भारतीय जनता र नेपाली जनताको मिलन केन्द्र नरेन्द्र मोदी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अडौस अडौसमा कुरा मिल्ने व्यक्तिहरु छन् भने दुवै खुसी र सुखी रहन्छन्, यदि छिमेकमा बैरभाव छ भने दुवैले दुःख कष्ट झेल्नुपर्छ । पुरानो ऐतिहासिक कहावत छ, जुन देशमा न सम्मान छ त्यस देशमा एक बास नपरोस्, त्यस्तै जहाँ नदी छैन, सरसापट दिने मान्छे छैन भने त्यो ठाउँमा बस्नु उपयुक्त छैन भन्ने नीतिलाई कायम राख्दै हजारौ हजार बस्तीहरु यात नदी निनारामा भेट्टिन्छन्, या सागरको किनारामा बस्तीहरुको अबसेश हालसम्म भेटिएका छ्न । आज हामीलाई खुसी लागेको छ आशा मात्रै भए पनि बहुसंख्यक सनातन धर्मरुपी हिन्दुबासीहरु तथा मौलिक धर्म मान्नेहरुको बहुसंख्यकको एउटा इस्टेशन विश्वहिन्दुको राजधानी नेपाल भएको र त्यसको सम्बन्ध विश्वभरीका मौलिक सनातन धर्म परम्परा मान्नेहरु एउटै वर्गका भएकाले दुवै देशका हिन्दु तथा मुस्लिम बासीहरु अत्यन्त खुसी भएका छन् ।
तसलीमा नसलीन लेखिकाले आफ्नो पुस्तकमा लेखिएको छ । यो विश्वभरीमा सबैभन्दा पुरानो पाँच जहार बर्ष भन्दा पनि पुरानो हिन्दु धर्म मात्र भएकोले यो धर्म नै रहन्छ, बढी टिकाउ हुन्छ, यसबाट विश्वभरीका विभिन्न धर्मावलम्बीहरुले फाईदा उठाएका छन् । अचेल त झन क्रिश्चियनहरुको देश अमेरिकामा वेदलाई उल्था गरेर मात्र होइन पुरै श्रीकृष्णको गीता उपदेश तथा राम गिता समेतको अध्ययन संस्कृत भाषामा नै गरिराखेका छन्, जो खुसीको कुरा हो ।
नेपाल भारत दुई छिमेकी देशका छिमेकी जनताहरु समान भाषा धर्ममा आधारित रहेकाले र भारतका प्रधानमन्त्री समेत हिन्दु धर्मकै प्रचारक, संरक्षक समेत रहेका र बालकाल देखि नै सनातन धर्मलाई मानि आएकाले दुवै देशका जनताको पवित्र संगम स्थल मोदी बनेका छन् । यो संगम रुपी समुद्रमा पौड्न सक्नुपर्छ, र उपभोग गर्न सक्नुपर्छ । भोग गर्ने अधिकार नेपाली तथा भारतीय जनताले पाएका छन् ।
राजनीतिक सिमाना भित्र नबाधिएका धेरै जनताहरु आज खुसी भएका छन्, त्यसकारण नेपालका जनता र भारतका जनता बीच समुन्वय गराई स्थिर दिगो सम्बन्ध अटल राखिदिने काम दुवै देशका महामहिमहरु र उनका विशेष सल्लाहकारको जिम्मा रहेको पाईन्छ । कुनै ठाउँमा गल्ती पनि हुन सक्छ त्यसलाई संयमका साथ धैर्य गरी ठूला राष्ट्रबाट हामीले हरेक चिजमा सहकार्य गरी केही फाईदा लिई सक्नुपर्छ । मित्र राष्ट्रलाई कसैले पनि चिडाउनु हुदैन । हुन त ठूला व्यक्तिहरुको आशा साना सित हुन्छ साना व्यक्तिहरुको हतकडीरुपी मायाले ठूला व्यक्तिहरु बाधिएका हुन्छन्, । धनाड्य र गरीबको संगम स्थल हो दुवै देशको प्रमुख शासक र शासन यन्त्र । कुनै बेला आकाश र कुनै बेला पताल गर्नु हाम्रो धर्म होईन राष्ट्रका प्रमुखलाई सही दिशानिर्देश गर्नु ब्युरोक्रेसीको हुन आउँछ । सत्ता मात्र नभएर राज्य संयन्त्र नै राष्ट्रसेवकहरुको हातमा हुन्छ । आफ्नो व्यक्तिगत स्वार्थका कारण कुनै पनि सरकार प्रमुखलाई गलत सल्लाह दिनु हुदैन । यदि दुवै देशका राष्ट्र सेवकहरुले आ–आफ्ना सरकार प्रमुखलाई गलत मातसी सल्लाह दियो भने यौटा पानी जहाजमा मुसाले प्वाल पारे झै भएर दुवै देश डुब्न सक्छन । त्यस कारण राष्ट्रसेवकहरुले राष्ट्रको लागि राष्ट्र राष्ट्र मैत्रीको लागि सही सल्लाह दिनुपर्छ । समय समयमा दुवै देशका सल्लाहकारहरु आवश्यक परेमा राजनीतिज्ञहरुले सरसल्लाह गरी उच्च कोटीमा बस्न सक्नुपर्छ भन्ने हाम्रो राय छ । जव भारतमा पण्डत जवाहरलाल नेहरुको राज्य सत्ता थियो त्यसबेला उनको कोही विरोधी नभएर हैरान थिए अन्तमा एक जना राजनीतिज्ञलाई आफ्नो सरकारको टिप्पणी गरिदिनु भनेर अनुरोध गरेका थिए भन्छन्, अनि त्यस टिप्पणीले गर्दा नेहरुलाई टिप्पणी गरु जुन लागेको थियो त्यसको समाधान हुँदा ज्यादै हर्षित भए र भने आज मैले विपक्षीबाट मेरो हितको लागि मात्र नभएर सारा जनताको लागि सल्लाह पाए । हाम्रो यहाँ विरोधकै लागि विरोध गर्दछन्, जुन ठीक छैन त्यस कारण हामी चाहन्छौं नेपालले मोदीलाई चिनोस् र मोदीले नेपाललाई चिनोस् भन्ने आग्रह गर्दछौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *