायो । प्रजातन्त्र पुनरबहालीको समयमा एक वर्ष मात्र सुपको महेन्द्रनगर खुला मञ्चमा राजा विरेन्द्रको भ्रमण हुँदा अथाह जनताहरुको उपस्थिति थियो, मानौ त्यो मानव सागर नै थियो आजसम्मको सबभन्दा बढी जनताको सो उपस्थिति भएको राजाकै भ्रमण भएको दिनमा थियो भने अर्को दिन थियो यस क्षेत्रमा मदन भण्डारीको उपस्थितिको दिन अत्यधिक मानव सागर नै थियो । त्यसदिन राजा विरेन्द्रले सारा जनतालाई ३/४ मिनेट सम्म हात हल्लाएर जनताका अभिभादनहरु स्वीकार गरेका थिए त्यो नै महेन्द्रनगरको अन्तिम दिन थियो । समग्रमा भन्नुपर्दा महेन्द्रनगरबासीहरु आजसम्म उनकै नामको आशिर्वादले रमाईरहेका छन् भन्न सकिन्छ ।
अन्तमा स्वर्गीय श्री ५ विरेन्द्र वीर विक्रम शाहदेवलाई हार्दिक श्रद्धाञ्जली अपैण गर्दछौै ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *